शनिबार, वैशाख २०, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सोमबारै राजीनामा दिँदै कर्णालीका मुख्यमन्त्री शाही, जीवनबहादुर बन्दै नयाँ मुख्यमन्त्री

सोमबारै राजीनामा दिँदै कर्णालीका मुख्यमन्त्री शाही, जीवनबहादुर बन्दै नयाँ मुख्यमन्त्री

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिने भएका छन्।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिने भएका छन्। सत्तारुढ गठनबन्धनमा बनेको आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिअनुसार मुख्यमन्त्रीले राजीनामा दिने तयारी गरेको एक मन्त्रीले जानकारी दिए। 

ती मन्त्रीका अनुसार साँझ ५ बजे मुख्यमन्त्रीले राजीनामा दिने तयारी गरेका छन्। 'साँझ ५ बजेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित सबै मन्त्रीले एकैपटक राजीनामा दिने तयारी गरिएको छ,' उनले भने। 

गठबन्धनमा भएको पूर्वसहमति पालना गर्ने सत्तारुढ अर्को घटक नेपाली कांग्रेसले दबाब दिएको थियो। गत वैशाख ३ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो। सोही सहमति अनुसार कांग्रेसले मुख्यमन्त्रीलाई राजीनामा दिन दबाब बढाएको थियो। 

यसअघि माओवादी केन्द्रले भने पार्टीको केन्द्रको निर्देशन पर्खिएर केन्द्रले सहमति दिएको अवस्थामा मात्र राजीनामा दिने बताउँदै आएको थियो। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै सत्तारुढ गठबन्धनमा भएको सहमति कार्यान्वयन  गर्न निर्देशन दिएपछि मुख्यमन्त्री शाही राजीनामा दिन तयार भएका हुन्। 

यता नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पनि सोमबार नै मुख्यमन्त्रीलाई नेतृत्व हस्तान्तरण गर्नेगरी छलफल भइरहेको बताए। ‘आज नै मुख्यमन्त्रीले नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा हाम्रो पहल छ। हाम्रो पहल सार्थक हुने दिशामा गएको छ,' शाहीले भने। 

Metro Mart
worldlink

प्रकाशित: Nov 01, 2021| 15:41 सोमबार, कात्तिक १५, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।