बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • चिनियाँ राष्ट्रपतिले भने- ताइवानसँगको पुन: एकीकरण पूरा गर्नुपर्छ

चिनियाँ राष्ट्रपतिले भने- ताइवानसँगको पुन: एकीकरण पूरा गर्नुपर्छ

चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानसँगको तनाव बढिरहेको समयमा टापु मुलुकसँगको पुनर्एकीकरण पूरा गरिनुपर्ने बताएका छन्।
 |  शनिबार, असोज २३, २०७८

बीबीसी

बीबीसी

शनिबार, असोज २३, २०७८

बेइजिङ- चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानसँगको तनाव बढिरहेको समयमा टापु मुलुकसँगको पुनर्एकीकरण पूरा गरिनुपर्ने बताएका छन्। 

ताइवानले आफूलाई स्वतन्त्र मुलुक भएको दाबी गर्दै आएको छ भने चीनले उक्त टापु आफ्नो मुलुकको हिस्सा भएको बताइरहेको छ। पछिल्लो समय ठूलो संख्यामा चिनियाँ लडाकू र बम वर्षक विमानहरु ताइवानको हवाई सुरक्षा क्षेत्रमा प्रवेश गरेपछि ताइवानले त्यसलाई चर्को विरोध गरेको थियो। 

यस तनावका बीच चीनले शान्तिपूर्ण तरिकाले ताइवानसँगको एकीकरणको प्रक्रिया पूरा गरिनुपर्ने बताएका हुन्। उनले पृथकीकरणलाई परास्त गरेको चिनियाँ नागरिको 'गौरवपूर्ण इतिहास' भएकोसमेत चेतावनी दिएका छन्। 

चिनियाँ राष्ट्रपतिको अभिव्यक्तिको प्रतिक्रियामा ताइवानले मुलुकको भविष्य नागरिकको हातमा रहेको बताएको छ। बेइजिङले एकीकरणका लागि सम्भावित शक्ति प्रयोग गर्ने कुनै आदेश भने जारी गरेको छैन। 

ताइवानका रक्षा मन्त्रालयले पछिल्लो ४० वर्षको अवधिकै चीनसँगको सबैभन्दा ठूलो तनाव भएको बताएको छ। तर, चिनियाँ राष्ट्रपति सीले भने शनिबार ताइवानमा पछिल्लो घुसपैठ जुलाइमा भएको र त्यसपछि कुनै घुसपैठ  नभएको स्वीकार गरेका छन्। 

Metro Mart
worldlink

स्वतन्त्र ताइवान बन्‍न नसक्न‍े कुरालाई पनि उनले जोड दिएका छन्। उनले मुलुकको स्वाधिनता, सार्वभौम सत्ता र भौगोलिक अखण्डताप्रतिको चिनियाँ नागरिकको दृढ प्रतिबद्धता, बलियो इच्छाशक्ति र क्षमतालाई कसैले अवमूल्यन नगर्न पनि चेतावनी दिएका छन्। 


राष्ट्रपति सीले एक मुलुक दुई शासन प्रणालीको अवधारणा अनुसार ताइवानसँग एकीकरण गर्ने बताएका हुन्। जुन हङकङजस्तै हुने बताएका छन्। चीनको हिस्सा हुने र केही स्वयत्तता प्रदान गर्न सकिने उनले बताएका हुन्। 


प्रकाशित: Oct 09, 2021| 18:56 शनिबार, असोज २३, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।