सोमबार, असार २, २०८२

प्रदेश प्रमुख अधिकारीद्वारा जितिया पर्वको शुभकामना

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मधेशी तथा थारु समुदायका महिलाहरूले मनाउने जितिया पर्वको शुभकामना दिएका छन्।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

विराटनगर– प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मधेशी तथा थारु समुदायका महिलाहरूले मनाउने जितिया पर्वको शुभकामना दिएका छन्। 

उनले नितान्त मातृस्नेह र मातृवात्सल्यका निमित्त भगवान जीतमहान गोसाईं, विष्णु, शिव र सूर्यको श्रद्धापूर्वक भक्ति आरधना गरी मनाइने उल्लासको चाड जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहने सवै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन्। 

जितिया पर्वको लोकप्रियतालाई बचाइ राख्न परम्परागत संस्कृतिलाई बचाउन सरोकारवाला सबैलाई अनुरोध गर्दै नेपाली समुदायमा धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्दै भातृत्व एवम् आपसी सहिष्णुतालाई थप प्रगाढ तुल्याइ मौलिक संस्कृति र परम्पराको संरक्षण, समवर्द्धन तथा विकास गर्न आमनेपाली दाजुभाइ तथा दिदी बहिनीहुरू जुट्ने कुरामा आफू विश्वस्त रहेको प्रदेश प्रमुख अधिकारीद्वारा बुधबार जारी शुभकामना सन्देशमा उल्लेख छ। 

जितिया पर्व मानवभित्रको असत्यमाथि सत्यको विजयको प्रतिक भएको, यसलाई भव्य र सभ्य रुपमा सफल होस् भन्ने अपेक्षासहित मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताका निमित्त जितिया पर्वबाट सबैमा प्रेरणा मिलोस् भन्ने प्रदेश प्रमुख अधिकारीले कामना गरेक छन्।

प्रकाशित: Sep 29, 2021| 06:43 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।