बुधबार, वैशाख १७, २०८२

पर्सामा तीन कोरोना संक्रमितको मृत्यु

पर्सामा गएराति तीन जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
 |  शुक्रबार, वैशाख १७, २०७८

जियालाल साह

जियालाल साह

शुक्रबार, वैशाख १७, २०७८

पर्सा - पर्सामा गएराति तीन जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

वीरगंजस्थित नारायणी अस्पतालमा उपचारको क्रममा वीरगंज महानगरपालिका-३ की ४७ वर्षीया महिला, वडा नम्बर १६ नगवाकी ४८ वर्षीया महिला र बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २४ का ७७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोसन दासले जानकारी दिए।

वीरगंज महानगरपालिका वडा नम्बर ३ की महिलालाई १४ गते अस्पताल भर्ना गरिएको थियो। वडा नम्बर १६ नगवाकी महिला १२ गतेदेखि नै भार्ना भएर उपचाररत थिइन्। त्यस्तै जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २४ का ७७ वर्षीय पुरुष १० गते अस्पताल भर्ना भएका थिए।

तीनै जनाको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ।

योसहित पर्सामा गएको ५ दिनमा वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत १५ कोरोना संक्रमितको मृत्यु भइसकेको छ। दोस्रो लहरको कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिरहेको पर्सामा संक्रमणकै कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ। 

Metro Mart
worldlink

पर्सामा सोमबार तीन जना, मंगलबार ४ जना, बुधबार ४ जना, बिहीबार १ जना र गएराति ३ जना गरी १५ जना कोराना संक्रमितले ज्यान गुमाएका छन् । मृत्यु हुनेहरू सबै गम्भीर किसिमको निमोनियबाट ग्रसित रहेको नारायणी अस्पतालले जनाएको छ।

योसहित पर्सामा १९ जनाको मृत्यु भइसकेको छ भने, बारामा ५ जना, सर्लाहीमा २ जना, रौतहटमा एक जनाको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ।

प्रकाशित: Apr 30, 2021| 01:59 शुक्रबार, वैशाख १७, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।