शुक्रबार, जेठ २४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली करिडोरको १२२ किलोमिटर सडक तयार : ६ महिनाभित्र राष्ट्रिय सडक सञ्जालमा जोडिँदै हुम्ला

कर्णाली करिडोरको १२२ किलोमिटर सडक तयार : ६ महिनाभित्र राष्ट्रिय सडक सञ्जालमा जोडिँदै हुम्ला

कर्णाली करिडोरको १२२ किलोमिटर सडक तयार भएको छ। करिडोरको कुल २६७ किलोमिटर (कालिकोटको खुलालुदेखि चीनको सीमाना हुम्लाको हिल्सासम्म) मध्ये १२२ किलोमिटर (खुलालुदेखि हुम्ला सलिसल्लासम्म) सडक निर्माण सम्पन्न भएको हो।
 |  शुक्रबार, साउन १, २०७८

देव राना

देव राना

शुक्रबार, साउन १, २०७८

सुर्खेत- कर्णाली करिडोरको १२२ किलोमिटर सडक तयार भएको छ। करिडोरको कुल २६७ किलोमिटर (कालिकोटको खुलालुदेखि चीनको सीमाना हुम्लाको हिल्सासम्म) मध्ये १२२ किलोमिटर (खुलालुदेखि हुम्ला सलिसल्लासम्म) सडक निर्माण सम्पन्न भएको हो।

झण्डै ७ वर्षमा नेपाली सेनाले सडकको ट्र्याक खोल्ने कार्य सम्पन्न गरेको हो। उक्त आयोजना सेनाले हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरेको छ। आयोजना हस्तान्तरण गरे पनि केही महिना सडक सुधारमै लाग्ने सडक निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले बताए। १२२ किलोमिटर सडकको ट्र्याक खोल्न कुल १ अर्ब ६५ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ। २०७१ साल चैत ५ गते मन्त्रीस्तरीय बैठकले करिडोर निर्माणको जिम्मा सेनालाई सुम्पिएको थियो। चैत ९ देखि सेनाले निर्माण सुरु गरेको थियो। 

सलिसल्लासम्म ट्र्याक खुलेसँगै हुम्लाको सदरमुकाम सिमकोट छिट्टै राष्ट्रिय सडक सञ्जालमा जोडिने आशा बढेको छ। सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न अब १० किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी छ। 
सलिसल्लादेखि सिमकोटसम्म कुल ५० किलोमिटर पर्दछ। जसमध्ये ४० किलोमिटर ट्याक खोलिसकिएको छ। ट्र्याक खुलेको सडकमध्ये सिमकोटदेखि खार्पुनाथसम्म ११ र खापुनाथदेखि लालीबगरसम्म झण्डै २७ किलोमिटरमा सार्वजनिक यातायात सञ्चालन हुँदै आएका छन्। यो बीच भागमा कर्णाली नदीका कारण सिमकोट–लालीबगर सिधा यातायात सेवा सञ्चालन हुन सकेको छैन।

ट्र्याक खोल्न बाँकी रहेको १० किलोमिटर खण्ड पनि अबको ६ महिनाभित्र सम्पन्न गर्ने हिल्सा–सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुनदास लामाले जनाए। ६ महिनाभित्र ट्र्याक खोल्नेगरी बाँकी खण्डमा काम भइरहेको छ। सिमकोटलाई छिट्टै राष्ट्रिय सडक सञ्जालमा जोड्न सिमकोटदेखि सल्लीसल्ला र सल्लीदेखि सिमकोट दुवै क्षेत्रमा निर्माण कार्य भइरहेको छ। 

खुलालुदेखि हुम्ला सलिसल्लासम्म निर्माण सकिएपछि बिहीबार हिल्सा–सिमकोट सडक आयोजनालाई हस्तान्तरण सडक निर्माण कार्यदलका प्रमुख मिलन कार्की

बाँकी खण्ड आगामी पुसभित्रै सम्पन्न गर्ने आयोजना लक्ष्य छ। तोकिएकै समयमा ट्र्याक खुले आउँदो पुस महिनासम्म सिमकोट सडक सञ्जालमा जोडिने छ। तर सिमकोटतर्फ (छारेदेखि लेप्चेसम्मको डेढ किलोमिटर खण्ड) ट्र्याक खोल्न निकै चुनौतिपूर्ण छ। चट्टानी र भिरालो क्षेत्र भएका कारण उक्त खण्डमा विस्फोट गरेर ट्र्याक खोल्ने आयोजना जनाएको छ।

कर्णाली करिडोर छिमेकी मुलुक चीनसँग जोड्ने रणनीतिक सडक हो। कालिकोटको खुलालुदेखि चीनको सीमाना हुम्लाको हिल्सासम्म जम्मा २६७ किलोमिटर सडक पर्दछ। जसमध्ये खुलालु–सल्लीसल्ला १२२, सल्लीसल्ला–सिमकोट ५० र सिमकोट–हिल्ला खण्डमा ९५ किलोमिटर पर्दछ।

सिमकोटदेखि हिल्ला खण्डमा पनि झण्डै ९५ प्रतिशत क्षेत्रमा ट्र्याक खुलिसकेको छ। सिमकोट–हिल्ला खण्डको ९५ प्रतिशत क्षेत्रमा सार्वजनिक यातायात सञ्चालन हुँदै आएका छन्। सिमकोट–हिल्ला र सिमकोट–सलिसल्लासम्मको बाँकी खण्डमा ट्र्याक खुले आगामी पुसभित्रै कर्णाली प्रदेश चीनसँग सडक सञ्जालमा जोडिने छ।

राष्ट्रिय गौरवको आयोजना रुपमा लिइएको कर्णाली करिडोर वि.सं. २०५७ सालदेखि निर्माण थालिएको हो। तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेलले करिडोरको शिलान्याश गरेका थिए। भौगोलिक विकटता, निर्माण सामग्रीको अभावका कारण २१ वर्ष वितिसक्दा आयोजना सम्पन्न हुन सकेको छैन।

प्रकाशित: Jul 16, 2021| 14:47 शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।