बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • ट्रकको ठक्करपछि 'ठिक छु' भनेका थिए, आफ्नै मोटरसाइकलमा मृत भेटिए

ट्रकको ठक्करपछि 'ठिक छु' भनेका थिए, आफ्नै मोटरसाइकलमा मृत भेटिए

विराटनगर मुनालपथका ६७ वर्षीय सुदर्शन न्यौपाने सोमबार राति को ४ प २३१६ नम्बरको आफ्नै मोटरसाइकलमा मृत फेला परे। 
 |  मंगलबार, साउन ५, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

मंगलबार, साउन ५, २०७८

विराटनगर– विराटनगर मुनालपथका ६७ वर्षीय सुदर्शन न्यौपाने सोमबार राति को ४ प २३१६ नम्बरको आफ्नै मोटरसाइकलमा मृत फेला परे। 

विराटनगर–५ का दीपेन्द्र थापाले आफ्नो घर नजिकै मोटरसाइकलमा मानिस लत्रिएको देखेपछि प्रहरीले खबर गरेका थिए। विराटनगरमा आइतबार साँझ ६ बजेदेखि झण्डै साढे ७ बजेसम्म भारी वर्षा भएको थियो। सडकमा मानिसको चहलपहल पनि कमी थियो। वर्षा रोकिनासाथ घर बाहिर निस्किँदा मोटरसाइकलमा मानिसको लत्रिएको अवस्थामा देखेपछि स्थानीयवासी थापाले प्रहरीलाई खबर गरेको बताए।

प्रहरीसँगै स्थानीयवासी पनि भेला भए। सामाजिक सञ्जालमा फोटोहरु हालेपछि मृतकको पहिचान खुल्यो। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका  डिएसपी दीपक श्रेष्ठले मृत्युको कारण खुल्न नसकेको बताए। घटनास्थल आसपास सिसि क्यामेरा पनि नभएका कारण अनुसन्धानमा समस्या भएको उनको भनाइ छ। कोशी अस्पतालमा पोष्टमार्टमपछि परिवारले मृतकको अन्तिम संस्कार गरेका छन्। 

घटनाका प्रत्यक्षदर्शी विराटनगरका अजय तिम्सिनाले ट्रकले ठक्कर दिएको आफूले देखेको बताए। साँझ सवा ७ बजेतिर उत्तरतर्फ जाँदै गरेको ट्रकले मोटरसाइकलमा सवार न्यौपानेलाई ठक्कर दिएको उनले बताए। उनका अनुसार न्यौपाने ट्रकभन्दा अगाडि मोटरसाइकलमा सवार थिए। तिम्सिनाले भने, ‘ट्रकले ठक्कर दिएपछि उहाँ लड्नुभयो, हामीले उठाएर डिभाइडर छेउमा राख्यौं, घर पुग्दा मोटरसाइकलमा मृत भेटिएको समाचार सुनें।’ 

उनले थपे, ‘हामी तीन जनाले उठाएर कस्तो छ भनेर सोध्यौं, उहाँले ठिक छ भन्नुभयो। त्यसपछि हामी घर गएका हौं।’ ठक्कर दिने ट्रकका चालक पनि ओर्लिएर हेरेको उनले बताए। उनका अनुसार न्यौपानेको बाहिर शरीरमा चोटपटक देखिएको थिएन। 

Metro Mart
worldlink

मृतक न्यौपानेका भतिजा सन्तोष न्यौपानेले काकाको सवारी दुर्घटनाबाट मृत्यु भएको देखिएको बताए।

प्रकाशित: Jul 20, 2021| 14:48 मंगलबार, साउन ५, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।