बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तान: हत्या अभियोगमा दोषी ठहर गरिएकाहरुद्वारा महिला न्यायाधीशको खोजी

अफगानिस्तान: हत्या अभियोगमा दोषी ठहर गरिएकाहरुद्वारा महिला न्यायाधीशको खोजी

पछिल्लो समय महिला अधिकारको पक्षमा वकालत गर्ने, मुलकमा रहेका अल्पसंख्यकहरुको लागि न्यायको लागि लड्नेहरु, कानुनको रक्षार्थ उभिनेहरुलाई तालिबानहरुले खोजी गरिरहेका छन्।
 |  मंगलबार, असोज १२, २०७८

बीबीसी

बीबीसी

मंगलबार, असोज १२, २०७८

काबुल- अफगानिस्तानमा तालिबान समूहले सत्ता कब्जा गरेपछि महिलाहरु त्रसित बनेका छन्। पछिल्लो समय महिला अधिकारको पक्षमा वकालत गर्ने, मुलकमा रहेका अल्पसंख्यकहरुको लागि न्यायको लागि लड्नेहरु, कानुनको रक्षार्थ उभिनेहरुलाई तालिबानहरुले खोजी गरिरहेका छन्। 

तालिबान शासनमा आफूहरुलाई यसअघिको बद्‌ला लिने त्रासका कारण करिब २२० महिला न्यायाधीशहरु अहिले लुकिरहेका छन्। एक गोप्यस्थलबाट बेलायती समाचार संस्था बीबीसीसँग कुरा गर्दै ६ महिला न्यायाधीशहरुले आफूमाथि खतरा रहेको जानकारी गराएका हुन्। 

सुरक्षाका दृष्टिकोणले उनीहरुको नाम परिवर्तन गरिएकोसमेत जनाइएको छ। एक न्यायाधीश मासुमाले महिलाविरुद्ध हिंसा गरेको भन्दै सयौं पुरुषहरुलाई दोषी ठहर गरेकी थिइन्। महिलमाथि बलात्कार गरेको, हत्या गरेको र यातना दिएको अभियोगमा दोषी ठहर  गरिएकाको त्रासका कारण उनी अहिले लुकिरहेकी छन्। 

तालिबानले अफगानिस्तान कब्जा गरेको केही दिनमा नै यसरी दोषी ठहर गरिएका हजारौं व्यक्तिहरु रिहा भएका छन्। उनीहरुको रिहाइपछि दोषी ठहर गरिएकाहरुबाट नयाँ-नयाँ मोबाइल नम्बरहरुबाट उनलाई टेक्स्ट म्यासेज, भ्वाइस नोट्सहरु आउन थालेको बताएकी छन्। 

मध्यराति तालिबानी अपराध ठहर गरिएकाहरु रिहा भएपछि राति नै आफूहरुले घर छोडेर भागेको मासुमाले बताएकी छन्। पछिल्लो २० वर्षमा २७० जना महिला न्यायाधीश भएका थिए। जसमा केही शक्तिशाली महिलाहरु पनि छन्। 

Metro Mart
worldlink

घर भएको ठाउँबाट बाहिर जाँदा बुर्का लगाएको कारण कसैले पहिचान गर्न नसकेको उनले बताएकी छन्। उनी घरबाट बाहिरिएसँगै तालिबानहरु उनको घरमा पुगेको छिमेकीले म्यासेजमार्फत उनलाई जानकारी गराएका थिए। 

२२० महिला न्यायाधीशहरुलाई नै हत्या गर्ने धम्की आएको बताइएको छ। उनीहरु सबैले आफ्नो फोन नम्बर पनि परिवर्तन गरिसकेका छन्। उनीहरुले हरेक दिन लोकेसन पनि परिवर्तन गर्ने गरेको बताइएको छ। 


प्रकाशित: Sep 28, 2021| 22:00 मंगलबार, असोज १२, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।