शनिबार, वैशाख २०, २०८२

जाजरकोट-डोल्पा सडकखण्ड अवरुद्ध, नुन तेलको हुन थाल्यो अभाव

जाजरकोट-डोल्पा सडकखण्डको रूकुमपश्चिम र डोल्पा सडकमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

जाजरकोट- जाजरकोट-डोल्पा सडकखण्डको रूकुमपश्चिम र डोल्पा सडकमा  पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ। रुकुमपश्चिममा पर्ने त्रिवेणी बजार र डोल्पामा पर्ने खदाङ्गबीचमा करपगाड पर्ने दुई स्थानमा गएको सुक्खा पहिरोले गर्दा यहाँको यातायात सेवा ठप्प भएको छ। 

करिब एक सय मिटरमाथिबाट खसेको पहिरोका कारण डोल्पा जाने  र जाजरकोट आउने सवारीसाधनहरू ठप्प छन्। मंगलबारदेखि रुकुमपश्चिको अनाहदेखि छुटेका मालबहाक ट्याकटर, साना ट्रकहरू सडकको दुई किनारामा रोकिएका छन्।  पहिरोका कारण दैनिक उपभोग्य सामग्री ढुवानी ठप्प भएको जुफालका स्थानीय व्यापारी खीमबहादुर सिँहले जानकारी दिए। 

‘मुल ठाउँमै पहिरो खसेकाले चामल, नुन, तेल लगायतका सामग्रीहरू भित्रयाउन सकिएको छैन्। बजारमा भने मौज्दात खाद्यान्न सकिने बेला भएको छ’, उनले भने। सडक खुलाउनेबारेमा सडक डिभिजन चौरजहारीले कुनै चासो नदिएको सिंहले बताए। यता डिभिजन प्रमुख ध्रुव झाले आफूलाई जानकारी नै नआएको बताए। 

ज्यानको बाजी थापेर यात्रा

जाजरकोट-डोल्पा सडकखण्ड अन्तर्गत पर्ने खदाङ्ग-त्रिवेणी सडकखण्डमा सर्वसाधारणहरू ज्यानको बाजी थापेर यात्रा गर्न बाध्य छन्। त्रिपुरासुन्दरी नगरपालिका-५ का स्थानीय मोतीप्रसाद उपाध्यायले भने, ‘मुल सडकमा पहिरो गएको छ। आउने र बाहिरिने अर्को कुनै वैकल्पिक सडक छैन। त्यसकारण पनि सर्वधाराणहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।’ त्रिपुरासुन्दरी नगरपालिका आफैसँग डोजर भए पनि तीन दिनसम्म पहिरो पन्छ्याइएको छैन।  

Metro Mart
worldlink

कच्ची सडक र झोलङ्गे पुलका कारण डोल्पासम्म पुग्ने सडक जोखिमयुक्त भएकाले सुधार गर्नुपर्ने फोक्सुण्डो ताल जान हिँडेका गुल्मी तम्घासका आन्तरिक पर्यटक श्याम क्षेत्रीले बताए। उनले थपे, ‘डोल्पा पर्यटकीय हिसाबमा अत्यन्तै सुन्दर छ, त्यही भएर पनि स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लागेको छ। तर, करोपगार्डसम्म कसरी ज्यान जोगाएर आइपुगियो सम्झिँदा आफैँलाई डर लाग्छ।’

पर्यटक बीचबाटै फर्किए

करोपगार्डमा खसिरहेको पहिरोका गन्तव्यमा पुग्न नसकेपछि फोक्सुण्डो नहेरी पर्यटकहरू बीच बाटोबाटै फर्कन थालेका छन्। उपयुक्त मौसम पारेर  डोल्पा आइपुगेका काठमाडौं, गुल्मी, बुटवल, पाल्पालगायतका  जिल्लाबाट मोटरसाइकलमा आएका आन्तरिक पर्यटकहरू पहिरोले अगाडी बढ्न नसकेपछि बीच बाटोबाटै फर्किएका स्थानीय पौरख रोकायले बताए।   -न्युज कारखाना 

प्रकाशित: Oct 22, 2021| 12:46 शुक्रबार, कात्तिक ५, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।