आइतबार, असार १, २०८२

मुख्यमन्त्री आचार्यविरुद्ध मतदान गर्ने गठबन्धनको निर्णय

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने गठबन्धनका दलले निर्णय गरेका छन्।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

विाटनगर- प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने गठबन्धनका दलले निर्णय गरेका छन्।

आइतबार बसेको गठबन्धनको बैठकले मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निर्णय गरिएको नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए। मुख्यमन्त्री आचार्यले विश्वासको मत नपाएपछि राईलाई प्रस्ताव गरिने उनले बताए। 

प्रदेशसभामा मुख्यमन्त्री आचार्यले सोमबार विश्वासको मत लिने कार्यसूची छ। आचार्यले कात्तिक ७ गते नै संसदबाट विश्वासको मत लिने तयारी गरेका थिए। 

नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणलाई कारण देखाएर संसद् बैठक स्थगित गराएको थियो। देउवाको भ्रमणलाई देखाइए पनि कांग्रेसले आलोपालोमा सरकारको नेतृत्व गर्ने विषयमा पूर्व सहमतिको माग गरेको थियो। 

विपक्षी गठबन्धनमा कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक केदार कार्की, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बो, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई, जनता समाजवादी पार्टी दलका नेता जयराम यादव र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्वाहाम्फे सहभागी भएका थिए।  

९२ सदस्यीय प्रदेशसभामा सत्तारुढ नेकपा एमालेसँग सभामुखसहित ४१ सांसद छन्। विश्वासको मत प्राप्त गर्न ४७ सांसदको समर्थन चाहिन्छ। विपक्षी गठबन्धनसँग ५० सांसद छन्। ५० सांसद एकढिक्का रहेको नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राईले दावी गरेका छन्।

प्रकाशित: Oct 31, 2021| 16:53 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।