आइतबार, वैशाख २१, २०८२

सल्यानमा माइत हिँडेकी महिलाको रहस्यमय मृत्यु, हत्याको आशंका

सल्यानमा माइत हिँडेकी एक महिलाको रहस्यमय मृत्यु भएको छ।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

सुर्खेत– सल्यानमा माइत हिँडेकी एक महिलाको रहस्यमय मृत्यु भएको छ। बागचौर नगरपालिका–२ गैरीकी ५४ वर्षीया रामकली खत्रीको मृत्यु भएको हो। 

उनी शनिबार सोही वडामा रहेको माइती ज्यूला जान भनेर घरबाट हिँडेकी थिइन्। घरदेखि दुई किलोमिटर टाढाको ठाँटीचौर भन्ने स्थानमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

‘माइत जान हिँडेकी महिला मृत भेटिएकी छिन्,’ सल्यानका डीएसपी गोविन्द थापाले भने, ‘घटनाको प्रकृति हेर्दा हत्याको आशंका छ। तर अनुसन्धान नगरी केही भन्न मिल्दैन।’

ती महिलाको शव भेटिएको स्थान माइती घरभन्दा करिब आठ सय मिटर नजिक पर्छ। घटना रहस्यमय भएको आशंकामा प्रहरीले कोहलपुरबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान थालेको छ।

प्रकाशित: Oct 03, 2021| 17:50 आइतबार, असोज १७, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।