मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • रहेनन् मजदुरका प्रिय नेता राजदेव जो सधैं जनकपुरको भविष्यमा चिन्तित थिए

रहेनन् मजदुरका प्रिय नेता राजदेव जो सधैं जनकपुरको भविष्यमा चिन्तित थिए

‘नेपालमा कम्युनिस्टहरु समाजवादको नारा त दिन्छन् तर व्यवहारमा भने केही देखिँदैन। मिश्र आचरणमा समाजवादी थिए।’
 |  बुधबार, कात्तिक १७, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

बुधबार, कात्तिक १७, २०७८

जनकपुरधाम– राजनीति गर्नेहरूले ‘राजनीतिलाई नै गरिखाने’ पेसा बनाउने हाम्रो समाजमा राजदेव मिश्र अपवाद थिए। वडाध्यक्ष हुँदै जनकपुरधाम नगरपालिकाका मेयरसम्म बनेका राजदेवले पुर्ख्यौली पेसा कर्मकाण्डलाई निरन्तरता दिइरहे। त्यसैले उनलाई भेट्ने जोकोही पनि बाबा प्रणाम भनी सम्बोधन गर्थे। 

दलीय राजनीतिमा संलग्न नभए पनि जनकपुरको विकास निर्माण, नागरिक अधिकार र मजदुरको पक्षमा उनले निर्वाह गरेको भूमिका कारण जनकपुरवासीलाई श्रद्धा गर्छन्।

मिश्र उमेरको उत्तरार्धमा पनि जनकपुरधामको भविष्यप्रति चिन्तित हुन्थे। नगरभित्र पैदल घुम्ने, चोकचोकमा बसेर जनकपुरधामको भावी विकासका विषयमा चर्चा–परिचर्चा गर्ने र पुरोहित पेसा गर्ने उनको दैनिकी थियो। मिश्र २०३४ सालमा तत्कालीन जनकपुर नगर पञ्चायत वडा नम्बर ३ को अध्यक्ष भए। पछि उनी जनकपुरधाम नगरपालिकाको मेयर भएका थिए। यद्यपि उनी सदैव स्वतन्त्र रुपमै चुनाव लडेर ती पदमा पुगे। उनी कट्टर राजावादी थिए। तर राजसंस्थालाई समर्थन गर्ने दलहरुमा कहिल्यै आबद्ध भएनन्। 

उपप्रधानपञ्चमा चुनाव लड्दा उनले एक भोट एक नोटको नारा दिएर अत्यधिक मत ल्याएर विजयी भएका थिए। त्यसलगत्तै देशमा पञ्चायतविरुद्धको आन्दोलन तीव्र हुँदै गयो र मिश्रको राजनीतिक यात्रा पनि शिथिल हुँदै गयो।

‘नेपालमा कम्युनिस्टहरु समाजवादको नारा त दिन्छन् तर व्यवहारमा भने केही देखिँदैन। मिश्र आचरणमा समाजवादी थिए।’

तत्कालीन राजा ज्ञानेन्द्र शाहले कु गर्दा जनकपुरधाम नगरपालिकाको मेयर बने। मेयर बनेलगत्तै मिश्रले जनकपुरधामका सडकहरुको विस्तार गरे। उनीविरुद्ध धेरै व्यक्ति खनिए तर आफ्नो अभियानमा अडिग रहे। उनको अभियान सम्पन्न हुन नपाउँदै देशमा राजतन्त्र समाप्त भयो। मेयर पदबाट हटेलगत्तै उनले कर्मकाण्ड पेसालाई निरन्तरता दिइरहेका थिए।

Metro Mart
worldlink

उनलाई नजिकबाट चिन्नेमध्येका एक हुन् प्रदेश २ नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा। झा मिश्रलाई राजनीतिज्ञभन्दा पनि मजदुरहरुको सशक्त नेताका रुपमा मान्छन् झा। मिश्र मजदुरका प्रिय मात्र नभई समाज सुधारका पक्षधर र समाजवादीको प्रतीकका रुपमा रहेको झाको भनाइ छ।

झा भन्छन् ‘नेपालमा कम्युनिस्टहरु समाजवादको नारा त दिन्छन् तर व्यवहारमा भने केही देखिँदैन। मिश्र आचरणमा समाजवादी थिए।’ मिश्रको निधनले उनको परिवारलाई क्षति त भएको छ नै त्यसमाथि मजदुरले एक सशक्त नेता पनि गुमाएका छन्।

जनकपुरधाम नगरपालिकाको चार महिना मेयर बनेका मिश्रले आफ्नो व्यक्तिगत लाभभन्दा पनि समाजको हितका लागि काम गरेको झाले बताए। उनी कट्टर राजावादी भए पनि मजदुर अधिकारका लागि निरन्तर लडिरहे।  

उनी मेयर छँदासमेत कर्मकाण्ड पेसा छाडेनन्। सञ्चारकर्मीसमेत रहेका उनका छोरा घनश्याम बुबाको इमानबारे सबै जानकार रहेको बताउँछन्। राजदेव मेयर रहेकै बेला उनका अर्का छोरा विनोद मिश्रले जनकपुर चुरोट कारखानामा जागिर पाएका थिए। तर बुवाको आलोचना हुन थालेपछि दाइलाई जागिरबाट हटाउन लगाएको बताउँछन् घनश्याम। 

मिश्रको सोमबार बिहान साढे ३ बजे ८५ वर्षको उमेरमा आफ्नै निवास जनकपुरधाम उपमहानगरपालिका ४ आनन्दनगरमा निधन भयो। मिश्रका ४ छोरा र तीन छोरी छन्। 


प्रकाशित: Nov 03, 2021| 14:22 बुधबार, कात्तिक १७, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।