मंगलबार, वैशाख १६, २०८२

मिथिलाञ्चालमा दुर्गापूजाको उल्लास

दशैंको रौनकता अहिले देशैभरि छाएको छ। देशैभरी रहेका माता दूर्गाको शक्तिपीठहरुमा भव्यता पूर्वका पूजा अराधना भइरहेको छ।
 |  बिहीबार, असोज २८, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

बिहीबार, असोज २८, २०७८

जनकपुरधाम- दशैंको रौनकता अहिले देशैभरि छाएको छ। देशैभरी रहेका माता दूर्गाको शक्तिपीठहरुमा भव्यता पूर्वका पूजा अराधना भइरहेको छ।

मिथिलाञ्चलका मन्दिरहरुमा भने पूजा अराधना बाहेक पनि ठाउँ–ठाउँमा दूर्गाको मूर्ति बनाएर भव्यतापूर्वक पूजा हुने गरेको छ। जनकपुरधामलगायतका मिथिलाञ्चलका अधिकांश ग्रामीण क्षेत्रमा दुर्गाको मूर्ति बनाएर पूजा गर्ने परम्पार रहेको छ। 

सोही परम्पराअनुसार मिथिलाञ्चलमा मूर्ति पूजा गरिँदै आएको छ। र यसले दशैंको माहोललाई मनोरम बनाउने गरेको छ।

सीता मिथिलाकी छोरी भएकीले भगवतीका अन्य स्वरुपको पनि माइती मिथिलालाई नै मान्ने परम्पार मिथिलाञ्चालमा छ। त्यसैले दसैंमा मूर्ति निर्माणअघि विवाहित बेहुलीझैं नवदुर्गालाई माइतीमा भित्राउने परम्परा रहेको छ।

पूजा अवधिसम्म माइती आएकी चेलीझैं मीठो परिकार अर्पण गरी पूजा अराधना गर्ने गरिन्छ।  अनि मूर्ति सेलाउने बेला सोहर (छोरी बिदा गर्ने बेलाको गीत) गाएर बिदाइ गरिन्छ।

Metro Mart
worldlink

संस्कृतिविद्हरू भक्तिका ९ मार्ग अर्थात् नवधा भक्तिमध्ये वात्सल्य मार्गलाई भावुक मार्गको संज्ञा दिने गर्छन्। जानकी मन्दिरका प्रथम महन्थ सुरकिशोर दास माता सीतालाई छोरी झैं माया गर्नुका साथै सेवा पनि गर्ने गर्थे। उनका उत्तराधिकारीहरू महन्थहरुले समेत सो परम्परालाई अझै जारी नै राखेका छन्।

दुर्गापूजास्थल।

देवीदेवतासँग पारिवारिक सम्बन्ध स्थापित गर्ने अनि परिवारका प्रिय सदस्य जस्तै मधुर व्यवहार गर्ने परम्परालाई मैथिलीका वरिष्ठ साहित्यकार एवं संस्कृतिविद डा. राजेन्द्रप्रसाद विमल वात्सल्य मार्गको संज्ञा दिन्छन्। 

‘प्रारम्भिक समाजमा भूतप्रेत र पिसाचवाद हावी थियो। मध्यकालमा बहुदेवतावाद हावी भयो अनि आधुनिक समाजमा एकेश्वरवाद हावी छ। मूर्ति पूजाको प्रारम्भ बहुदेवतावादको युगमा सुरु भएको हो।’

डा. विमलका अनुसार रसिक सम्प्रदायको दार्शनिक सूत्र यो नै रहेको बताउँछन्। देवीदेवताको पूजा गर्दा टाढाको सम्बन्ध स्थापित हुन्छ। पारिवारिक सम्बन्ध स्थापित गर्दा नजिक हुन्छ। डा. विमलले सीता मिथिलाकी चेली भएकी तथा नवदुर्गासहितका अन्य देवीहरू पनि सीताकै स्वरूप भएकाले मिथिलाञ्चलमा अझै देवीहरूलाई चेलीबेटीको रूपमा माया गर्ने परम्परा रहेको बताउँछन्।

त्रिभुवन विश्वविद्यालय केन्द्रिय मैथिली विभागका पूर्वप्रमुख सहप्राध्यापक परमेश्वर कापडीले देवी मात्र होइन, राम, कृष्ण, महादेवलगायतका देवतालाई समेत आफ्नो घरकै सदस्य जस्तो माया, प्रेम, स्नेह गर्ने चलन मिथिलामा छ। ‘कृष्णलाई किसना भन्नु तथा रामलाई भिनाजु जस्तै गाली गर्ने परम्परा यसको जिवन्त उदाहरूण हुन्,’ कापडीले भने।

वेदकालीन समाज प्रकृति पूजक समाज थिए। वेदकालमा सूर्य, चन्द्र, आकाश, पाताल, पृथ्वी, प्रकृति, चर अचर तथा वृक्षादिको पूजा गरिन्थ्यिो। मुर्ति पूजा हुँदैन्थ्यो। संस्कृतिविद विमलका अनुसार मोहनजोदाडो र हडप्पाको उत्खननपछि शिस्न (लिङ) र भग (योनी) को प्रतिमा फेला परेको थियो। जसलाई केही विश्लेषकले शिवपार्वती तथा केहीले उत्पादन (वंशवृद्धि) सँग जोडेर व्याख्या गरेका छन्।

डा. विमल हडप्पा सभ्यतालाई आर्य र अनार्यबीचको संगम कालको संज्ञा दिन्छन्। मोहनजोदाडो, हडप्पा तथा गुफाकालमा फेला परेका चित्रहरू चित्रकलाका आदि तस्बिरहरू भए पनि अहिले मिथिला समाजमा प्रचलनमा रहेको मूर्ति पूजा १६ औं शताब्दीदेखि अलवार सम्प्रदायका पुष्टमार्गीहरूले सञ्चालन गरेको परम्पराको शृंखला रहेको उनको तर्क छ।

संस्कृतिविद् डा. रेवतीरमण लाल आर्य समाजमा मूर्ति पूजाको परम्परा महाभारतकालदेखि सुरु भएको बताउँदै नवप्रस्तर युगमा समेत मूर्ति पूजाको परम्परा रहेको तर्क प्रस्तुत गर्छन्।

डा. लाल भन्छन्, ‘प्रारम्भिक समाजमा भूतप्रेत र पिसाचवाद हावी थियो। मध्यकालमा बहुदेवतावाद हावी भयो अनि आधुनिक समाजमा एकेश्वरवाद हावी छ। मूर्ति पूजाको प्रारम्भ बहुदेवतावादको युगमा सुरु भएको हो।’

प्रकाशित: Oct 14, 2021| 08:00 बिहीबार, असोज २८, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।