बिहीबार, वैशाख १८, २०८२

लय समात्दै गरेको खेल क्षेत्र फेरि अवरुद्ध

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन फुटबल लिग स्थगित भएको सूचना मंगलबार दिएको छ। लामो योजना र केही समय चल्ने प्रतियोगिता अब कहिले हुने हो टुंगो छैन। 
 |  शुक्रबार, वैशाख ३१, २०७८

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं – अघिल्लो वर्ष लकडाउनका कारण अवरुद्ध नेपाली खेल क्षेत्रले बिस्तारै लय समात्दै थियो। महामारीको दोस्रो लहर फैलिएपछि खेल गतिविधि अवरुद्ध भएका छन्। निर्धारित खेल तालिका स्थगित हुँदा खेलकुदको वार्षिक क्यालेन्डर पनि प्रभावित भएको छ। केही खेलका संघले भर्चुअल रुपमा सेमिनार गरे पनि अन्य गतिविधि भने महामारी अन्त्य नभई अघि बढ्ने देखिएको छैन।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन फुटबल लिग स्थगित भएको सूचना मंगलबार दिएको छ। लामो योजना र केही समय चल्ने प्रतियोगिता अब कहिले हुने हो टुंगो छैन। 

नेपाल क्रिकेट संघले वैशाख १७ गते नै आफ्ना सबै गतिविधि स्थगित भएको जनाएको थियो। गत वर्ष २०७७ सुरु हुँदै गर्दा पनि देशमा खेलकुदको माहोल यस्तै थियो। तर जेठ लाग्दै गर्दा केही खेलका अभ्यास सुरु हुने क्रममा थिए।

अहिले अवस्था जटिल छ। दैनिक आठ हजारभन्दा धेरै जनामा कोभिड १९ का बिरामी देखा पर्न थालेका छन्। मृत्यु हुनेको संख्या बढ्दो छ।

नेपाली खेलकुद पुसदेखि बिस्तारै चलमलाउन थालेको थियो। मंसिरमा नेपाली टिमले बंगलादेशमा खेलेको थियो। यस्तै राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएपछि खेलका गतिविधि बाक्लिन थालेका थिए। पुस, माघ, फागुन र चैत निकै वटा प्रतियोगिता भए। 

Metro Mart
worldlink

पुसमा महिला पीएम कप दाङमा आयोजना भयो। उपत्यकामा मात्र हुने यस्ता प्रतियोगिता मोफसलमा पुग्दा त्यसले छुट्टै रौनक ल्याएको थियो। पुरुषतर्फको पीएम कप भने काठमाडौंमा भयो।

नेपाली खेलकुद पुसदेखि बिस्तारै चलमलाउन थालेको थियो। मंसिरमा नेपाली टिमले बंगलादेशमा खेलेको थियो।

राष्ट्रिय खेल भलिबलले पनि टाइगर कप, मुख्यमन्त्री कप, पीएम कपदेखि भलिबल क्लब लिगसम्म सम्पन्न गर्‍यो। प्रतियोगिता बाक्लिन थालेपछि खेलाडीमा मात्र होइन समर्थकको मनमा पनि खेल फर्कन थालेको थियो। 

माघ र फागुनमा किक बक्सिङ, स्नुकर, हक्की, दौड, टेनिस, सुटिङलगायका विद्यालय र जिल्लास्तरका धेरै प्रतियोगिता भए।

माघमा महिला फुटबल लिग भएपछि महिला फुटबल खेलाडीले एक तहको एक्स्पोजर पाए थिए। प्रतियोगितामा एपीएफ विजेता भयो। सावित्रा भण्डारीचाहिँ घाइते भइन्।

आहा रारा कप संकटाले जित्यो। क्रिकेटमा पुरुषतर्फको पीएम कपमा आर्मी र मेयर्स कपमा पुलिस विजयी भए। त्रिवि क्रिकेट मैदानमा समर्थकको भीड बढ्न थालेको थियो।

तस्बिर : भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता खेलाडीहरू।

चैत १० गतेदेखि नेपालले बंगलादेश र किर्गिस्तानसँग अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो। यसमा नेपाल विजेता बन्यो। नेपालले घरेलु भूमिमा १९८४ पछि जितेको पहिलो उपाधि हो।  ११ वर्षपछि क्रिकेटले पनि घरेलु भूमिमा उपाधि जित्न सफल भयो। 

महामारीका कारण अबका दिनमा खेलकुद कसरी अघि बढ्ला त?  खेलकुद योजनाबारे यसो भन्छन् संघका अध्यक्षहरू :

कर्मा छिरिङ शेर्पा (अध्यक्ष अखिल नेपाल फुटबल संघ)

हामीले सरकार र सीसीएमसीबाट स्वीकृति लिई कोभिड–१९ मापदण्ड पूर्ण रुपमा पालना गर्दै नेपाल सुपर लिग (एनएसएल) सञ्चालन गरिरहेका छौं। अबको प्रतियोगिता भने कोभिड १९ कै कारण स्थगित गर्नुपर्ने भयो।

जेठमा गर्ने भनिएको ए डिभिजन फुटबल लिग स्थगित भएको छ। तयारी लगभग पूरा भए पनि प्रतियोगिता हुन सकेन।

महामारीले सबै तालिका बिगारिदियो। गत वर्षको क्यालेन्डर प्रभावित बनेपछि नयाँ बनाएका थियौं। राष्ट्रिय लिग, ए डिभिजन लिगदेखि राम्रा कार्यक्रम थिए। अब जहिले खेल खेल्न सकिन्छ त्यही समयमा नयाँ तालिका बनाउँछौं। अहिले केही भन्न सकिँदैन।

आईसीसीले पनि तालिका जारी गर्न सकेको छैन। बन्द प्रशिक्षणमा बोलाउने अवस्था पनि छैन। बर्खा लागेपछि प्रशिक्षक र एम्पायरको कोचिङ कोर्स सुरु गर्ने योजना छ।

सबैभन्दा ठूलो त विश्वकप छनोटको खेल हो। छनोट खेल जुनमा  छ। यसबारे १९ गते एएफसीसँग हुने बैठकले निर्णय लिनेछ। यद्यपि हामी रेफ्री र कोचका लागि अनलाइन तालिम सुरु गर्छौं। अनलाइन कार्यक्रम र सेमिनार गर्छौं। यत्तिकै चाहिँ बस्दैनौं।

अशोकनाथ प्याकुरेल (सचिव नेपाल क्रिकेट संघ)

कोभिड १९ को पहिलो लहर सुरु हुँदा महिला–पुरुष पीएम कपको छनोट रोकिएका थिए। लामो समयपछि सम्पन्न भयो। दोस्रो लहरको कोभिडका कारण यू १९ को राष्ट्रिय प्रतियोगिता रोकिएको छ।

उमेर समूहमा गर्नैपर्ने प्रतियोगिता थियो यो। यसबाट नेपाली क्रिकेटलाई झन् घाटा भयो। महिला अन्तराष्ट्रिय क्रिकेट पनि राकियो। महामारी शान्त हुनेबित्तिकै प्रतियोगिता गराउँछौं। अहिले त खेलभन्दा महामारीबाट आफू कसरी जोगिने भन्ने चिन्ता छ। अन्तर्राष्ट्रिय प्र्रतियोगिता पनि अन्योलमा छ। स्कटल्यान्डसँगको प्रतियोगिता स्थगित हुने अवस्थामा छ। 

आईसीसीले पनि तालिका जारी गर्न सकेको छैन। बन्द प्रशिक्षणमा बोलाउने अवस्था पनि छैन। बर्खा लागेपछि प्रशिक्षक र एम्पायरको कोचिङ कोर्स सुरु गर्ने योजना छ। सकेसम्म प्रदेशहरुमा भौतिक रुपमै नभए अनलाइन गराउने निर्णय लिनेछौं।

ईएसपीसी प्रतियोगिता थियो। त्यसमा सहभागिता जनाउने योजनामा थियौं। महामारीका कारण खेलाडीको बन्द प्रशिक्षण बोलाउने अवस्था छैन्। अन्तर्राष्ट्रिय हवाई उडान पनि ठप्प छ।

पछिल्लो दुई महिनामा हामीले धेरै प्रतियोगिता गरायौं। यसले केही फाइदा भएको थियो। तर महामारीका कारण फेरि सबै रोकियो।

राम अवाले (अध्यक्ष नेपाल बक्सिङ एसोसिएसन) 

ईएसपीसी प्रतियोगिता थियो। त्यसमा सहभागिता जनाउने योजनामा थियौं। महामारीका कारण खेलाडीको बन्द प्रशिक्षण बोलाउने अवस्था छैन्। अन्तर्राष्ट्रिय हवाई उडान पनि ठप्प छ।

अब विभागीय टिमका केही खेलाडीचाहिँ सकेको अवस्थामा अभ्यास गर्नेछन्। उनीहरुलाई विभागीय ड्युटी पूरा गर्ने दायित्व पनि छ।

घरेलुतर्फ प्रतियोगिता गराउने सम्बन्धमा विभिन्न संघसंस्थासँग समन्वय भएको थियो। अब महामारी शान्त भएपछि राष्ट्रिरय स्तरको एउटा प्रतियोगिता गर्ने सोचेका छौं।

निरोज मास्के (उपाध्यक्ष, नेपाल भलिबल संघ)

हामीले एसियन च्याम्पियनसिपका लागि महिला खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउने निधो गरेका थियौं। त्यअसघि नै निषेध आदेश  जारी भयो। संघले गर्नेबाहेकका सामान्य घरेलु प्रतियोगिता थिए। ती स्थगित भए। 

अब हामीले गर्ने एनभीए क्लब भलिबल च्याम्प्यिनसिप हो। त्यसको योजना पनि महामारीका कारण रोकिएको छ।

प्रकाशित: May 14, 2021| 01:08 शुक्रबार, वैशाख ३१, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।