बुधबार, वैशाख १७, २०८२

दुरदराजमा बसेर पनि शक्तिशाली कविता लेख्न सकिँदो रहेछ : कविता राई [अन्तर्वार्ता]

भोजपुर षडानन्द नगरपालिका देउरालीमा जन्मिएकी राई १२ वर्षको उमेरदेखि कविता लेखनमा सक्रिय थिइन्। राई सात सय ६४ जना प्रतियोगीलाई उछिन्दै प्रथम भएकी हुन्।
 |  बुधबार, असार ९, २०७८

राज सरगम

राज सरगम

बुधबार, असार ९, २०७८

नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको ‘राष्ट्रिय कविता महोत्सव’ मा भोजपुरकी कवयित्री कविता राई प्रथम भएकी छन्। ‘देशको नक्सा’ शीर्षक कवितामा उनी प्रथम भएकी हुन्। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने तीनै जना महिला छन्। द्वितीय हुनेमा धादिङकी अमृता स्मृति र तृतीय हुनेमा ताप्लेजुङकी सविता बराल छिन्। भोजपुर षडानन्द नगरपालिका देउरालीमा जन्मिएकी राई १२ वर्षको उमेरदेखि कविता लेखनमा सक्रिय थिइन्। राई सात सय ६४ जना प्रतियोगीलाई उछिन्दै प्रथम भएकी हुन्। उनीसँग नेपाल समयले गरेको छोटो कुराकानी :

राष्ट्रिय कविता महोत्सवमा प्रथम हुँदा कस्तो अनुभूति भएकाे छ?

एकदमै खुसी लागेको छ। गौरवी बोध भइरहेको छ। यो एतिहासिक कार्यक्रम पनि हो। सरकारी तबरबाट हुने, साहित्यिक रूपमा राष्ट्रकै प्रतिनिधित्व गर्ने अभिभावक संस्थाले आयोजना गरेको गौरवशाली प्रतिस्पर्धामा प्रथम हुँदा खुसी लागेको छ। ग्रामीण क्षेत्रमा बसेर पनि शक्तिशाली कविता लेख्न सकिँदो रहेछ भन्ने लागेको छ।

कति पटक सहभागी भएपछि प्रथम हुनुभएको हो?

अघिल्लो तीन वर्ष वाचनमा मात्रै छनोट भएकी थिएँ। यसपालिचाहिँ मेरो कविता प्रथम भई पुरस्कृत हुन सक्यो। 

Metro Mart
worldlink

प्रथम हुन्छु जस्तो लागेको थियो?

प्रतिस्पर्धी सबैलाई प्रथम हुन्छु जस्तो लागेकै हुन्छ। मलाई पनि अलिअलि लागेको थियो। राष्ट्र निर्माण तथा राष्ट्रिय एकताका दृष्टिकोणले मूल्यांकन गरियो भने प्रथम हुन्छु भन्ने थियो। अलिकति प्रतीकात्मक पनि थियो। सकारात्मक पक्ष समेटिएको कविता भएर पनि त्यस्तो लागेको हुन सक्छ।

विगतमा यो प्रतियोगिता विवादमा आउँथ्यो। त्यस्तो प्रतियोगितामा कसरी आकर्षण भयो?

विवाद हुनुको कारण केही पराजित मानसिकताको उपज हो भन्ने लाग्छ। नकारात्मक धारणा मेरो रहेन। साधना ठूलो कुरा हो। मोबाइल नेटवर्कसमेत मुस्किलले टिप्ने भोजपुरको दुरदराजमा बसेर कविता कर्म गरिरहेकी छु। राष्ट्रिय कविता महोत्सव प्रतियोगितामा तीन वर्षदेखि प्रतिनिधित्व गरिरहें। यो निष्पक्ष संस्था हो भन्ने विश्वास रहिरह्यो। यसपालि प्रथम हुन सकें। कसैले विवाद पनि गरेझैं लाग्दैन यस वर्ष। त्यसैले यो त पराजितले लगाउने आरोप हो। तीन पटक पराजित हुँदा नि यस्तो अनुभव भएन।

आयोजक संस्था तथा निर्णायकलाई कस्ता कविताले प्रभाव पार्दो रहेछ? 

यो त आयोजक संस्थाको उद्देश्य, मर्म, भावना आदिले निर्धारण गर्छ। नेपाल प्रज्ञा प्रतिष्ठान देशकै साहित्यिक, भाषिक, सांस्कृतिक पक्षलाई नेतृत्व गर्ने सरकारी संस्था भएकाले राष्ट्र, राष्ट्रियता समसामयिकता, काव्यात्मकता, भाषा सबै कुरालाई हेरेर मूल्यांकन हुन्छ भन्ने लाग्यो। 

पहिलोदेखि तेस्रो स्थानसम्म महिला कवि विजयी हुनुभएको छ। यसलाई के भन्नुहुन्छ? 

शिक्षा क्षेत्र तथा व्यापार व्यवसायमा महिलाको संख्या बढ्दो छ। साहित्यमा पनि त्यसको प्रभाव हुनु स्वाभाविक हो। अहिलेका महिला कविहरु यस किसिमको जित हुनु प्रज्ञा प्रतिष्ठानकै इतिहासमा सायद नौलो हो। निरन्तर लेखनमा सक्रिय छन् आजका दिदीबहिनी। यस प्रतियोगितामा चार जनी महिला कवि विजेता हुनु महिला पनि प्रतिभावान् र क्षमतावान् छौं भन्ने प्रमाण हो। अवसर पाए राम्रो काव्यिक सृजना गर्न सक्छौं भन्ने आधार हो। त्यसैले साहित्यमा पनि महिला दिदीबहिनीको पहुँच बढ्दै गएको अनुभूति भइरहेको छ।

यस्तो छ प्रज्ञाको प्रतियोगितामा पहिलो भएको कविता : देशको नक्सा

भोजपुरकी कविताको कविता प्रथम

 

प्रकाशित: Jun 23, 2021| 16:10 बुधबार, असार ९, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।