बुधबार, वैशाख १७, २०८२

एमाले विवाद साम्य पार्न कार्यदल गठन गर्ने सहमति

एमालेकाे दुई पक्षबीच विवाद समाधान गर्न कार्यदल गठन गर्ने सहमति भएको छ।
 |  शुक्रबार, वैशाख ३१, २०७८

बीपी अनमोल

बीपी अनमोल

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं– एमालेकाे दुई पक्षबीच विवाद समाधान गर्न कार्यदल गठन गर्ने सहमति भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार साँझ भएको वार्तामा कार्यदल गठन गर्ने सहमति भएको बैठकपछि नेता भीम रावलले सञ्चारकर्मीलाई जानकारी दिए।

उनले भने, ‘पार्टी एकता कायम राख्न र त्यसलाई अघि बढाउन दुई पक्षबीच गम्भीरतापूर्वक छलफल भयो। त्यस क्रममा २०७५ जेठ २ अघिका कमिटीलाई आधार बनाएर छलफल गर्ने कुरा भयो। त्यो प्रयोजनका लागि कार्यदल गठन गर्ने सहमति भएको छ।’

कार्यदलका सदस्यको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाललाई दिइएको छ। कार्यदल कति सदस्यीय हुने भन्ने विषय पनि दुई नेताले नै टुंगो लगाउने छन्। विवाद समाधानको खाका बनाउने जिम्मेवारी कार्यदललाई दिइनेछ। कार्यदलबारे छिट्टै टुंगो लाग्ने नेता रावलले बताए। 

नेता रघु पन्तले पनि पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउने सन्दर्भमा सौहार्दपूर्ण रुपमा कुराकानी भएको बताए।

वार्तामा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, सुवास नेम्वाङ र विष्णु पौडेल सहभागी थिए। यस्तै माधव नेपाल पक्षबाट नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी थिए।

Metro Mart
worldlink

बिहीबार दिनभर बूढानीलकण्ठस्थित एक निजी निवासमा ओली र नेपालबीच भएको छलफलपछि नेकपा एमाले एकताको नजिक पुगेको छ। नेपाल पक्षले गत फागुन २८ गते ओली पक्षले गरेका एकपक्षीय निर्णयहरु फिर्ता लिनुपर्ने माग राख्दै आएको छ। साथै २०७५ जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने उसको अडान छ।

प्रकाशित: May 14, 2021| 15:57 शुक्रबार, वैशाख ३१, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।