काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि विरोध प्रदर्शन गरेका छन्।
केपी ओली सरकारले चालेका पछिल्ला असंवैधानिक कदमविरुद्ध नेविसंघ कार्यकर्ताले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी करिब एक दर्जन कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको थियो।
प्रधानमन्त्री ओलीका कदमविरुद्ध नेविसंघले नियमित रुपमा विरोध प्रदर्शन गर्दै आएको छ।