आइतबार, वैशाख २१, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • चौरजहारीको यातायात व्यवस्था कार्यालयले २ वर्षमा पनि पाएन कार्यादेश

चौरजहारीको यातायात व्यवस्था कार्यालयले २ वर्षमा पनि पाएन कार्यादेश

रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा दुई वर्षअघि स्थापना गरिएको यातायात व्यवस्था सेवा कार्यालयले अझैसम्म काम पाएको छैन।
 |  सोमबार, कात्तिक १, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १, २०७८

सुर्खेत- रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा दुई वर्षअघि स्थापना गरिएको यातायात व्यवस्था सेवा कार्यालयले अझैसम्म काम पाएको छैन। २६ भदौ ०७६ मा स्थापना भएको यो कार्यालयले सन्चालनसम्बन्धी कार्यादेश नपाउँदा कामविहिन बनेको हो। 

यातातात सेवा कार्यालयबाट काम नहुँदा सेवाग्राही सुर्खेत, दाङ र नेपालगन्ज पुग्न बाध्य छन्। निमित्त प्रमुख प्रदीपकुमार रेग्मीका अनुसार कार्यालयलाई कार्यादेश आएको छैन। ‘दिनभरी कार्यालयमा आएर बस्नुबाहेक अरु केही काम छैन्,’ उनले भने, ‘कार्यालय आयो तलब खायो, यस्तै भइरहेको छ।’ 

कार्यादेशका लागि कर्णाली प्रदेशको यातायात निर्देशनालय, पूर्वाधार कार्यालय, मुख्यमन्त्री कार्यालयलगायतमा पटकपटक आग्रह गरे पनि बेवास्ता भएको कार्यालय प्रमुख रेग्मीको गुनासो छ। ‘कार्यालयमा उपसचिवसहित एकएक प्रशासन अधिकृत, लेखा अधिकृत, दुईजना सुब्बा, खरिदार, कम्प्युटर अपरेटर र कार्यालय सहयोगीको दरबन्दी छ,’ उनले भने, ‘हाल कार्यालयमा एकएक जना लेखा अधिकृत, कम्प्युटर अपरेटर र सहयोगी मात्रै छन्।’ -न्युज कारखाना


प्रकाशित: Oct 18, 2021| 18:00 सोमबार, कात्तिक १, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।