शनिबार, वैशाख २०, २०८२

कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन्। सोमबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी उनले राजीनामा दिएको घोषणा गरेका हुन्।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन्। सोमबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेशबासीका नाममा सम्बोधन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन्। 

सम्बोधनमा उनले आफू नेतृत्वको सरकारले गरेका कामहरूको फेहरिस्त प्रस्तुत गरेका थिए। शाहीले ३ वर्ष ८ महिना कर्णाली सरकारको नेतृत्व गरी सरकारबाट बाहिरिएका हुन्। 

'इमानको राजनीति लागू गराउन कांग्रेस सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न चाहन्छु। कांग्रेस सरकारलाई हाम्रो पूर्ण सहयोग रहनेछ,' उनले भने।

गएको वैशाख ३ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो। सोही सहमति अनुसार मुख्यमन्त्रीले पदबाट राजीनामा दिएका हुन्।

आफ्नो सरकारका ११३ वटा मन्त्रिपरिषद्को बैठकले ६९३ वटा जनपक्षीय निर्णयहरु गरेको उनले बताए। 

Metro Mart
worldlink

२०७४ माघ २५ गते नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकले दल नेतामा निर्वाचित भएका शाहीले वाम गठबन्धनको समर्थनमा २०७४ फागुन ३ गते कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री बनेका थिए।

४० सदस्यीय कर्णाली प्रदेश सभा हाल ३५ सदस्यमा खुम्चिएको छ। माओवादी केन्द्रबाट निर्वाचित धर्मराज रेग्मी, एमालेबाट निर्वाचित प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको सांसद पद गुमेको छ। प्रदेशसभामा नेकपा एमालेका (सभामुख राजबहादुर शाही) सहित १३ सांसद छन्। त्यस्तै माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६, नेकपा एकीकृत समाजवादीका ३ र राप्रपाको १ सांसद छन्।

गठबन्धनको बलमा ६ सिट जितेको कांग्रेसले कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने भएको छ। कर्णालीमा १८ जना सांसदको समर्थनमा सरकारले बहुमत पाउँछ। कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर नयाँ सरकार गठन गर्नेछन्।

गत वैशाख ३ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो। सोही सहमति अनुसार कांग्रेसले मुख्यमन्त्रीलाई राजीनामा दिन दबाब बढाएको थियो। 

यसअघि माओवादी केन्द्रले भने पार्टी केन्द्रको निर्देशन पर्खिएर केन्द्रले सहमति दिएको अवस्थामा मात्र राजीनामा दिने बताउँदै आएको थियो। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै सत्तारुढ गठबन्धनमा भएको सहमति कार्यान्वयन  गर्न निर्देशन दिएपछि मुख्यमन्त्री शाही राजीनामा दिन तयार भएका हुन्। 

अब नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली सरकारको नेतृत्व गर्ने सहमति गठबन्धनमा भएको छ। महेन्द्रले सोमबार राजीनामा प्रदेश प्रमुखलाई बुझाएपछि नयाँ मुख्यमन्त्री चयनको बाटो खुल्नेछ। 

प्रकाशित: Nov 01, 2021| 19:18 सोमबार, कात्तिक १५, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।