आइतबार, वैशाख २१, २०८२

दसैंको मुखमा मुगुमा महंगी बढ्यो

खत्याडमा यातायातको पहुँच भए पनि खत्याडवासीलाई यातायात सञ्चालनले पनि महंगी खेप्न बाध्य भएका छन्।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

मुगु- जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिकामा महँगी बढ्दै गएको छ। नेपालीहरुको महान पर्व वडा दसैं तथा तिहार नजिकिँदै गरेको अवस्थामा उपभोग्य वस्तुको महंगी बढ्दै गएको हो। खत्याडमा यातायातको पहुँच भए पनि खत्याडवासीलाई यातायात सञ्चालनले पनि महंगी खेप्न बाध्य भएका छन्।  

स्थानीयकाअनुसार दशैं नजिकिँदै गर्दा तेल, नुन चामल चिनीको मूल्य वृद्धि हुँदै गएको हो। तोरीको तेल एक प्याकेट १३५ देखि १४० सम्म पर्ने गरेको छ। उद्योग वाणिज्य संघले दसैंको मुखमा खाद्यान्नमा केही प्रतिशत छुट गरि ब्यापार गर्न निर्देशन जारी ‍गरे पनि खत्याडमा उल्लघंन भएको पाइएको छ।  

खत्याडमा हाल धारा तेल १५० र स्वस्तिक तेलको मूल्य १३० भन्दा बढी पर्ने गरेको छ। १५ सय रुपैयाँमा भर्ने ग्यास यतिबेला तीन हजारमा भर्ने गरेको स्थानीयले गुनासो गरेका छन्। यी सामानमात्रै होइनन, खत्याडमा महँगीका कारण अन्य खाद्य वस्तुको मूल्यसमेत बढिरहेको छ।  

रामतडिका व्यापारी लोकेन्द्र भण्डारीकाअनुसार सडकको अवस्थाले खाद्य वस्तु लगायत उपभोग्य समानको मूल्य वृद्धि भएको हो। उनले भने, ‘सडक भत्केको छ। बाटोमा सामान ल्याउन गाह्रो छ। धेरै भाडा तिनुपर्ने अवस्था छ। त्यसकारण मृल्य वृद्धि हुन पुगेको हो।' 

सडकको अवस्था हेर्दा हप्तामा एक गाडी सामान आउने गरेको छ। महँगीबीचमै पनि सामान टिपाटिप हुने गरेको उनको भनाइ छ।

Metro Mart
worldlink

महँगीकै कारण अन्य खाद्य वस्तु बजारमा पाउनै छोडेको छ। यता जुम्लाबाट आउने एक छोटो बाटो पानलौटी सडक हो। उक्त सडक पनि वर्खायाममा हिलोले बन्द हुने गरेको छ भने हिउँदमा हिमपातले।  गाउँपालिकाले बारम्बार मर्मत गरे पनि सडक अवरुद्ध भइरहने गरेको छ।  त्यसमाथि उपभोग्य सामग्री आउन दिनौं लाग्ने गरेको छ। भाडादर पनि बढिरहेका कारण खाद्य वस्तुलगायत अन्य सामग्रीमा मूल्य वृद्धि भएको खत्याडका व्यापारीको दाबी छ।

प्रकाशित: Oct 09, 2021| 22:15 शनिबार, असोज २३, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।