बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेको विरोध गर्दै जसपाको प्रदर्शन

मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेको विरोध गर्दै जसपाको प्रदर्शन

मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको भन्दै जनता समाजवादी पार्टीले विरोध प्रदर्शन गरेको छ।
 |  आइतबार, असोज १७, २०७८

जियालाल साह

जियालाल साह

आइतबार, असोज १७, २०७८

पर्सा- मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको भन्दै जनता समाजवादी पार्टीले विरोध प्रदर्शन गरेको छ।

प्रदेश नं. २ सरकारको ‘बेटी बचाऊ, बेटी पढाउ’ अभियानअन्तर्गत वितरण गरिएको साइकलमा भ्रष्टाचार भएको आशंकामा अख्तियारको टोलीले छापा मारेको थियो। अख्तियारको उक्त कदमविरुद्ध जसपा पर्साको नेतृत्वमा वीरगन्जमा प्रदर्शन गरिएको छ।

‘बेटी बचाऊ, बेटी पढाउ’ अभियान अन्तर्गत कक्षा ८ मा पढ्ने किशोरीहरुलाई विधालय जान प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिएको साइकल खरिदमै व्यापक अनियमितता देखिएपछि उक्त भ्रष्टाचारलाई दबाउन मुख्यमन्त्रीको समर्थनमा वीरगन्जमा दुई दिनदेखि जसपका नेता कार्यकर्ताहरुले अख्तियारको विरोधमा प्रदर्शन गरेका छन्। 

प्रतिगोटा साढे ६ हजारमा किनिएको साइकल चार महिनाको अन्तरालमा साढे आठ हजारमा खरिद गरिएको छ। कम रेटमा टेण्डर भरेका सप्लायर्सलाई टेण्डर नपारी बढी रेटमा टेण्डर भरेकासँग साइकल खरिद गरेको आरोप मुख्यमन्त्रीलाई लगाइएको छ। 

शनिबार मसाल जुलुस निकालेका जसपाले आइतबार विभिन्‍न नारा लगाउँदै प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा अख्तियार मुर्दावाद, संघीयता मास्‍न पाइँदैन, छापामार शैली चल्दैन, मुख्यमन्त्री हाम्रा शान हुन्, अख्तियार गो व्याकलगायतका नारासहित प्रदर्शन गरेका थिए।

Metro Mart
worldlink

विरोध प्रदर्शनमा सहभागी जसपाका कार्यकर्ताहरु।

विरोध प्रदर्शन गर्दै जसपाका कार्यकर्ताहरु।

प्रकाशित: Oct 03, 2021| 18:05 आइतबार, असोज १७, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।