बुधबार, वैशाख १७, २०८२

प्रदेश २ मा अभाव हुँदैन अक्सिजन

कोरोना महामारीको दोस्रो लहरसँगै अक्सिजन सिलिन्डर अभाव हुन सक्ने हल्ला चले पनि प्रदेश २ मा भने पर्याप्त अक्सिजन रहेकाे उत्पादक कम्पनीहरूले बताएका छन्।
 |  मंगलबार, वैशाख १४, २०७८

जियालाल साह

जियालाल साह

मंगलबार, वैशाख १४, २०७८

कोरोना महामारीको दोस्रो लहरसँगै अक्सिजन सिलिन्डर अभाव हुन सक्ने हल्ला चले पनि प्रदेश २ मा भने पर्याप्त अक्सिजन रहेकाे उत्पादक कम्पनीहरूले बताएका छन्।

पर्सा - कोरोना महामारीको दोस्रो लहरसँगै अक्सिजन अभाव हुन सक्ने हल्ला चलेको छ। भारतमै अक्सिजनको अभाव भएर बिरामीको मृत्यु भएको खबरले आममानिसहरू घरघरमा अक्सिजन सिलिन्डर राख्न थालेका छन्। 

तर, भारतसँग सीमा जोडिएको प्रदेश २ मा भने अक्सिजन अभाव नहुने उत्पादक कम्पनीहरू बताउँछन्।

प्रदेश २ मा रहेका नेसनल अक्सिजन, हिमाल अक्सिजन र मधु अक्सिजन उद्योगले दैनिक पर्याप्त आपूर्ति गरिरहेकाले यहाँ समस्या नहुने नेसनल अक्सिजन वीरगन्जका सञ्चालक डा. अबुलहैस अन्सारीले बताए। उनका अनुसार एउटा प्लान्टले दैनिक ४०० देखि ५०० सम्म अक्सिजन सिलिन्डर भर्न सक्छ। 

तीन सिफ्ट प्लान्ट चलाए दैनिक एक हजार ५०० सम्म सिलिन्डर भर्न सकिने अक्सिजन उत्पादक कम्पनीहरूको भनाइ छ ।

Metro Mart
worldlink

नेसनल अक्सिजनले केही दिन अघिमात्र वीरगन्ज महानगरपालिकालाई सहुलियत दरमा १५० थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको थियो।

प्रदेश २ को वीरगञ्जमा रहेका ५०० सय अक्सिजन सिलिण्डर भर्न सक्ने क्षमता भएको नेसनल अक्सिजन र हिमाल अक्सिजनले बारा, पर्सा, रौतहट, हेटौंडा, सर्लाही, राजविराज, महोत्तरी, धनुषा लगायतका जिल्लाहरूमा सिलिण्डर आपूर्ति गर्ने गरेको सञ्चालकहरू बताउँछन्। 

यसैगरी प्रदेश २ कै जनकपुरमा रहेको ३०० क्षमताको मधु अक्सिजनले धनुषा, सिरहा, सर्लाहीलगायत जिल्लाहरूमा अक्सिजन सिलिण्डर आपूर्ति गर्ने गर्दछ।

वीरगञ्ज र जनकपुरमा रहेको भए पनि यी उद्योगहरूले माग बमोजिम अन्य प्रदेशहरूमा समेत अक्सिजन सिलिन्डर पठाउने गरेको नेसनल अक्सिजनका सञ्चालक डा. अन्सारी बताउँछन्।

कोभिडको भयावह अवस्थाबाहेक सामान्य अवस्थामा प्रदेश २ मा बढीमा १० देखि १५ हजारसम्म मात्रै अक्सिजन खपत हुने गरेको चिकित्सकहरूको अनुमान छ।

हाल कोरोनाको दोस्रो लहरमा ५३ जना मात्रै बिरामीका लागि दैनिक ५० बढी अक्सिजन सिलिन्डर खपत हुने गरेको नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले बताए।

प्रकाशित: Apr 27, 2021| 02:33 मंगलबार, वैशाख १४, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।