बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • चौधरी ग्रुपले सेयर खरिदमा 'बेइमानी' गरेपछि बैंकलाई सम्राट सिमेन्टको पत्र  

चौधरी ग्रुपले सेयर खरिदमा 'बेइमानी' गरेपछि बैंकलाई सम्राट सिमेन्टको पत्र  

सम्राट सिमेन्ट उद्योगमा सिटिजन्स इनटरनेसनल बैंकले लगानीका लागि ‘लिड’ गरिरहेको छ। सेयर किनेको रकम तिर्ने अवधि ६० दिन कटिसक्दा पनि खरिदकर्ताबाट कुनै प्रतिक्रिया नआएकाले आफूहरु बाध्य भएर खाता तथा कारोबार रोक्का गर्न बाध्य भएको एक लगानीकर्ताले जानकारी दिए।
 |  शनिबार, असार २६, २०७८

शर्मिला ठकुरी

शर्मिला ठकुरी

शनिबार, असार २६, २०७८

काठमाडौं- चौधरी ग्रुपसहित दुई कम्पनीले सेयर बिक्री गरिएको रकम समयमा नै उपलब्ध नगराएपछि सम्राट सिमेन्टका लगानीकर्ताले सेयर कारोबार रोक्का गर्न सम्बन्धित बैंकहरुलाई पत्र पठाएका छन्। बैंकलाई लेखिएको पत्रमा सेयर क्रेताहरूले सम्झौताअनुरुप आर्थिक व्यवहार नगरेको विवरण उल्लेख छ।

सम्राट सिमेन्टका मुख्य लगानीकर्ता मुकुन्द तिमिल्सिना, छुतेन लामा, प्रज्ञान तिमिल्सिना, उद्धव रेग्मी, सुधीरप्रसाद तिमिल्सिना र ज्ञानेन्द्र खनालले संयुक्त रुपमा पत्र लेख्दै बैंकलाई सम्राट सिमेन्टको खाता तथा कारोबार रोक्का गर्नका लागि आग्रह गरेका हुन्। 

२०७७ चैत ३ गते लगानीकर्ता बैंकको रोहबरमा सम्राट सिमेन्टको ३४.२५ प्रतिशत सेयरमध्ये ३० प्रतिशत चौधरी ग्रुप र ४.२५ प्रतिशत सेयर कम्पनीका पुरानै साझेदार अनिल रुङगटाले किन्ने सम्झौता गरेका थिए। सम्झौताअनुरुप क्रेताहरुले २० वैशाखभित्र सेयरको रकम चुक्ता गर्ने सहमति गरेका थिए। तर चौधरी ग्रुप र रुंगटाले वैशाख  २० गतेभित्र नै रकम सम्बन्धित सेयर बिक्रीकर्ताहरुको खातामा नहालिदिएपछि सेयर किनबेच गर्नेहरुबीच किचलो सुरु भएको थियो।

सम्राट सिमेन्ट उद्योगमा सिटिजन्स इनटरनेसनल बैंकले लगानीका लागि ‘लिड’ गरिरहेको छ। सेयर किनेको रकम तिर्ने अवधि ६० दिन कटिसक्दा पनि खरिदकर्ताबाट कुनै प्रतिक्रिया नआएकाले आफूहरु बाध्य भएर खाता तथा कारोबार रोक्का गर्न बाध्य भएको एक लगानीकर्ताले नेपालसमयलाई जानकारी दिए।

तर अन्तिम म्याद नाघेको दुई महिना कट्दा पनि रकम खातामा नआएपछि अध्यक्ष तिमिल्सनासहित अन्य लगानीकर्ताहरुले असार २३ गते खाता तथा कारोबार रद्दका लागि बैंकमा पत्र पठाएका हुन्।

Metro Mart
worldlink

सम्राट सिमेन्ट उद्योगमा सिटिजन्स इनटरनेसनल बैंकले लगानीका लागि ‘लिड’ गरिरहेको छ। सेयर किनेको रकम तिर्ने अवधि ६० दिन कटिसक्दा पनि खरिदकर्ताबाट कुनै प्रतिक्रिया नआएकाले आफूहरु बाध्य भएर खाता तथा कारोबार रोक्का गर्न बाध्य भएको एक लगानीकर्ताले नेपालसमयलाई जानकारी दिए। उनले भने, ‘चौधरी ग्रुपसहित रुङगटाको कम्पनीले एक प्रकारको बेइमानी गर्‍याे। बाध्य भएर हामीले बैंकलाई पत्र लेख्नुपर्ने अवस्था आयो।’

सेयर बिक्रीकर्ताले बैंकलाई लेखेको पत्रको प्रतिलिपि नेपाल समयलाई पनि प्राप्त भएको छ। बैंकलाई दिएको पत्रमा लेखिएको छ, ‘सम्राट सिमेन्टको सेयर खरिद तथा बिक्री सम्झौतामा तोकिएबमोजिमको समय तथा सर्तबमोजिम सेयर खरिद बिक्री तथा भुक्तानीसम्बन्धी व्यवस्था कार्यान्वयन हुन नसकेकाले यस बैंक तथा सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरुसँगका सम्पूर्ण कारोबारसँगै उक्त कम्पनीका नाममा रहेका खाताहरुसमेत रोक्का गरी पाऊँ।’ 

चैत ३ गते भएको सम्झौतामा बिक्रीकर्ता र खरिदकर्ताका तर्फबाट २-२ जना गरी चार जना सञ्चालक सम्मिलित रहने व्यवस्था गर्ने निर्णयसहितको माइन्युट तथा बैंकको रोहवरमा भएको सम्झौताअनुरुप तोकिएको समय तथा सर्तबमोजिम भुक्तानीसम्बन्धी व्यवस्थाहरु कार्यान्वयन नभएको व्यहोरा पनि पत्रमा उल्लेख छ। 

सम्राट सिमेन्टका मुख्य लगानीकर्ताबीच आन्तरिक द्वन्द्व बढेपछि अध्यक्ष तिमिल्सिनासहित ६ जना लगानीकर्ताहरुले आफ्नो सेयर चौधरी ग्रुप र रुङगटालाई बेच्ने निर्णय गरेका थिए। सम्झौताबमोजिम चौधरी ग्रुप र अनिल रुङगटाले वैशाख २० गतेभित्र नै सेयर रकम उपलब्ध नगराएपछि दुवै पक्षबीचको किचलो सतहमा आएको हो।

सम्राट सिमेन्ट २०६९ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको कम्पनी हो। १२ सय करोड रुपैयाँ चुक्ता पुँजी रहेको सो कम्पनीमा हाल १६ अर्ब भन्दा बढीको लगानी छ। 

कम्पनीमा हाल करिव ५०० जना कर्मचारी कार्यरत छन्। दाङको लमहीमा सञ्चालित उद्योगले गत वर्ष प्रतिदिन ४५ सय क्लिंकर उत्पादन गरेको थियो। 

कम्पनीका लगानीकर्ता तिमिल्सिनाले यसअघि अम्बे सिमेन्टमा पनि लगानी गरेका थिए। सम्राट सिमेन्टका मुख्य लगानीकर्ताबीच आन्तरिक द्वन्द्व बढेपछि अध्यक्ष तिमिल्सिनासहित ६ जना लगानीकर्ताहरुले आफ्नो सेयर चौधरी ग्रुप र रुङगटालाई बेच्ने निर्णय गरेका थिए। सम्झौताबमोजिम चौधरी ग्रुप र अनिल रुङगटाले वैशाख २० गतेभित्र नै सेयर रकम उपलब्ध नगराएपछि दुवै पक्षबीचको किचलो सतहमा आएको हो।

प्रकाशित: Jul 10, 2021| 16:21 शनिबार, असार २६, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।