सम्माननीय प्रधानमन्त्री ज्यू, नमस्कार!!
म यतिबेला कोभिड पोजेटिभ संक्रमण भएर १५ दिनदेखि होम आइसोलेसन (काठमाडौं) मै छु। यो १५ दिन बीचको समय म र मेरो परिवारले जीवनमा सायदै कहिल्यै बिर्सन नसकिने कहालीलाग्दो बज्रपातको सामना गर्नुपर्यो। कोभिडका कारण चार दिनअघि मैले बुटवलमा मेरो सहोदर दाजु गुमाएँ। १५ दिनअघि काकी गुमाएँ। मेरो परिवार यतिबेला शोकमा छ र परिवारमा थप बज्रपात नआओस् भन्ने भगवान्सँग प्राथना गरेर बसेका छौं। (किनकि हामीलाई भगवान्प्रति विश्वास लाग्छ। तपाईं जस्तो अरु बेला धर्मलाई अफिम मान्ने र ईश्वर हुँदैनन् भन्ने तर, राजनीतिक अभीष्ट पूरा गर्न रामहनुमान सब खडा गर्ने खालको हाम्रो परिवार परेन।)
कोभिडले पुत्र वियोगमा रहेकी मेरी एकल वृद्ध आमा जो उच्च रक्तचाप र बाथको समेत रोगी हुनुहुन्छ– अझै सम्हालिन सक्नुभएको छैन। पतिको मृत्युको खबरले पीडामा रहेकी मेरी भाउजू कोभिड निमोनियाको संक्रमण मात्र होइन मानसिक रुपमा समेत विक्षिप्त अवस्थामा हुनुहुन्छ।
मसँगै मेरो परिवारमा दाजु गुमाएकी मेरी भाउजू कोभिड पोजेटिभसँगै निमोनियाले पनि ग्रस्त हुनुहुन्छ भने सुगरको बिरामी मेरो काका, केही समयअघि पित्तथैलीको अप्रेसन गरेको काकाको छोरा, बुहारी उनका साना दुई छोराछोरी मात्र होइन मेरो आफ्नै भिनाजु र बहिनीज्वाइँ पनि कोभिड पोजेटिभ भएर बसेका छन्। काकाको रोगको प्रकृतिले कतिबेला के हुन्छ भन्ने अवस्थामा हुनुहुन्न। यो परिस्थतिमा हामी काजकिरिया पनि गर्न नसक्ने विवशताका साथ बस्न बाध्य छौं। परिवारका सदस्य एक ठाउँमा बसेर दुःख साट्ने अवस्थामा पनि छैनौं। छौं त केवल परिवारमा अरु भवितव्य नआओस् भन्ने कामनामा।
सम्माननीय प्रधानमन्त्रीज्यू,
कोभिडले पुत्र वियोगमा रहेकी मेरी एकल वृद्ध आमा जो उच्च रक्तचाप र बाथको समेत रोगी हुनुहुन्छ– अझै सम्हालिन सक्नुभएको छैन। पतिको मृत्युको खबरले पीडामा रहेकी मेरी भाउजू कोभिड निमोनियाको संक्रमण मात्र होइन मानसिक रुपमा समेत विक्षिप्त अवस्थामा हुनुहुन्छ। भाइको मृत्युको खबरले चक्कर आएर ढलेकी मेरी दिदी र दाजुको मृत्युको खबरले बेहोस् मेरी बहिनी अहिले बल्ल होसमा आएका छन्।
दाजुको मृत्यु हुँदा व्रतबन्ध पनि नगरेको मेरो भतिजालाई संस्कार चलाउन भन्दै जनै लगाइदिन छिमेकीले मन्दिरमा लैजाँदै गर्दा बाबा नभई दाइलाई किन जनै लगाउन मन्दिर लैजान लागेको भनेर प्रश्न गर्ने मेरी अबोध भतिजीलाई दिने जवाफ मसँग छैन। कोभिडले बाबा गुमाएको र आमा फेरि संक्रमित हुँदा अब के हुने होला भन्ने मानसिक तनावमा टोलाएर बसेको मेरो भतिजोलाई सान्त्वना दिन मसँग कुनै शब्द छैन। मेरो दाजु बित्दा मेरी आमा, म र मेरो मेरी पत्नीको रोदन सुनेकी मेरी सानी छोरी आफ्नो बाबालाई पनि केही हुने हो कि भनी पटकपटक म सुतेको कोठाको ढोकामा आएर चिहाउँदा म केवल उसलाई म ठिक छु, अब हामीलाई केही हुँदैन छोरी भनेर पीडा भित्रबाटै हाँसेजस्तो गरी नक्कली हाँसो हासेर फर्काउने गरेको छु।
आँखाभरि आँसु लिएर ढोकाछेउ आउने आमा र पत्नीलाई पनि आफू ठिक हुँदै गएको बताउँदै भाउजू र ती छोराछोरीलाई सबैका लागि म छु नि भनेर सान्तवना दिएको छु। तर, जब हिम्मत निकालेर यति कुरा गर्छु अनि मन थामिँदैन एक्लै ढोका थुनेर रुनुबाहेक मसँग अरु विकल्प बाँकी रहँदैन। यस्तो अवस्थामा मान्छेको मनमा कति पीडा हुन्छ सायद त्यो शब्दमा बयान गर्न सकिँदैन। म अहिले जुन खालको मानसिक अन्तर्द्वन्द्व र पीडामा छु, यो बेला परिवारको सदस्य गुमाउने अन्य आमनेपालीको पनि मनोदशा यो भन्दा फरक पक्कै छैन।
मृत्यु र संक्रमितको आँकडाले तपाईं, तपाईंको सरकार वा तपाईंका मन्त्रीहरुलाई केही फरक पार्छ जस्तो लाग्दैन किनकि यो तपाईंका लागि फगत अंक वा आँकडा मात्र हो। तर हाम्रा लागि वा मजस्तै आफ्नो परिवारका सदस्य गुमाउनेका लागि सर्वस्व हो।
गत वर्षदेखि आजको दिनसम्म कोभिडको कारणले ज्यान गुमाउनेको संख्या मेरो परिवारका दुई जना जोड्दा जम्मा पाँच हजार ४११ पुगेको छ। यस्तै मेरो परिवारका ६ जनासहित ४ लाख ७२ हजार ३५४ जना संक्रमित भएका छन्। यद्यपि यस बीचमा तीन लाख ५२ हजार ४१४ जनाले कोरोना जितेर घर फर्किएका छन्। हुन त यो मृत्यु र संक्रमितको आँकडाले तपाईं, तपाईंको सरकार वा तपाईंका मन्त्रीहरुलाई केही फरक पार्छ जस्तो लाग्दैन किनकि यो तपाईंका लागि फगत अंक वा आँकडा मात्र हो। तर हाम्रा लागि वा मजस्तै आफ्नो परिवारका सदस्य गुमाउनेका लागि सर्वस्व हो।
स्वास्थ्य मन्त्रालयले जेठ ४ मात्र कोभिडको तेस्रो भरियन्ट पत्ता लागेको र यो भेरियन्ट पहिलो र दोस्रोभन्दा झन् खतरनाक हुन्छ भनेर सूचना जारी गरेको छ। यसअघि पहिलो वेभ आउँदा पनि विज्ञले दोस्रो वेभ पहिलो वेभभन्दा खतरनाक भएर आउँछ भनेर सरकारलाई सूचना नदिएका होइनन्। तर, विज्ञहरूको सुझाव तपाईंका लागि एक कानले सुन्ने अर्को कानले उडाउने मात्र गर्नुभएन हाच्छियूँ साच्छियूँ गरेर कोराना उडाउने, भगाउने, हिमालबाट ठोकिएर आएको हावा खाएकोले नेपालीको इम्युनो सिस्टम बलियो भएको देखि बोसिय र फ्याटिय तत्त्ववाला हावादारी कुरा गरेर सम्भावित जोखिममा राज्यले गर्नुपर्ने कुनै तयारी गर्नु भएन।
सम्पन्न नै नभएका आयोजनाहरूमा आफ्नो नाम ताम्रपत्रमा लेखाउने सस्तो लोकप्रियताका लागि भीड जम्मा गरेर तमासा देखाउनु भो अर्थात् कोभिड फैलिनका लागि जे गर्नुपर्दथ्यो त्यो सब तपाईंले आफैंले गर्नुभयो। जनतालाई भने २५ जनाभन्दा बढी भेला नहुन फमार्न जारी गर्नु भो।
संसद्मा कोभिडविरुद्ध राज्य संयन्त्रले काम नगरेको र यो अवस्थामा संवेदनशील नभए यसले ठूलो क्षति व्यहोर्नुपर्छ भन्ने सांसदहरुलाई खिसिट्युरीमात्र गर्नु भएन उहाँहरूको तेजाेबध गर्नुभयो। मैले जे भने त्यही ठिक भन्ने हठ, अहंकार र उखानटुक्कामा रमाउनु भो। त्यतिमात्र होइन पार्टीको आन्तरिक मामलामा आन्तरिक झगडामा जनतालाई पार्टी प्यालेसमा मासुभात र दुई चार सय भत्ता दिएर काठमाडौं उतार्नु भो। चोकचोकमा जुलुस निकाल्नु भो, जुलुस हेर्न आउन आफ्नै पार्टीभित्रका विरोधीलाई ललकार्नु भो। ठोरीका राम र हनुमानको नाममा भीड उतार्नु भो। सम्पन्न नै नभएका आयोजनाहरूमा आफ्नो नाम ताम्रपत्रमा लेखाउने सस्तो लोकप्रियताका लागि भीड जम्मा गरेर तमासा देखाउनु भो अर्थात् कोभिड फैलिनका लागि जे गर्नुपर्दथ्यो त्यो सब तपाईंले आफैंले गर्नुभयो। जनतालाई भने २५ जनाभन्दा बढी भेला नहुन फमार्न जारी गर्नु भो।
तर, कोभिडको सन्निकट जोखिमका बारेमा तपाईं पूरै बेखबर मात्र होइन यति गैरजिम्मेवार बन्नु भो कि त्यसको परिणाम अहिले आएर जनताले भोग्दैछन्। तपाईंमात्र होइन तपाईंका सारथीका रुपमा रहेका सिंगो मन्त्रिमण्डलका सदस्य केवल तपाईंको चटके प्रहसनमा ताली ठोक्ने रमितेभन्दा माथि कहिल्यै देखिएनन्। बरु सत्ताको चास्नीमा रमाउँदै आफनो विवेक बन्धकी राखेर तपाईंको चटकीका फडके किनारका साक्षी बसे। हिटलरका प्रपोगन्डा मन्त्रीले जस्तै एउटा झुटलाई सय पटक दोहोर्याउँदा त्यसलाई पनि सत्यझैं जनतामा भ्रम सृजना गर्न सकिन्छ भने झैं तपाईंका मन्त्री, सल्लाहकार ढोके बैठके सबै प्रपोगन्डामै लागे र अहिले पनि निरन्तर त्यही काममा लागेका छन्, जसलाई सधैं तपाईंले थपथपाउनुभएको छ। आशीर्वाद दिनुभएको छ। यो शृंखला केही अपवादलाई छोडी प्रदेश र स्थानीय तहमा पनि उही छ। किनकि स्कुलिङ एउटै छ। तपाईं जस्तो सबै कुरामा ज्ञान राख्ने मानिसलाई जानकारी नै छेन भनेर म कसरी पत्याउँ? तर देशको यथार्थ “आँखो देखा हाल” के छ त्यसको परीक्षणमा तपाई कहिल्यै लाग्नु भएन।
तपाईं विश्व बह्माण्डको सर्वज्ञाता कहलाउँदै ठाउँकुठाउँ प्रवचन र प्रहसन गर्दै हिँडनुभो। जसको मूल्य हामी जस्ता निहत्था जनताले भोग्नुपरेको छ तर तपाईंलाई जनताको यो चिच्याहटको कुनै मतलव छैन।
दार्शनिक सुकरातको एउटा महत्त्वपूर्ण भनाइ छ “मलाई एउटा कुरा मात्र थाहा छ,र त्यो के भने मलाई केही पनि थाहा छैन।” त्यसको ठिक उल्टो तपाईं यस्तो महान् दार्शनिक हुनुभयो कि तपाईंलाई थाहा नभएको त कुनै कुरा नै रहेन। तपाईं विश्व बह्माण्डको सर्वज्ञाता कहलाउँदै ठाउँकुठाउँ प्रवचन र प्रहसन गर्दै हिँडनुभो। जसको मूल्य हामी जस्ता निहत्था जनताले भोग्नुपरेको छ तर तपाईंलाई जनताको यो चिच्याहटको कुनै मतलव छैन। हुँदो हो त यो अहिले आम नेपालीले जुन पीडा भोगिरहेका छन्, सायद त्यो भोग्नु पर्दैनथ्यो।
सम्माननीय प्रधानमन्त्री ज्यू,
जतिबेला विश्वमा कोभिडले हाहाकार मच्चाएको थियो त्यो बेला विश्व समुदाय पनि उचित तयारीको अवस्थामा थिएन। यद्यपि हामी त्यो समय सामान्य अवस्थामा नै थियौं। पछि पनि हामीसँग पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन खोपको व्यवस्था र अन्य स्वास्थ्य सुरक्षा मापदण्डका बारेमा काम गर्ने पर्याप्त समय थियो। तर, तपाईंको अहम, अहंकार र अजासु प्रवृत्ति र चुटकिलामै रमाउने गर्नाले नेपालले यो क्षति भोग्नुपरेको हो। यति हुँदा पनि तपाईंको चेत अझै खुलेजस्तो लाग्दैन।
अहिले पनि तपाईं हावामै हुनुहुन्छ। तपाईंका मन्त्रीहरु हावामै छन् भने राज्यलाई सही सूचना दिनुपर्ने कर्मचारीतन्त्रले दिएको गलत सूचना बोकेर सब ठिक छ भन्दै हिँड्नुभएको छ। यहाँ पनि गर्न सक्ने इमानदार कर्मचारी जिम्मेवारीबाट बाहिर छन्। केही लम्पट स्वार्थी र चाप्लुसी गरेर आफ्नो दुनो सोझ्याउने तपाईंका केही आसेपासे कर्मचारीले गलत सूचना प्रवाह गरिरहेका छन्। जसको पछिल्लो उदाहरण काडमाडौंका अस्पतालमा बेडको अभाव छैन भनेर र दिइएको सूचना नै काफी छ। समय निकालेर दुईचार अस्पताल पुगेर हेर्ने कष्ट गर्नुस् त यथार्थ के हो सामने आइहाल्छ।
तर तपाईंलाई फुर्सद छैन किनकि तपाईं “समृद्ध नेपाल सुखी नेपाली” को महान् अभियानमा हुनुहुन्छ। दुई चार हजार नेपालीको ज्यान जाँदैमा यो महान् अभियान रोक्न पनि मिल्दैन। किनकि पाटीपौवा, खोलानाला धरहरा, मनोरञ्जन घर सबैतिर ताम्रपत्रमा शिलान्यास र उद्घाटनमा तपाईंकै नाम लेखाउनु छ।
तर तपाईंलाई फुर्सद छैन किनकि तपाईं “समृद्ध नेपाल सुखी नेपाली” को महान् अभियानमा हुनुहुन्छ। दुई चार हजार नेपालीको ज्यान जाँदैमा यो महान् अभियान रोक्न पनि मिल्दैन। किनकि पाटीपौवा, खोलानाला धरहरा, मनोरञ्जन घर सबैतिर ताम्रपत्रमा शिलान्यास र उद्घाटनमा तपाईंकै नाम लेखाउनु छ। भोलिका सन्ततिले यस्तो सोचोस् आहा! विकास निर्माणको साँचो स्वर्णयुग त प्रधानमन्त्री ओलीकै पालामा आएको हेछ । तपाईंलाई लाग्दो हो यी मृत्युका चीत्कार सुनाउने र केही भएन भन्नेहरू तपाईंको विकास र समृद्धिका विरोधी हुन्, लोकतन्त्र र गणतन्त्रका विरोधी हुन् अझै तपाईंको समावजादको अभियानका विरोधी हुन्।
तपाईंलाई लाग्दो हो सब ठिकठाक त छ। विकास निर्माणका काम भएकै छन्। धरहरा, सम्मेलन केन्द्र उद्घाटन गरेकै छु। राम, हनुमानका प्रतिमा स्थापना गराएकै छु। अस्पतालमा बेडको पर्याप्तता छैन भन्नेहरू सरकारलाई बदनाम बनाउन लागिपर्नेहरु हुन्। तर प्रधानमन्त्रीज्यू अवस्था बिल्कुलै फरक छ।
तपाईंले भनेजस्तै अस्पतालमा सहज बेड, अक्सिजन वा आईसीयूको व्यवस्था हुँदो हो मेरी काकीले ज्यान गुमाउनुपर्ने थिएन।
तपाईंले भनेजस्तै अस्पतालमा सहज बेड, अक्सिजन वा आईसीयूको व्यवस्था हुँदो हो मेरी काकीले ज्यान गुमाउनुपर्ने थिएन। जुन दिन बुटवलमा अक्सिजन अभावमा आईसीयूमा रहेका ११–१२ जनाको ज्यान गयो त्यसै दिन बुटवलमा बेड र अक्सिजन नपाएर मेरो दाजुलाई बल्लबल्ल तौलिहवा लगेर खटियामा राखेर अक्सिजन दिएर उपचार गराउँदै थियौं। तर त्यहाँ पनि अक्सिजन सकिएपछि फेरि अर्को दिन बुटवल ल्यायौं। अस्पतालमा बेड, अक्सिजन, आईसीयू र भेन्टिलेटर सबै बिरामी आफैंले खोज्नुपर्ने अवस्थाका बीच तीन तहको सरकारको उपस्थिति कहींकतै अनुभूति भएन र आईसीयूको खोजी गर्दागर्दै मेरो दाजुले पनि प्राण त्याग गर्नुभयो।
के जनताको करबाट गाडी चढ्न तलबभत्ता खानेहरु यत्तिसम्म गैरजिम्मेवार बन्न मिल्छ? अस्पतालहरूमा अक्सिजन नहुँदा निजी क्षेत्रले चन्दा उठाएर अक्सिजन प्लान्ट जोड्दैछन्। प्लान्ट जोड्नका लागि ओमान, दुबई, कतार जस्तो ठाउँमा सस्तो श्रम गर्न जान बाध्य नेपालीले गाँस काटेर रकम अनि सिलिन्डर पठाएका छन्। जुन नेपाली तपाईं र तपाईं जस्ता नेताहरूले देशमा बस्ने वातावारण बनाउन नसक्दा विदेशिन बाध्य भएका थिए। अनि तपाईंहरू भोटको राजनीतिले झसंग हुनु भो र हतारहतार मन्त्रिपरिषद् बैठक बसेर फलाना अस्पताललाई अक्सिजन प्लान्ट राख्न यति रकम छुट्याइएको भन्दै फेरि प्रचारमा लाग्नुभयो। खाडीबाट सिलिन्डर जोहो नहुँदासम्म निजी क्षेत्र यो प्रयासमा जुट्नुअघि नै सरकारले यो निर्णय किन गर्न सकेन? जवाफ छ प्रधानमन्त्री ज्यू?
तपाईंलाई बाँच्न रहरलाग्दा अवैधानिक ढंगले समेत मिर्गौला प्रत्यारोपण गर्नुभो। तपाईंले जस्तो अरुले आफ्नो नातो साइनो नै नभएको मान्छेको मिर्गौला लिएर प्रत्यारोपण गरे उ त जेल जानुपर्छ। किनकि कानुन हामीजस्ता निमुखा जनतालाई लाग्छ न कि तपाईंहरुलाई।
तपाईंले दुई पटक मिर्गौला प्रत्यारोपण गर्दा होस् या पटकपटक विदेशका महँगा अस्पतालमा उपचार गर्दा होस् (केही व्यापारीले स्पोन्सर गरे) बाहेक नेपाली जनताले तिरेको कर खर्च भएको छ। तपाईंलाई बाँच्न रहरलाग्दा अवैधानिक ढंगले समेत मिर्गौला प्रत्यारोपण गर्नुभो। तपाईंले जस्तो अरुले आफ्नो नातो साइनो नै नभएको मान्छेको मिर्गौला लिएर प्रत्यारोपण गरे उ त जेल जानुपर्छ। किनकि कानुन हामीजस्ता निमुखा जनतालाई लाग्छ न कि तपाईंहरुलाई।
यसो भन्दै गर्दा यो सम्पूर्ण अव्यवस्थाको जिम्मेवार तपाईं मात्र पनि होइन विगतका सरकार र नेताहरू पनि त्यत्तिकै जिम्मेवार छन्। तर, अहिले तपाईं देशको मुखिया भएकाले अरुलाई दोष दिएर पानीमाथिको ओभानो बन्न त पक्कै मिल्दैन। चाह्यो भने तत्काल पनि केही गर्न सकिन्छ भन्ने कुरा छिमेकी देश भारत दिल्लीका मुख्यमन्त्री केजरीवाललाई हेरे पुग्छ, टाढा जानु पर्दैन। कोभिडको उद्गम चीनले गरेको व्यवस्थापनको कुरा र अन्य देशले विगतमा गरेको तयारीको त कुरै छोडौं।
अलिकति इच्छाशक्ति र पहलमात्र भएको भए वीर अस्पतालको नवनिर्मित भवनमा ५०० वेड क्षमतामै आईसीयू सञ्चालन गर्न सकिन्थ्यो। देशका अन्य ठाउँमा पनि सय पचास बेड त सञ्चालन हुन सक्थे होला। यो मैले भनेको नभई स्वयं चिकित्कसले नै भन्दै आएका थिए र छन्।
जतिबेला तपाईं पूर्ण रुपमा तयार नै नभएको गोदावरीको सम्मेलन केन्द्र उद्घाटन गरेर आफ्नो नाम टाँस्न लगाउँदै हुनुहुन्थ्यो त्यतिबेला केजरीवालले रामलीला मैदानमा ५०० शय्याको आईसीयू उद्घाटन गर्दै थिए। हाम्रोमा मैदान पनि चाहिँदैन थियो अलिकति इच्छाशक्ति र पहलमात्र भएको भए वीर अस्पतालको नवनिर्मित भवनमा ५०० वेड क्षमतामै आईसीयू सञ्चालन गर्न सकिन्थ्यो। देशका अन्य ठाउँमा पनि सय पचास बेड त सञ्चालन हुन सक्थे होला। यो मैले भनेको नभई स्वयं चिकित्कसले नै भन्दै आएका थिए र छन्।
दुर्भाग्य, तपाईंको प्राथमिकता जनता बचाउने अस्पताल, बेड, अक्सिजन प्लान्ट वा आर्इसीयू र भेन्टिलेटर नभई धरहरा र सम्मेलन केन्द्र रह्यो। यसको अर्थ विकास निर्माण हुनु हुँदैन भन्ने कदापि होइन। तर, हरेक चिजको पनि त समय हुन्छ होला नि हैन र? मर्ने त मरे फर्काएर ल्याउन सकिँदैन तर योभन्दा नराम्रो हुन नदिने प्रयास गर्न तपाईंलाई के ले छेक्यो प्रधानमन्त्री ज्यू? अहिले त विश्वबजारमा कोभिड उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै सामग्री र खोप उपलब्ध छन्। त्यसको व्यवस्थापन होइन कि देशमा मृत्युको आँकडा बढ्दै गर्दा आफूलाई अब्बल देखाउन अन्तरराष्ट्रिय सञ्चारमाध्यममा सगौरव नेपालमा कोभिड नियन्त्रणमै रहेको भ्रमपूर्ण अभिव्यक्तिसमेत दिनुभयो।
आचार्य चाणक्यको भनाइ छ “गुणो से मानवता कि पहचान होती है उचें सिंहासन पर बैठने से नहि, महल के उच्च शिखर पर बैठने के बाबजुद कौवेका गरुड होना असम्भव है।” देशको सिँहासनमा विराजमान तपाईंलाई लाग्छ कि यो विषम परिस्थितिमा प्रधानमन्त्रीका रूपमा तपाईंले वा तपाईंको सरकारले देश र जनताका लागि साँच्चैकै सहही भूमिका निर्वाह गर्नुभएको वा गरेको छ? यसबारेमा कहिले आफैंलाई प्रश्न गर्नुभएको छ? सायद छैन र त्यो आवश्यकता पनि ठान्नुभएको छैन।
अन्य धरै देशका नागरिक खोप लगाउँदै गर्दा हाम्रो देशमा कमिसनको खेलमा खोप आउन नदिने ,कमिसनकै खेलमा देशभित्रै खोपको क्लिनकल ट्रायल हुन नदिने तपाईंहरूका लागि अझै कति नेपाली मरिदिन पर्ने हो? जनता बाँचे न राजनीति गर्ने होला? पहिले जनता बचाउनुस् त्यसपछि राजनीतितिर लाग्नुहोला।
अन्य धरै देशका नागरिक खोप लगाउँदै गर्दा हाम्रो देशमा कमिसनको खेलमा खोप आउन नदिने ,कमिसनकै खेलमा देशभित्रै खोपको क्लिनकल ट्रायल हुन नदिने तपाईंहरूका लागि अझै कति नेपाली मरिदिन पर्ने हो? जनता बाँचे न राजनीति गर्ने होला? पहिले जनता बचाउनुस् त्यसपछि राजनीतितिर लाग्नुहोला। यो चीत्कार मेरो मात्र होइन मजस्ता हजारौं लाखौं निमुखा नेपाली जनताको हो। अन्तमा एउटा (अ) नागरिकका रूपमा तपाईंलाई प्रश्न गर्न मन छ– प्रधानमन्त्री ज्यू, अस्पताल र घाटमा देखिने यो चीत्कार, सन्नाटा र शोकका बीच पनि तपाईंलाई निद्रा लाग्छ है?! (भुसालकाे फेसबुकबाट)