शुक्रबार, वैशाख १९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी प्रदेशमा कृष्णचन्द्रको सत्तारोहण कि पृथ्वीसुब्बाको निरन्तरता?

गण्डकी प्रदेशमा कृष्णचन्द्रको सत्तारोहण कि पृथ्वीसुब्बाको निरन्तरता?

विपक्षी गठबन्धनले ३१ सांसदकाे हस्ताक्षर संकलन गरेर दाबी पेस गरे गण्डकी प्रदेशले कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका रूपमा पाउने छ भने त्यसाे हुन नसके पृथ्वीसुब्बा गुरूङ नै मुख्यमन्त्रीमा दोहोरिने छन्।
 |  मंगलबार, वैशाख २८, २०७८

विभु भुसाल

विभु भुसाल

मंगलबार, वैशाख २८, २०७८

विपक्षी गठबन्धनले ३१ सांसदकाे हस्ताक्षर संकलन गरेर दाबी पेस गरे गण्डकी प्रदेशले कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका रूपमा पाउने छ भने त्यसाे हुन नसके पृथ्वीसुब्बा गुरूङ नै मुख्यमन्त्रीमा दोहोरिने छन्।

पाेखरा - गण्डकी प्रदेशकी प्रमुख सीता पौडेलले नयाँ सरकार गठनको आह्वान गरेको म्याद आज सकिँदै छ। गत आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको राजीनामा स्वीकृत गर्दै तीन दिनभित्र नयाँ सरकार गठन गर्न पौडेलले आह्वान गरेकी थिइन्। 

प्रदेशसभामा नयाँ सरकार गठनका लागि आवश्यक पर्ने ३१ प्रदेशसभा सदस्यको हस्ताक्षर आवश्यक पर्छ। तर, अहिलेसम्म पनि प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेस भएको छैन। 

दाबी पेस भए आजै गण्डकी प्रदेशले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका रूपमा पाउने छ।

विपक्षी गठबन्धनले ३१ जनाको हस्ताक्षर संकलन गर्न नसकेमा संसदमा मौजुदा सबभन्दा ठूलो दलको हैसियतमा पृथ्वीसुब्बा गुरूङ्नै मुख्यमन्त्रीमा दोहोरिनेछन्।

Metro Mart
worldlink

विपक्षी दललाई आवश्यक पर्ने हस्ताक्षर जुटाउन किन गाह्रो परिरहेको छ त ? कारण– राष्ट्रिय जनमोर्चाले अझै स्पष्ट निर्णय गरेको छैन। 

गण्डकी प्रदेशमा जनमोर्चाले कांग्रेसलाई मुख्यमन्त्री मान्न आनकानी गरिरहेको छ। उसको आधार क्षेत्र मानिएको बागलुङमा नेपाली कांग्रेसले आफूहरूलाई पटकपटक दुःख दिएको, पेलेको र नेपाली कांग्रेसको पालाका केही मुद्दा अझै पनि रहेकाले कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री मान्न उसलाई सकस परिरहेको छ।

जनमोर्चा संसदीय दलका नेता कृष्ण थापा तथा अर्का सांसद खीमविक्रम शाहीले नेपालीलाई मुख्यमन्त्री मान्न आनकानी गरिरहेको पार्टी स्रोतले जनाएको छ। यही आनकानीका बीच प्रमुख सचेतक पियारी थापाले सोमबार ह्विप जारी गरेर गठबन्धनको पक्षमा हस्ताक्षर गर्न भनिसकेकी छन्। उनको ह्विपबारे दलका नेता कृष्ण थापाले अनभिज्ञता प्रकट गरेका छन्।

बागलुङको भू–राजनीतिक अवस्थाका कारण प्रदेशमा कांग्रेसप्रति सकारात्मक हुन नसकिएको जनमोर्चा बागलुङका कार्यकर्ताहरू पनि बताउँछन्। यही विवाद मिलाउन महामन्त्री मनोज भट्ट पोखरामा छन्। उनले लगातार बागलुङ पार्टी र गण्डकी प्रदेश पार्टीका साथै सांसदहरूसँग पनि वार्ता गरिरहेका छन्।

थापा र शाही भने भित्री आत्माले कांग्रेसलाई समर्थन गर्न नसकिने बताउँछन्। ‘पार्टीले त निर्देशन दियो, तर हाम्रो भित्री आत्माले भने मानिरहेको छैन,’ थापाले भनेका छन्। तर यसबारेमा भने खीमविक्रम शाही केही बोलेका छैनन्।

वैशाख १५ गते मुुख्यमन्त्रीविरूद्धको अविश्वासको प्रस्तावमा मतदान हुने दिन एकाएक बिरामी भएर अस्पताल भर्ना भएका शाही त्यहाँबाट डिस्चार्ज भएर होटल हुँदै आफ्नो निवासमा पुगिसकेका छन्। उनको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ।

नयाँ सरकार गठनको आज अन्तिम दिन पनि जनमोर्चाका नेताहरू अझै अन्यौलमै छन्। कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेकी प्रमुख सचेतक पियारी थापाले भनिन्, ‘पार्टी र संसदीय दलमा निर्णय भएको हो, ह्विप पनि जारी गरिएको छ, अब मान्नुहोला नि!’

पार्टीको गण्डकी प्रदेश संयोजक शंकर बरालले नेपाल समयसँग भने, ‘पार्टीको निर्णय हो उहाँहरूले मान्नुहुन्छ, नभए पार्टीले आवश्यक निर्णय लिन्छ।’

पार्टी महासचिव भट्टले पनि वर्तमान संविधान र कानुनले संसदीय दलले पार्टीको निर्देशन मान्नुपर्ने व्यवस्था गरेकाले पार्टी अलग र संसदीय दल अलग नहुने बताउँदै दलको पार्टीको निर्देशन अनुसार नै सांसदहरूले निर्णय गर्नुपर्ने जिकिर गरे।

विपक्षी गठबन्धनका नेताहरू प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेकै दिनदेखि २८ सांसदको हस्ताक्षरको फाइल लिएर जनमोर्चालाई प्रतीक्षा गरिरहेका छन्। नेकपा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र जनता समाजवादी पार्टी संसदीय दलका नेता हरिशरण आर्चाले आफूहरूले अब जनमोर्चाको मात्रै प्रतीक्षा गरिरहकेको बताएका छन्।

संसदीय गणितअनुसार गण्डकीमा अब एकल बहुमतको सरकार बन्ने सम्भावना छैन। सत्तारूढ एमालेको स्वतन्त्र सांसदसहित २८ मत प्रदेशमा छ। उता विपक्षी गठबन्धनको पनि जनमोर्चा बाहेक २८ मत नै छ। नयाँ सरकारका लागि र पुरानै सरकारको निरन्तरताको लागि दुवै पक्षले जनमोर्चाको आशा गरिरहेका छन्।

प्रकाशित: May 11, 2021| 05:16 मंगलबार, वैशाख २८, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।