मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • केन्द्रीय सभापतिमा निधिको दाबीले धनुषा कांग्रेसमा उत्साह

केन्द्रीय सभापतिमा निधिको दाबीले धनुषा कांग्रेसमा उत्साह

असार ५ गते बूढानीलकण्ठमा प्रदेश २ का केन्द्रीय सदस्यहरुसँगको छलफलमा निधिले आफू सभापतिमा लड्ने घोषणा गरेका थिए। त्यसपछि उनले कांग्रेस महामन्त्री शशांक कोइराला र पूर्वउपसभापति प्रकाशनमान सिंहसँग पनि आफूलाई सभापतिमा सघाउन आग्रह गर्दै आएका छन्।
 |  शुक्रबार, साउन १, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

शुक्रबार, साउन १, २०७८

जनकपुरधाम– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औं महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिने दाबी गरेपछि जिल्लाका कांग्रेस नेताकार्यकर्ता उत्साहित भएका छन्। विद्यार्थीकालदेखि कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघमा लागेर लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका निधि पार्टीको महामन्त्री भएर काम गरिसकेका छन्।

असार ५ गते बूढानीलकण्ठमा प्रदेश २ का केन्द्रीय सदस्यहरुसँगको छलफलमा निधिले आफू सभापतिमा लड्ने घोषणा गरेका थिए। त्यसपछि उनले कांग्रेस महामन्त्री शशांक कोइराला र पूर्वउपसभापति प्रकाशनमान सिंहसँग पनि आफूलाई सभापतिमा सघाउन आग्रह गर्दै आएका छन्।

उपसभापति भएर कुशल नेतृत्व गरिरहेकाले सभापतिको जिम्मेवारी उनले पाउनुपर्ने दाबी धनुषाका कांग्रेस कार्यकर्ताको छ। निधिलाई पार्टी सभापति बनेमा धनुषा मात्र नभएर समग्र तराई मधेसमा कांग्रेसप्रति थप जनलहर ल्याउने जिल्लास्तरका नेताहरू बताउँछन्। धनुषा सभापति महेशशंकर गिरी यस पटक सभापति शेरबहादुर देउवाले निधिलाई समर्थन गर्नुपर्ने बताउँछन्। उनी भन्छन्, ‘देउवालाई अहिलेको उचाइसम्म पुर्‍याउने व्यक्ति निधि नै हो। यसपटक देउवाले निधिलाई सभापति पद छोड्नुपर्छ।’ 

महासमिति सदस्य प्रफुल्लराज घिमिरे पार्टीमा जतिसुकै गुट देखिए पनि सभापतिमा निधि नै हुनुपर्ने पक्षमा धनुषाका सबै साथीहरु एक ढिक्का रहेको बताउँछन्। उनी भन्छन्, ‘पार्टीको जुनसुकै समूहमा लागे पनि वैचारिक राजनीति गर्ने सबै नेताले उपसभापति निधिलाई नै साथ दिनेछन्।’

निधिमा सबैलाई मिलाएर अघि बढ्ने विशेष क्षमता रहेकाले सभापति पदका लागि उनको विकल्प नरहेको धनुषाका नेताहरुको दाबी छ।
महासमिति सदस्य प्रफुल्लराज घिमिरे पार्टीमा जतिसुकै गुट देखिए पनि सभापतिमा निधि नै हुनुपर्ने पक्षमा धनुषाका सबै साथीहरु एक ढिक्का रहेको बताउँछन्। उनी भन्छन्, ‘पार्टीको जुनसुकै समूहमा लागे पनि वैचारिक राजनीति गर्ने सबै नेताले उपसभापति निधिलाई नै साथ दिनेछन्।’

पूर्वराष्ट्रपति डा. रामवरण यादव कांग्रेसको सक्रिय राजनीतिमा रहँदा निधिका कडा प्रतिस्पर्धी थिए। तर अहिले धनुषामा निधि कोही नरहेको दाबी कार्यकर्ताहरुको छ। यद्यपि केन्द्रीय सदस्यद्वय आनन्दप्रसाद ढुंगाना र रामकृष्ण यादवको गृहजिल्ला पनि धनुषा नै हो। 

धनुषामा बढ्यो चहलपहल

धनुषामा पनि वडादेखि जिल्लासम्मको अधिवेशनका लागि तयारी चलिरहेको छ। कांग्रेसको स्थापना कालदेखि पकेट क्षेत्रका रूपमा रहेको धनुषामा यति बेला महाधिवेशनको रौनक छ। निर्वाचन क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ४ मा भने क्रियाशील सदस्यताका विवाद छ। धनुषाका सभापति महेशशंकर गिरीले प्रक्रिया मिलाएर समाधान गर्ने काम अगाडि बढिसकेको जानकारी दिए। उनका अनुसार क्षेत्र नम्बर १ का ३३ वटा वडा र क्षेत्र नम्बर ४ का केही वडामा क्रियाशील सदस्यताका विषयमा विवाद छ।

कांग्रेस महासमिति सदस्य प्रफुल्लाज घिमिरेले गच्छदार नेतृत्वको दल विलय भए पनि वडास्तरदेखि समायोजन नगरिएको र नयाँ केही सदस्यहरुको समेत प्रक्रिया नमिलेकाले विवाद देखिएको बताए। यही विषयलाई लिएर केही नेताहरुले पार्टी केन्द्रीय कार्यालयमा धर्नासमेत दिएका थिए। कांग्रेस धनुषाका उपसभापति सन्तोष यादव भने क्रियाशील विवाद समाधानका धर्ना बस्न आवश्यक नरहेको बताउँछन्।

धनुषामा यसअघि १७ हजार क्रियाशील सदस्य थिए। अहिले नयाँ क्रियाशील सदस्य जोडेर २४ हजार पुगेको छ। यो संख्या अझै थपिने सभापति गिरी बताउँछन्।

जिल्ला सभापति दाबी गर्नेमा देउवा गुटकै वर्चस्व

धनुषा कांग्रेसमा पनि सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष दुई खेमा देखिन्छ। उपसभापति विमलेन्द्र निधिको प्रभावका कारण धनुषामा पौडेल पक्ष कमजोर रहेको धेरैको बुझाइ छ। केन्द्रमा निधिको पक्षमा जोसुकैले उम्मेदवारी दिए पनि धनुषा कांग्रेस भने उनको पक्षमा एकजुट रहेको बताउँछन् जिल्ला सभापति गिरी।

धनुषामा जिल्ला सभापतिका लागि वर्तमान सभापति महेशशंकर गिरी, उपसभापति सन्तोष यादव, सचिव विश्वेश्वर यादव, प्रफुल्लराज घिमिरे, दिनेश प्रसैला, कुमरकान्त झालगायत नेता आकांक्षी छन्।

धनुषामा जिल्ला सभापतिका लागि वर्तमान सभापति महेशशंकर गिरी, उपसभापति सन्तोष यादव, सचिव विश्वेश्वर यादव, प्रफुल्लराज घिमिरे, दिनेश प्रसैला, कुमरकान्त झालगायत नेता आकांक्षी छन्। सभापतिका लागि तयारी गरिरहेका अधिकांश नेता देउवा पक्षकै छन्। पौडेल पक्षबाट दिनेश प्रसैलाको नाम चर्चामा छ।

निधिको प्रभावका कारण धनुषामा पौडेल पक्ष कमजोर रहेकाले फेरि देउवा पक्षकै कुनै नेता जिल्ला सभापति बन्ने लगभग निश्चित छ। कतिपय नेताहरु गिरीलाई नै फेरि अवसर दिने गृहकार्य भइरहेको बताउँछन्। गिरीले एक कार्यकाल आफूले जिल्लाको नेतृत्व गसिकेकाले सभापति पदमा दाबी आफ्नो अधिकार क्षेत्रभित्रै रहेको बताए। 

उपसभापति यादव पनि आफू निर्विवाद जिल्ला सभापति पदको उम्मेदवार रहेको दाबी गर्छन्। अघिल्लोपटक आफूले सभापति पदका लागि उम्मेदवारी दर्ता गराए पनि अन्तिम समयमा आएर गिरीलाई समर्थन गरेकाले पनि यस पटक प्रतिस्पर्धामा उत्रिएरै छाड्ने उनको भनाइ छ।

उनी भन्छन्, ‘म उपसभापति भएर काम गर्दै आएको छु। सभापतिमा मेरो स्वाभाविक दाबी हुनेछ।’ पार्टीभित्र विभिन्न गुट रहे पनि आफ्नो नाममा समर्थन जुट्ने उनको दाबी छ। नेता प्रफुल्लराज घिमिरे पनि लामो समयदेखि पार्टीमा काम गर्दै आएकाले सभापति पदमा उम्मेदवारी दिने इच्छा व्यक्त गरिरहेको बताउँछन्। उनी भन्छन्, ‘साथीहरुको सहयोग रह्यो भने म सभापति पदको जिम्मेवारी लिन तयार छु।’

प्रकाशित: Jul 16, 2021| 08:58 शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।