बुधबार, वैशाख १७, २०८२

सरकारकै मिलेमतोमा दोब्बर बढाइयो च्याङ्ग्राको मूल्य

यस वर्ष उपत्यकामा ४ हजार देखि ४५ सय सम्म च्याङ्ग्रा आउनेछन्। करिब ७ सय च्याङ्ग्रा काठमाडौं आइसकेका छन्। व्यवसायीले गत वर्ष उपत्यकामा ७५ सय च्याङ्ग्रा ल्याएर बिक्री गरेका थिए।
 |  शनिबार, असोज २३, २०७८

प्रेम चन्द

प्रेम चन्द

शनिबार, असोज २३, २०७८

काठमाडौं– सरकारी निकायकै मिलेमतोमा च्याङ्ग्राको मनपरी मूल्य तोकिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौं उपत्यकामा च्याङ्ग्रा बिक्री नगरेका कारण व्यापारीले च्याङ्ग्राको मूल्य एक वर्षमै दोब्बर बढाएका हुन्। 

गत वर्षको दसैंमा च्याङ्ग्राको तयारी मासुको औसत मूल्य प्रतिकेजी १३ सय रुपैयाँ थियो। तर, यस वर्ष दोब्बर बढाउँदै २७ सय रुपैयाँ प्रतिकेजी बनाइएको छ। चौपाया खरिदबिक्री संघका अध्यक्ष दीपक थापाले यस वर्ष च्याङ्ग्राको तयारी मासु प्रतिकेजी २७ सय रुपैयाँ पर्ने  दाबी गरे। 

‘चीनबाट च्याङ्ग्रा नआएकाले च्याङ्ग्रा थोरै बिक्री गरिनेछ’ उनले भने, ‘आन्तरिक उत्पादन पनि कम भएका कारण  च्याङ्ग्रा नै प्रतिकेजी १३ सय रुपैयाँ पर्न गएको छ।’ गत वर्ष बजारमा जिउँदो च्याङग्रा औसत प्रतिकेजी ७ सय रुपैयाँमा बिक्री भएको थियो।

थापाले उत्पादन कम भएको र कोरोनाका कारण चीनबाट आयात गर्न नसकेपछि च्याङ्ग्राको मूल्य बढेको दाबी गरे पनि उपभोक्ता अधिकारकर्मी भने त्यसलाई मान्न तयार छैनन्। 

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजार मूल्य सम्बन्धमा सूचना प्रवाह हुने गरी कारोबार नगर्दा व्यवसायीले मनपरी मूल्य निर्धारण गरेको बताउँछन्। 

Metro Mart
worldlink

‘दुई सय वटा च्याङ्ग्रा वा १ सय वटै ल्याएर भए पनि बजारमा च्याङ्ग्राको मासुको मूल्य सम्बन्धमा सूचना प्रवाह हुन्थ्यो। उपभोक्ताले च्याङ्ग्राको मासुको औसत मूल्यबारे सूचना पाएनन्’ उपभोक्ताकर्मी महर्जन भन्छन्, ‘जानी– जानी कम्पनीले नै व्यापारीलाई आफुखुसी मूल्य तोक्ने ठाउँ छाडिदिएपछिको नतिजा हो दोब्बर मूल्य बढ्नु।’

पछिल्लो समय खाद्य व्यवस्था तथा व्यापार कम्पनी सर्वसाधारणको हितमा भन्दा पनि व्यवसायीको हितमा काम गरिरहेको भन्दै उनले च्याङ्ग्राको मासुका विषयमा पनि मिलेमतोअनुसार नै कारोबार नगरेको हुन सक्ने बताए।

कम्पनीले दुई वर्षअघिसम्म दसैंमा मनाङ, मुस्ताङबाट च्याङ्ग्रा ल्याएर काठमाडौंमा बिक्री गर्दै आएको थियो। कम्पनीले तोकेको मूल्यका आधारमा उपभोक्ताले च्याङ्ग्राको मासुको औसत मूल्यबारे जानकारी पाउने अवसर उपभोक्ताले पाउँथे। कम्पनीले गत वर्ष कोरोनाको कारण देखाउँदै च्याङ्ग्राको कारोबार गरेको थिएन। गत वर्ष कम्पनीले च्याङ्ग्राको कारोबार नगर्ने थाहा नपाएर बढी मूल्य लिने मौका व्यवसायीले पाएनन्।

यस वर्ष उपत्यकामा ४ हजार देखि ४५ सय सम्म च्याङ्ग्रा आउनेछन्। करिब ७ सय च्याङ्ग्रा काठमाडौं आइसकेका छन्। व्यवसायीले गत वर्ष उपत्यकामा ७५ सय च्याङ्ग्रा ल्याएर बिक्री गरेका थिए।

यस वर्ष भने व्यवसायीले सीमित मात्रामा च्याङ्ग्रा ल्याएर करिब दोब्बर मूल्यमा बिक्री गर्ने भएका छन्। अध्यक्ष थापाका अनुसार यस वर्ष उपत्यकामा ४ हजार देखि ४५ सय सम्म च्याङ्ग्रा आउनेछन्। करिब ७ सय च्याङ्ग्रा काठमाडौं आइसकेका छन्। व्यवसायीले गत वर्ष उपत्यकामा ७५ सय च्याङ्ग्रा ल्याएर बिक्री गरेका थिए।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष पनि कोरोनाको कारण देखाउँदै च्याङ्ग्राको कारोबार गर्न नसकिएको जनाएको छ। च्याङ्ग्रा ल्याएर उपत्यकामा बेच्ने समेतको थरी कम्पनीले यस वर्ष ६ करोड रुपैयाँ हाराहारीका चौपाया बिक्री गर्ने योजना बनाएको थियो। करिब ४ करोड रुपैयाँका खसी बोका र करिब २ करोड रुपैयाँका च्याङ्ग्रा ल्याएर बेच्ने योजना बनाएको कम्पनीले च्याङ्ग्रा ल्याएन। 

‘च्याङ्ग्रासहितको ६ करोड बजेट अनुमान गरेका थियौं’, कम्पनीका नायब प्रबन्धक श्रीमणि खनालले भने, ‘खसी–बोकाको त करिब चार करोड हो। च्याङ्ग्रा यसपालि आएन।’

यसअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कोरोनाका कारण चीनबाट च्याङग्रा आपूर्ति नभएको र मनाङ तथा मुस्ताङमा पनि आवश्यकताअनुसार नभएकाले कारोबार नगरिने जनाएको थियो। सरकारी निकायले विगतमा बजार हस्तक्षेपकै लागि कारोबार गर्ने बताउँदै आए पनि यस वर्ष कारोबार नगर्दा व्यवसायीले चर्को मूल्य तोक्ने मौका पाएका छन्।

प्रकाशित: Oct 09, 2021| 12:52 शनिबार, असोज २३, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्