काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बाढी प्रभावित मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकन गरेका छन्। उनले हेलम्बुको गणेशेबगरमा आयोजित कार्यक्रममा बाढीपीडित परिवारलाई राहतस्वरुप तत्काल ५० हजार रुपैयाँ दिने आश्वासन दिएका छन्।
यस्तै मेलम्चीमा आयोजित कार्यक्रममा ओलीले बजार सुरक्षित स्थानमा व्यवस्थापन गरिने आश्वासन दिए। असार १ गते मेलम्चीमा आएको बाढीले तटवर्ती क्षेत्रका बजारमा ठूलो क्षति पुगेको छ।