बुधबार, वैशाख १७, २०८२

सिता भण्डारी प्रकरण : आइफोनमा भेटियो सुसाइड नोट

रुपन्देही तिलोत्तमाकी सिता भण्डारीको घटनाले नयाँ मोड लिएको छ। परिवारले हत्याको दाबी गर्दै न्यायका लागि प्रदर्शन गरिरहेको बेला रुपन्देही प्रहरीले आत्महत्या पुष्टि गर्ने गरी प्रारम्भिक विवरण सार्वजनिक गरेपछि घटनाले नयाँ मोड लिएको हो।
 |  शनिबार, असोज १६, २०७८

विनोद परियार

विनोद परियार

शनिबार, असोज १६, २०७८

बुटवल- रुपन्देही तिलोत्तमाकी सिता भण्डारीको घटनाले नयाँ मोड लिएको छ। परिवारले हत्याको दाबी गर्दै न्यायका लागि प्रदर्शन गरिरहेको बेला रुपन्देही प्रहरीले आत्महत्या पुष्टि गर्ने गरी प्रारम्भिक विवरण सार्वजनिक गरेपछि घटनाले नयाँ मोड लिएको हो। 

सिताका माइती पक्षले हत्या भएको घटनालाई प्रहरीले तोडमोड गर्न खोजेको भन्दै २६ दिनदेखि शव नबुझेर आन्दोलन गरिरहेका छन्। गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर तिलोत्तमाकी २७ वर्षीय युवती सिता भदौ २० गते बिहान ४:३० बजे मृत फेला परेकी थिइन्।

परिवारले हत्या भन्ने तर प्रहरीले सुरुदेखि नै हत्या स्वीकार नगरेपछि प्रहरी प्रशासनसँग विवाद चर्किएको थियो। तर, शुक्रबार रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले एक प्रेस विज्ञप्ति जारी गरी आत्महत्या नै पुष्टि हुने विवरण प्राप्त भएको जिकिर गरेका छन्। 

घटनास्थलबाट मृतक भण्डारीको आइफोनको नोटप्याडमा भदौ २० गते राती १२ बजेर १७ मिनेटमा सुसाइड नोटमा आत्महत्या गरेको विवरण उल्लेख गरेको जनाइएको छ।

‘डिजिटल फोरेन्सिक ल्याबबाट प्राप्त सुसाई नोटमा रोमन नेपालीमा लेखिएको एसएमएसको भाषाशैली र प्याटन विगतको मृतकको एसएमएससँग मिल्ने देखिएको र सो नोटमा ‘मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरूकै काखबाट जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो, म सकिन बाँच्न’ लेखिएको प्रहरीले उल्लेख गरेको छ। 

Metro Mart
worldlink


प्रहरीले विगतमा लेखिएको म्यासेजको शैलीको विश्लेषण, सिताले प्रयोग गर्ने मोबाइलको एसएमएस र श्रीमान् टिका पौडेलसँग भएको एसएमएस विवरणको विश्लेषण भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए। नोट प्याडमा लेखिएको सुसाइडमा आमालाई सम्बोधन गर्दै गहना राखेको ठाउँसमेत उल्लेख गरेको उनले बताए। ‘घटनाको सूक्ष्म रूपमा अध्ययन भइरहेको छ, प्रारम्भिक विवरणमा आत्महत्या भएको प्रमाण देखिएको छ,’ उनले भने।  

तिजमा आएको छोरीको मृत्युको खबरले माइतीपक्षले भने सिताको आत्महत्या नभई हत्या भएको दाबी गर्दै आएको छ। प्रहरीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको शवको पोस्टमार्टम रिर्पोटले समेत झुन्डि मृत्यु भएको उल्लेख गरेको बताउँदै आएको छ।

भदौ २२ गते मृतक भण्डारीका बुवा हरिप्रसाद भण्डारीबाट मृतकका श्रीमान् टिका पौडेल र अमाजु दिदी विष्णु पौडेलविरुद्ध आत्महत्या दुरुत्साहन जाहेरी दिएका थिए। हत्याको जाहेरी दिन खोजे पनि प्रहरीले नमानेपछि आत्महत्या दुरुत्साहनको जाहेरी दिएको मृतकका माइतीले बताउँदै आएका छन्। 

आन्दोलनसहित प्रदर्शनमा उत्रिएपछि भदौ २९ गते पुनः मृतक सिताका बुबा हरिप्रसाद भण्डारीले ज्यान मुद्दामा टिका पौडेल, विष्णु पौडेल र हरिप्रसाद पौडेलविरुद्ध जाहेरी दर्ता भएको छ। घटनाका बारेमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै घटनास्थलबाट प्राप्त सिसिटिभी, श्रीमान् टिका पौडेलको टाइमलाइन विश्लेषण भइरहेको प्रवक्ता थापाले बताए।

सिआइवीको केन्द्रीय अनुसन्धान ब्यूरोलेसमेत स्थलगत रूपमा प्राविधिक विश्लेषण गरिएको रुपन्देही प्रहरीले जनाएको छ। तर, मृतक भण्डारीका माइती पक्षले भने हत्या नै भएको दाबीसहित तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा तालाबन्दीसहित प्रदर्शनलाई चर्काइरहेका छन्। मृतक सिता टिका पौडेलको दोस्रो श्रीमती हुन्। पौडेलले मदिरा सेवन गर्ने तथा सितालाई कुटपिट गर्ने गरेको माइती पक्षले बताउँदै आएको छ।

मृतक सिताका बुवा हरि भण्डारीले घटनाको अनुसन्धानमा प्रहरी सुरुदेखि नै आत्महत्या भएको नजरले अघि बढेको बताए। ‘शरीरभरि रगत छ, नीलडाम छ,’ उनले भने, ‘यो आत्महत्या होइन। हत्या नै हो। हामीले छोरी गुमायौं। न्याय चाहियो,’ उनले भने। सिताका श्रीमान् टिका पौडेल र उनको परिवारको योजनामा हत्या गरेको माइती पक्षले दाबी गरेको छ। मृतक सिताको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको २६ दिन पुगेको छ।

प्रकाशित: Oct 02, 2021| 06:46 शनिबार, असोज १६, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।