बुधबार, वैशाख १७, २०८२

प्रदेश १ मा पारिवारिक हत्याका घटनामा वृद्धि

प्रदेश १ मा पारिवारिक हत्याका घटना गत वर्षको तुलना वृद्धि भएको छ। गत आर्थिक वर्षको तुलनामा यो वर्ष पारिवारिक हत्याका घटनामा वृद्धि भएको १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।  
 |  बिहीबार, असार ३१, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बिहीबार, असार ३१, २०७८

विराटनगर- विराटनगर महानगरपालिका-५ पृथ्वी चोकका ३१ वर्षीय साजन सिंहसँग श्रीमतीले गत वैशाखमा सम्बन्ध विच्छेद गरिन्। प्रहरीका अनुसार लागुऔषध तथा मदिराको कुलतमा फसेका साजनको कुटपिट र यातना सहेर सँगै बस्न नसक्ने निस्कर्षमा पुगेर श्रीमतीले सम्बन्ध विच्छेद गरिन्।

तर श्रीमती साजनकै परिवारको संरक्षणमा थिइन्। यो विषयलाई लिएर बढेको पारिवारिक विवादपछि साजनले धारिलो हतियार प्रहार गरेर गत असार २५ गते राति आफ्नै दाजु ४२ वर्षीय भोला सिंहको हत्या गरे।

४६ वर्षीया श्रीमती सुर्जामाया तामाङको हत्या आरोपमा भोजपुर घर भई इलामको देउमाई नगरपालिका-४ चित्रेमा बस्दै आएका ४५ वर्षीय ताकबहादुर तामाङ जेठ २८ गते पक्राउ परे। पारिवारिक विवादपछि धारिलो हतियारले घाँटी रेटेर श्रीमतीको हत्या गरे।

मथिका दुई घटना उदाहरण मात्र हुन्। प्रदेश १ मा पारिवारिक हत्याका घटना गत वर्षको तुलना वृद्धि भएको छ। गत आर्थिक वर्षको तुलनामा यो वर्ष पारिवारिक हत्याका घटनामा वृद्धि भएको १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।  

गत आर्थिक वर्षमा पारिवारिक हत्याका घटनाको संख्या ३४ थियो। जसमा १४ पुरुष, १८ महिला र २ बालकको हत्या भएको थियो। चालू आर्थिक वर्षको अन्त्य सम्ममा ५२ वटा हत्याका घटना भएका छन्। प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार चालू आर्थिक वर्षको अन्त्यसम्ममा पारिवारिक हत्याका घटनामा पुरुष ७, महिला ३९, बालक २ र बालिका ४ जनाको हत्या भएको छ। 

Metro Mart
worldlink

मार्ने र मारिने एउटै परिवारभित्रका बावु, आमा, छोरा, छोरी, दाजु, भाइ, दिदी, बहिनी, श्रीमान, श्रीमती रहेको प्रदेश १ प्रहरी प्रमुख डिआईजी अरुणकुमार बिसीले बताए। उनका अनुसार प्रदेशका १४ मध्ये १३ वटा जिल्लामा यस्ता घटना धेरै भएका छन्। यो आर्थिक वर्षमा सोलुखुम्बुमा मात्रै पारिवारिक विवादपछिको हत्या भएको देखिँदैन।

प्रहरीका अनुसार सुनसरीमा ११, झापामा १०, मोरङमा पाँच, इलाम, उदयपुर र ताप्लेजुङमा चार/चार, तेह्रथुममा तीन, धनकुटा, पाँचथर, संखुवासभा, खोटाङ र ओखलढुंगामा दुई/दुई तथा भोजपुरमा एउटा परिवारिक हत्याका घटना भएको छ।

प्रहरीको अनुसन्धानबाट बेरोजगारीपछि उत्पन्न पारिवारिक किचलो, मदिरा तथा लागूऔषधको बढ्दो सेवन, वैदेशिक रोजगारी, परिवारभित्र पैत्रिक सम्पत्तिको बाँडफाँट, मानसिक समस्या, प्रविधिको बढ्दो प्रयोग, पारिवारिक विचलन एवं बेमेल आदिले यस्ता घटना हुने गरेको देखाएको छ। डिआईजी बिसीका अनुसार सुषुप्त रुपमा रहेका कलह विग्रहमा परिणत हुँदा रिस र आवेगमा जघन्य अपराधका घटना हुने गरेको पाइएको छ। 

परिवारभित्रै सामाजिक र सांस्कृतिक प्रक्रियामा विचलन आएर आर्थिक, समाजिक र मनोवैज्ञानिक समस्या उत्पन्न हुँदा पारिवारिक अपराध बढ्न थालेको स्नातकोत्तर क्याम्पस विराटनगर प्राध्यापक समाजसास्त्री प्राध्यापक डिल्ली प्रसाईले बताए। सामाजिक, पारिवारिक, आर्थिक र मनोवैज्ञानिक समस्याले दरिलो सम्बन्धमा अडिएको पारिवारिक संरचनालाई कमजोर बनाउँदा विगतमा विरलै सुनिएका र देखिएका गम्भीर अपराध घरभित्रै हुन थालेका छन्।

प्रसाईंले भने, ‘अपराध नियन्त्रणका लागि वास्तविकता पहिचान र चिरफार जरुरी छ। राज्य संयन्त्र, कानुन र समाज कमजोर भएपछि परिवारले मात्रै नियन्त्रण गर्न नसक्दा व्यक्ति अपराधी भएर निस्कन थालेको छ।’

प्रकाशित: Jul 15, 2021| 12:10 बिहीबार, असार ३१, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।