बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कृष्णनगरमा दूषित पानीबाट झाडापखाला फैलियो, ३५० बिरामी अस्पताल भर्ना

कृष्णनगरमा दूषित पानीबाट झाडापखाला फैलियो, ३५० बिरामी अस्पताल भर्ना

कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप खानेपानीबाट फैलिएको स्वास्थ्यकर्मीले बताएका छन्।
 |  बिहीबार, असोज २१, २०७८

विनोद परियार

विनोद परियार

बिहीबार, असोज २१, २०७८

बुटवल- कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप खानेपानीबाट फैलिएको स्वास्थ्यकर्मीले बताएका छन्। पानीबाटै झाडापखालाको प्रकोप फैलिएको तर, कुन मुहानबाट फैलियो त्यसको अनुसन्धान भइरहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ। 

स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले पानीबाटै प्रकोप फैलिएको बताउँदै हैजा हो या होइन भन्ने कुरा पुष्टि हुन बाँकी रहेको बताएका छन्।

‘पानीबाटै झाडापखाला फैलिएको देखिन्छ। कहाँबाट फैलियो। त्यो अनुसन्धान भइरहेको छ,’  उनले भने। उनका अनुसार दिशाको स्याम्पल बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ। यसको रिपोट आएपछि कारण पत्ता लाग्नेसमेत पाण्डेले बताए।

सोमबार रातिदेखि कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखालाका कारण तीन वडा पूर्ण रूपमा प्रभावित भएको छ। बुधबार रातिसम्म शिवराज अस्पताल अस्पताल बहादुरगञ्जमा ३ सय ५० जना उपचारका लागि आएको अस्पतालले जनाएको छ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले बुधबार रातिसम्म ३ सय ५० जना बिरामी अस्पताल आएको जनाएको छ। ‘बिरामीहरू आउनेक्रम अझै पनि जारी छ। कतिपय बिरामी निको भएर घर पनि फर्किएका छन्,’ स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख पाण्डेले भने। 

Metro Mart
worldlink

सोमबार रातिदेखि फाट्टफुट्ट बिरामी आउन थालेकोमा मंगलबार र बुधबार भने बिरामी थेग्न नसकेपछि चउमा राखेर उपचार गर्नुपरेको उनले बताए।

स्वास्थ्य कार्यालय कपिलवस्तुले बुधबार रातिसम्म ३ सय ५० जना बिरामी अस्पताल आएको जनाएको छ। ‘बिरामीहरू आउनेक्रम अझै पनि जारी छ। कतिपय बिरामी निको भएर घर पनि फर्किएका छन्,’ स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख पाण्डेले भने। उनका अनुसार स्थिति नियन्त्रणमै रहेको छ। 

बिरामीलाई शिवराज अस्पतालमै व्यवस्थापन गरिएको बताउँदै जटिल बिरामीलाई भने बुटवल र तौलिहवामा पठाइएको उनले जानकारी दिए। अहिलेसम्म ३० जनालाई बुटवलमा थप उपचारका लागि पठाइएको प्रमुख पाण्डेले बताए। केहीलाई निजी मेडिकलमा समेत उपचार गराइएको छ। ‘झाडापखालाका बिरामीले उपचार नपाउने समस्या नहोस् भनेर हामी लागि परेका छौं,’ उनले भने।

अस्पतालमा बिरामी एक्कासि बढेपछि शिवराज अस्पतालको गल्ली, बरण्डा र टेन्ट टाँगेरसमेत उपचार गरिएको पाण्डेले बताए।

सुरूमा कृष्णनगरको वडा नम्बर ७, ८ र ९ मा झाडापखालाका बिरामी भेटिएको भए पनि मंगलबार साँझदेखि महाराजगंजका विभिन्न वडाबाट पनि बिरामी आउनेक्रम बढेको हो।

वडा नम्बर ९ का अध्यक्ष राममिलन कुर्मीका अनुसार झाडापखालाबाट हालसम्म ५ वर्षका राज कश्यप, ४० वर्षका रामप्रसाद केवटको मृत्यु भएको छ। गाउँका एक जना वृद्धको पनि मृत्यु भएको स्थानीयले बताएका छन्। तर, स्वास्थ्य कार्यालयले भने २ जनाको मात्रै पुष्टि गरेको छ।

कृष्णनगरको सुखरामपुर, जमुनी, देवानगडिया, बहादुरगञ्ज, गणेशपुर, डावरा दयानगर, विजयनगर, जुमिला लगायतका गाउँमा सोमबारदेखि झाडापखाला र बान्ताका बिरामी देखिएका थिए।

गाउँभर झाडापखाला फैलिएपछि लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको टोलीले  स्थलगत अध्ययनसमेत गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवसहितको टोलीले स्थलगत अध्ययन गरेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा समेत कपिलवस्तुमा फैलिएको झाडापखालालाई नियन्त्रण गर्ने गरी प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रकाशित: Oct 07, 2021| 07:18 बिहीबार, असोज २१, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।