मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • 'जुनियर' उपप्रधानमन्त्री बन्दा महामारीबीच मन्त्रालय छोड्न बाध्य भएँ : हृदयेश त्रिपाठी

'जुनियर' उपप्रधानमन्त्री बन्दा महामारीबीच मन्त्रालय छोड्न बाध्य भएँ : हृदयेश त्रिपाठी

यो अवस्थामा म भाग्न खोजेको पनि होइन। छोड्न खोजेको पनि होइन। महामारीको बीचमा छोड्नु एकदम अपराधपूर्ण नै हो। तर, प्रश्न कहाँनिर आयो भने म भन्दा धेरै जुनियरहरू उपप्रधानमन्त्री बन्दा मैले पदमा बसिरहनु उचित ठानिन।
 |  आइतबार, जेठ २३, २०७८

यज्ञराज जोशी

यज्ञराज जोशी

आइतबार, जेठ २३, २०७८

काठमाडौं- निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सरकारले आफूभन्दा जुनियर मन्त्रीलाई पोर्टफोलियोमा माथि राखेकाले  सरकारबाट बाहिरिन बाध्य भएको बताएका छन्। 

नेपाल समयसँग कुरा गर्दै उनले आफूले कर्तव्य बोध अनुसार काम गरिरहेको भए पनि महामारी जस्तो असहज अवस्थामा सेवा गर्नु पर्नेमा बाध्यात्मक अवस्थाले सरकारबाट बाहिरिनु परेको बताए। 

'यो अवस्थामा म भाग्न खोजेको पनि होइन। छोड्न खोजेको पनि होइन। महामारीको बीचमा छोड्नु एकदम अपराधपूर्ण नै हो। तर, प्रश्न कहाँनिर आयो भने म भन्दा धेरै जुनियरहरू उपप्रधानमन्त्री बन्दा मैले पदमा बसिरहनु उचित ठानिन', उनले भने, 'फेरि क्याबिनेट सिस्टमको महत्वपूर्ण पक्ष वरीयता पनि एक हो। त्यसले मलाई नैतिक संकटमा राख्यो। राजनीतिमा पद ठूलै होइन। स‍ेवा र नैतीकता ठूलो कुरा हो भन्ने मलाई लाग्छ।'

उनले मनैबाट गरिरहेको सेवाले सधै कर्तव्यबोध थप्ने गरेको बताए। आफू मन्त्री भएर आइसकेपछि अवस्थालाई थप विग्रिन नदिएर सबै कुरा नियन्त्रणउन्मुख राख्न सकेकोमा आफूलाई खुसी लागेको उनले बताए।

'महामारीको सामना गर्न अध्यादेश जारी भएको छ। वीर अस्पताललाई कोरोनाको केन्द्रीय कमान्ड अस्पतालको रुपमा बनाइएको छ। यसरी सबै कुरा व्यवस्थित बनाउँदै लगेको थिएँ', उनले भने।

'यो महामारीको समय हो। मुलुक मनले काम गर्नु पर्ने अवस्थामा छ। त्यसैले मैले दिमाग भन्दा पनि मनले काम गरेको थिएँ। यो जनजीवनसँग जोडिएको सवाल हो। मलाई विश्वास छ, मनैबाट गर्न खोजेको  काम राम्रो हुन्छ। राम्रो गर्न सकेँ सकिनँ त्यो मूल्याङ्कन गर्ने काम जनताको हो', उनले भने।

Metro Mart
worldlink

तर, उनी त्यत्तिमै सन्तुष्ट छैनन्। 'मेरो मनमा अझै राम्रो गर्नुपर्नेमा कतै चुकेकी भन्ने पनि लागिरहन्छ',  उनले भने। तर, पाँच महिनाको छोटो समयमा आफूले धेरै गर्न सक्ने अवस्था नरहेको र सकेजति गरेको उनले बताए। त्यो बीचमा भएका सबै राम्रा नराम्रा कामको नैतिक जिम्मेवारी आफूले लिने उनको प्रतिक्रिया छ।

पूर्वमन्त्री त्रिपाठीले आफू तीन विषयमा अडिग रहेर अगाडि बढेको बताए। खोप ल्याउने भनिएकोमा ल्याइएको र ल्याउने वातावरण बनाइएको उनले बताए। आफ्नै पहलमा अबको दुई हप्तामा कोभिसिल्डको १७ लाख डोज खोप आउने प्रक्रियामा रहेको उनको भनाइ छ।

'२० लाख डोज चिनियाँ खोप खरिदका लागि सरकारले प्रक्रिया अगाडि बढाइरहेको छ। अमेरिकाले खोपका लागि एउटा प्रतिबद्धता गरिसकेको छ। ५० लाख खोप खरिदका लागि भारतको सिरम इस्टिच्युटसँग पनि केही कुरा अगाडि बढेको छ। खोपको सुनिश्चिततामा सन्तोषजनक काम भएको लाग्छ',  उनले भने।

उनले आफ्नो कार्यकालमा झन्डै २ हजार कर्मचारीको समायोजन मिलान भएको बताए। उनले तेस्रो राम्रो कामको रुपमा पाँच, १० र १५ बेडका अस्पतालहरूको प्रक्रिया अगाडि बढेको बताए।

'महामारीको सामना गर्न अध्यादेश जारी भएको छ। वीर अस्पताललाई कोरोनाको केन्द्रीय कमान्ड अस्पतालको रुपमा बनाइएको छ। यसरी सबै कुरा व्यवस्थित बनाउँदै लगेको थिएँ', उनले भने।

उनले आफ्नो कार्यकालमा अनावश्यक खरिदका कुरा नभएको दाबी गरे। केही तत्वले  खोपको विषयलाई लिएर गरेको अनर्गल प्रचारले भने आफ्नो मन दुखाएको उनले बताए।

'त्यो सही प्रचार थिएन। मैले खरिद गरेको खोप ४ डलरमा हो। जुन जगजाहेर छ। त्यो हामीले प्रत्यक्ष निर्माताबाट खरिद गरेको हो। त्यसमा कुनै बिचौलियाको प्रयोग भएको छैन। अहिले ५० लाख खरिदको प्रक्रिया अगाडि बढिरहेकोमा त्यसमा पनि बिचौलियाले मौका पाउने अवस्था छैन', उनले भने। ओम्नि प्रकरणबारे जिज्ञासा राख्दा त्यो आफ्नो कार्यकालमा नभएकाले अहिले त्यसमा केही बोल्न नचाहने उनले बताए।

प्रकाशित: Jun 06, 2021| 03:54 आइतबार, जेठ २३, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।