पछिल्ला केही साता भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ।
देशभरका अस्पतालमा अक्सिजन तथा बेडको कमीका कारण संक्रमितको मृत्यु भइरहेको छ। अस्पतालमा बेड पाइहाले पनि बिरामीलाई त्यहाँसम्म लैजान एम्बुलेन्स पाउन उत्तिकै गाह्रो छ।
सबैभन्दा खराब हालत राजधानी नयाँ दिल्लीमा छ। स्वास्थ्यकर्मीहरु निकै दबाबमा काम गरिरहेका छन्।
श्मसान घाट र शवदाह गृहमा पनि हालत हृदयविदारक छ। शोकाकुल परिवारलाई आफ्ना प्रियजनको अन्त्येष्टिका लागि घण्टौं कुर्नुपर्ने बाध्यता छ।
घाट खाली नभएर खेत वा खुला ठाउँमा अन्त्येष्टि गरिएका तस्बिर सार्वजनिक भइरहेका छन्।