शनिबार, वैशाख २०, २०८२

वर्षाले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

चार दिनदेखि अविरल वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको कर्णाली राजमार्ग शुक्रबार बिहानबाट खुल्ला भएको छ।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

सुर्खेत- चार दिनदेखि अविरल वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको कर्णाली राजमार्ग शुक्रबार बिहानबाट खुल्ला भएको छ। कर्णाली राजमार्गअन्तर्गत खाँडाचक्र नगरपालिका-८ पिलीमा पहिरो जाँदा कालीकोट-जुम्ला सडकखण्ड चार दिनदेखि अवरुद्ध थियो। 

सडकमाथिबाट ठूलो ढुंगा खसेको र त्यो ढुंगा डोजर पन्छाउन नसकेपछि ड्रिल मेसिनद्वारा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले विष्फोट गरेर ढुंगा फुटाई अवरुद्ध राजमार्ग खुलाइएको हो। 

सडकमा ठूला ढुंगा अडिएकाले डोजरले हटाउन कठिनाइ भएपछि विस्फोट गरेर फुटाएर अवरुद्ध राजमार्ग खुलाइएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए। ‘पहिरो पन्छाउन विस्फोट गरेर शुक्रबार बिहानबाट राजमार्ग सुचारु भएको छ,’ उनले भने, ‘चार दिनदेखि अवरुद्ध राजमार्ग अब सञ्चालनमा आएको छ।’

त्यस्तै, अविरल वर्षाका कारण कर्णाली राजमार्ग र करिडोर जोड्ने खाँडाचक्र नगरपालिका-जितेगडामा रहेको फेरी बगाएको छ। बगाएको फेरी अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाका-४ कुल्चेडामा भेटिएको छ।

कर्णाली नदीमा रहेको फेरी बगाउँदा कालीकोट, बाजुरा, हुम्लालगायतका क्षेत्रमा पुग्ने सवारीसाधनलाई कर्णाली नदी वारपार गर्न समस्या भएको छ।

Metro Mart
worldlink

यसअघि पनि कर्णाली नदीको फेरी बगाएको थियो। बगाएको फेरी गत वैशाखमा जडान गरिएको छ। बगाएको फेरी कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले पुनर्निर्माण गरेको थियो।  -न्युज कारखाना

प्रकाशित: Oct 22, 2021| 12:03 शुक्रबार, कात्तिक ५, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।