बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • मेस्सी-नेयमार मित्रताको यस्तो गुत्थी जुन फाइनलपछि ‘दृश्य’मा प्रकट भयो

मेस्सी-नेयमार मित्रताको यस्तो गुत्थी जुन फाइनलपछि ‘दृश्य’मा प्रकट भयो

बार्सिलोनामा जस्तो जित्दा सँगै खुसी मनाउने र हार्दा सँगै पीडा साट्ने गरेका उनीहरुले आइतबार बिहानको खेलपछि एउटै भावना व्यक्त गर्न भने सकेनन्। तर लामो समय अंगालोमा बाँधिएर उनीहरुले जित र हारको भावना विनिमय गरे।
 |  आइतबार, असार २७, २०७८

विनय सापकोटा

विनय सापकोटा

आइतबार, असार २७, २०७८

काठमाडौं- ब्राजिलको रियो दि जेनेरियोस्थित मराकाना रंगशालामा घरेलु टिमलाई हराउँदै अर्जेन्टिनाले २८ वर्षपछि केपा अमेरिकाको उपाधि चुम्यो। रोड्रिगो डी पलले दिएको पासलाई २३ औं मिनेटमा फरवार्ड एन्जल डी मारियाले गोलमा परिणत गरेका थिए। त्यो गोल नै अर्जेन्टिनालाई उपाधि दिलाउन निर्णायक बन्यो।

यससँगै विश्वका सबैभन्दा बलियामध्येका एक खेलाडी लियोनेल मेस्सीको एउटा सपना पूरा भयो भने अर्का विश्वप्रसिद्ध खेलाडी नेयमारले उपाधि उचाल्न पाएनन्। 

पछिल्लो सिजन कोपा जित्दा चोटले टिममा नपरेका नेयमार यो संस्करणको कोपा जित्दै सिनियर टिमबाट देशलाई उपाधि दिलाउन चाहन्थे। तर नेमारको त्यो सपना भने पूरा हुन सकेन। उनले ब्राजिललाई उपाधि दिलाउन सकेनन्। त्यसैले उनी खेल सकिएपछि अलिक भावुक र विरक्त पनि देखिए।

नेयमारले भने फाइनल जित्न सकेनन्। त्यसो भन्दैमा ब्राजिलले कमजोर प्रदर्शन भने गरेको थिएन। ६० प्रतिशत समय बलमा नियन्त्रण बनाएको ब्राजिलले खेल अवधिभर विपक्षीको पोस्टतर्फ १३ प्रहार गरेको थियो।

सायद त्यसको पीडा खप्न सकेनन् नेयमारले र उनी मैदानमा आँसु झार्न थाले। उमेर समूहमा ठूला क्लबबाट व्यक्तिगत धेरै उपाधि जितेका नेयमारले राष्ट्रिय टिमको सिनियरतर्फ कन्फडेरेसन कपबाहेक अन्य उपाधि जितेका थिएनन्। त्यसैले मेस्सी र नेयमारका लागि यो उपाधिको महत्त्व उस्तै थियो।

तर, नेयमारले भने फाइनल जित्न सकेनन्। त्यसो भन्दैमा ब्राजिलले कमजोर प्रदर्शन भने गरेको थिएन। ६० प्रतिशत समय बलमा नियन्त्रण बनाएको ब्राजिलले खेल अवधिभर विपक्षीको पोस्टतर्फ १३ प्रहार गरेको थियो। उसका दुई प्रहार मात्र सही दिशामा लागेका थिए।

Metro Mart
worldlink

यता अर्जन्टिनाले खेल अवधिभर विपक्षीको पोस्टतर्फ छ प्रहार गरेका थियो। पास एकुरेसीमा पनि उत्कृष्ट रहेको ब्राजिलका रिचार्लिसनले दोस्रो हाफको सुरुमै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको ५२औं मिनेटमा गोल गरे पनि त्यसलाई रेफ्रीले अफसाइड करार गरिदिएका थिए। यससँगै ब्राजिलले खेल बराबरीमा गर्ने अवसर गुमायो।

रिचार्लिसन, नेयमार, पकेटा, रोबर्टो फर्मिनोले त्यसपछि गरेका सबै प्रयास खेर गएका थिए। अनि ब्राजिलले खेल जित्न सकेन।

उपाधिपछि भक्कानिए मेस्सी

राष्ट्रिय सिनियर टिमबाट उपाधि जितेका थिएनन् मेस्सीले। एक पटक विश्वकप र तीन पटक कोपा अमेरिकाकाे फाइनलमा पुगे पनि उपाधि हात लागेको थिएन। समकालीन विश्वका सबैभन्दा चर्चित र सबैभन्दा उत्कृष्ट खेलाडीका लागि त्यो भन्दा दुःखको कुरा के नै पो हुन्थ्यो होला र?

उनले उमेर समूहबाहेकको उपाधि जितेकै थिएनन्। तर २०२१ को कोपा उनको ती सबै अधुरा सपना पूरा गर्ने अवसर बनेर आयो। २८ वर्षदेखि उपाधि खडेरी लागेको अर्जेन्टिनालाई अहिले वसन्त आएकाे छ।

खेल सकिएपछि मैदानमा अर्जेन्टिनाका खेलाडीले खुसी मनाइरहँदा ब्राजिलियन स्टार नेयमार मेसी छेउ पुगे र अंगालोमा बाँधिएर उनलाई बधाई दिए। यो दृश्य धेरै फुटबलप्रेमीका लागि रोचक र आकर्षक थियो।

जब रेफ्रीले सिट्टी फुक्दै खेल सकिएको घोषणा गरे मेस्सीले खुब खुसी मनाए। त्यसको केही समयपछि उनीले खुसी थाम्न सकेनन्। खुसीले रुन पो थाले। उनलाई आफ्ना टिमका खेलाडीले थुमथुमाए।  जितपछि उनले फोनमा परिवारसँग खुसी साटेका थिए।

खेल सकिएपछि मैदानमा अर्जेन्टिनाका खेलाडीले खुसी मनाइरहँदा ब्राजिलियन स्टार नेयमार मेसी छेउ पुगे र अँगालोमा बाँधिएर उनलाई बधाई दिए। यो दृश्य धेरै फुटबलप्रेमीका लागि रोचक थियो।

नेयमार र मेस्सीको मित्रता

नेयमारका लागि आइडल हुन्, अर्जेन्टिनी कप्तान मेस्सी। सन् २०१३ मा नेयमारले स्पेनिस क्लब रियलको धेरै पैसाको अनुबन्ध स्वीकार नगरेर उनी बार्सिलोना हानिएका थिए। मेस्सीकै कारण उनले रियलको प्रस्ताव अस्वीकार गरे। उनको एकमात्र स्वार्थ थियो– एकै महादेशका मेस्सीसँग खेल्नु।

मेस्सीको साथमा रहेर उनले थुप्रै कुरा सिके। मेस्सी र उरुग्वेका स्टार लुइस सुरआरेजसँग एमएसएनको ट्रियोले क्लब फुटबलमा तहल्कै मच्चायो। सन् २०१५ मा उनीहरुले ट्रेबल जिते। बार्सिलोनाको त्यो उत्कृष्ट ट्रियो सायदै कसैले भुलेको होला। बार्सिलोनामा सँगै खेलका यी तीनबीचको मित्रता अझै प्रगाढ छ।

त्यसैको प्रभाव हुनुपर्छ यो कोपा अमेरिकामा पनि नेयमारले फाइनलमा मेस्सीविरुद्ध खेल्ने इच्छा व्यक्त गरेका थिए। ‘म उपाधिका लागि अर्जेन्टिनाविरुद्ध खेल्न चाहन्छु। किनभने त्यहाँ मेरा साथीहरु छन्। तर फाइनलमा हामी जित्नेछौं र उपाधि घरमै राख्नेछौं,’ पेरुलाई हराउँदै फाइनल पुगेपछि नेयमारले भनेका  थिए। त्यसको एक दिनपछि अर्जेन्टिनाले कोलोम्बियालाई हराउँदै फाइनल यात्रा तय गर्‍यो। अन्ततः उनले भनेको प्रतिद्वन्द्वी त पाए तर पाएनन् उपाधि।

उपाधि गुमेपछि ढाडस खोजिरहेका नेयमारले केही छिनका लागि मेस्सीको साथ पाए। एकजना पहिलोपटक राष्ट्रिय टिमबाट उपाधि जितेर भावुक थिए। अर्काचाहिँ घरेलु मैदानमा उपाधि रक्षा गर्न नसक्दा भावुक थिए।

दुवै खेलाडीको भावनाको संयोग खेलपछि देखिएको थियो। एक समूहको उल्लास र अर्को समूह हतास भएको समयमा उनीहरुको अंकमालको चर्चा अहिले विश्वभरि छ। जिते पनि हारे पनि उनीहरु अनन्य मित्र हुन्। 

फाइनल सुरु हुनुअघिसम्म यो खेललाई जति ब्राजिल र अर्जेन्टिनाको खेलमा रुपमा बुझिएको थियो, त्यति नै नेयमारविरुद्ध मेस्सीको खेलमा रूपमा पनि चर्चा गरिएको थियो। त्यो चर्चाले र यी दुई खलाडीलाई प्रतिद्वन्द्वी भएको बुझाउँथ्यो। आखिरी दुवै खेलाडी सबैभन्दा उत्कृष्टमध्येका खेलाडी न थिए।

त्यसैले खेलपछि उनीहरुको व्यवहारलाई पनि नजरअन्दाज गरिएन। बार्सिलोनामा जस्तो जित्दा सँगै खुसी मनाउने र हार्दा सँगै पीडा साट्ने गरेका उनीहरुले आइतबार बिहानको खेलपछि एउटै भावना व्यक्त गर्न भने सकेनन्। तर लामो समय अँगालोमा बाँधिएर उनीहरुले जित र हारको भावना साटासाट गरे।

‘फाइनलमा एउटा टिमले जित्नेछ तर हाम्रो साथीको नाता रहिरहनेछ,’ नेयमारले खेलअघि भनेका थिए, ‘जब तपाईं कसैको साथी बन्नुहुन्छ उसलाई भुल्न मुस्किल हुन्छ। उदाहरणका लागि तपाईं भिडियो गेम खेल्नुहुन्छ तर त्यो खेलमा आफ्नै साथीलाई हराउन चाहनुहुन्छ। तर मित्रता उस्तै रहन्छ नि। हाम्रो सम्बन्ध पनि त्यस्तै हो।’

फुटबलप्रेमी र त्यसमा पनि मेस्सीका फ्यानले सम्झेको हुनुपर्छ, २७ जुन २०१६। चिलीसँग कोपा अमेरिकाको फाइनलमा दोस्रोपटक पराजय भोगेपछि उनी बेस्सरी रोए। उनीसँगै संसारभरका उनका समर्थक पनि भावुक बने।

सम्पन्न कोपा अमेरिकामा मेस्सीले चार गोल र पाँच एसिस्ट गरेका छन्। यता नेयमारले भने दुई गोल र तीन एसिस्ट गरे।

मेस्सी र कोपा

कोपा अमेरिकासँग मेस्सीको फरकफरक साइनो छ। कोपामा उनी कहिले निरास बनेका छन् भने कहिले विरक्त बनेका छन्। उनी धेरै उतारचढावबाट गुज्रिरहेका छन्। उनको जीवनमा कहिले खुसीको बाढी आएको छ त कहिले गहभरि आँसु पनि।

फुटबलप्रेमी र त्यसमा पनि मेस्सीका फ्यानले सम्झेको हुनुपर्छ, २७ जुन २०१६। चिलीसँग कोपा अमेरिकाको फाइनलमा दोस्रोपटक पराजय भोगेपछि उनी बेस्सरी रोए। उनीसँगै संसारभरका उनका समर्थक पनि भावुक बनेका थिए त्यति बेला।

उनले लगत्तै संन्यास घोषणा गरे। तर, देशका लागि उपाधि नजिती उनको मन कहाँ मान्थ्यो! र त, संन्यास फिर्ता लिएर पुनः उही १० नम्बरको अर्जेन्टिनी जर्सीमा मैदान उत्रिए।

त्यसपछि उनले सन् २०१९ मा फेरि कोपा खेले तर सेमिफाइनलमा आयोजक ब्राजिलसँगै हारेपछि उनले बाहिरिनुपर्‍यो।

त्यतिबेला त उनले आयोजकले भ्रष्टाचार गरेको देखि ब्राजिलले जित्ने गरी प्रतियोगिता आयोजना गरेको आरोप लागएका थिए। तर यस वर्ष मेस्सीले उपाधि जिते। राष्ट्रिय टिममा उनीप्रति लाग्ने गरेको आरोप पखालियो। उनले जसरी क्लबमा योगदान दिएका छन्, राष्ट्रिय टिममा पनि उत्ति नै योगदान दिएको पुष्टि भयो।

राष्ट्रका लागि उपाधि जितेसँगै उनको अर्को सपना पनि पूरा भयो। लाग्छ- सबैतिरबाट मेस्सीको खेल जीवन सफल भएकाे छ।

प्रकाशित: Jul 11, 2021| 04:45 आइतबार, असार २७, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।