आइतबार, असार १, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • तीन दिनपछि खुल्यो विराटनगर विमानस्थल, रात्रिकालीन उडान तत्काल नहुने

तीन दिनपछि खुल्यो विराटनगर विमानस्थल, रात्रिकालीन उडान तत्काल नहुने

सोमबार र मंगलवारको अविरल बर्षाका कारण विराटनगर विमानस्थल डुवानमा परेपछि अवरुद्ध भएको हवाई सेवा शनिबार विहान देखि सञ्चालन हुँदैछ ।
 |  शनिबार, कात्तिक ६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ६, २०७८

विराटनगर- सोमबार र मंगलवारको अविरल बर्षाका कारण विराटनगर विमानस्थल डुवानमा परेपछि अवरुद्ध भएको हवाई सेवा शनिबार विहान देखि सञ्चालन हुँदैछ ।

नागरिक उड्ययन कार्यालय विराटनगरका प्रमुख उत्सव खरेलले शनिबार विहान देखि हवाई सेवा सञ्चालन हुने बताए । उनले भने,‘ तत्कालका लागि विहान ७ देखि साँझ ५ वजे सम्म मात्र उडान हुनेछ ।’

विमानस्थलका उपकरणहरु पानीमा डुवेकाले रात्रीकालिन उडान हुन केही दिन लाग्ने उनले बताए । शनिबारको पहिलो उडान साढे ८ वजे यति एयरको हुने खरेलले बताए ।
विराटनगर विमानस्थलबाट दैनिक बुद्ध एयरले ९, यति एयरले ५, सौर्य एयर र श्री एयरलाइन्सले ४–४ र गुण एयरले एक उडान गर्दै आएका छन् ।

विमानस्थलको धावनमार्ग, पार्किङ एरिया जलमग्न भएपछि मंगलबारदेखि विराटनगरबाट हुने सबै उडान तथा अवतरण रोकिएका थिए ।

प्रकाशित: Oct 23, 2021| 07:16 शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।