बुधबार, वैशाख १७, २०८२

अन्त्येष्टि स्थलबाट युवतीको शव नियन्त्रणमा

पर्सामा शंकास्पद मृत्यु भएकी एक युवतीको शव प्रहरीले अन्त्येष्टि स्थलबाटै नियन्त्रणमा लिएको छ।
 |  शुक्रबार, असोज २२, २०७८

जियालाल साह

जियालाल साह

शुक्रबार, असोज २२, २०७८

पर्सा– पर्सामा शंकास्पद मृत्यु भएकी एक युवतीको शव प्रहरीले अन्त्येष्टि स्थलबाटै नियन्त्रणमा लिएको छ। वीरगन्ज महानगरपालिका–१३ मुर्ली नयाँटोलस्थित कब्रिस्तानमा भारतीय युवतीको दाहसंस्कार गर्दागर्दै प्रहरीले शव नियन्त्रणमा लिएको छ। १४ वर्षीया किशोरीको शंकास्पद मृत्यु भएको सूचनाका आधारमा पुगेको टोलीले जयना प्रविन खातुनको शव नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।

ती युवतीलाई बलात्कार गरेपछि अत्यधिक रक्तस्राव भएर मृत्यु भएको उजुरीका आधारमा शव नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।  प्रहरीका अनुसार युवतीको बलात्कार जगरनाथपुर गाउँपालिकाका जफिर मियाँले गरेको उजुरी परेको छ। मियाँ उक्त गाउँपालिकाका जालिम मियाँका भाइ हुन्। 

भारतको पूर्वी चम्पारण इनर्वा घर भएकी युवती वीरगन्जमा परिवारका साथ बस्दै आएकी थिइन्।  शंकास्पद मृत्यु भएको भन्ने सुचना पाएपछि बिहीबार शव नियन्त्रणमा लिन जाँदा अवरोध पुर्याएको र मलामीमा धेरै मानिसको उपस्थित हुनुपर्नेमा उनको परिवारबाहेक चार जना मात्रै उपस्थित रहेको प्रहरी प्रमुख पाण्डेले बताए।

प्रहरीले प्रविन खातुनका बुवा समसुल मियाँ, आमा सायादा खातुन भाइ जहागिर आलम, बहिनी मनचुन खातुन, जावेद आलमलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मृतक किशोरीको घाँटीमा नीलडाम देखिएको छ। शव पोस्टमार्टमका लागि नारायणी अञ्चल अस्पताल लगिएको छ।

प्रकाशित: Oct 08, 2021| 12:08 शुक्रबार, असोज २२, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।