बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • ‘बाँकेमा अक्सिजन अभाव छैन, निजी अस्पतालमा बेड खोज्दै छौं’

‘बाँकेमा अक्सिजन अभाव छैन, निजी अस्पतालमा बेड खोज्दै छौं’

सरकारी अस्पताल संक्रमित बिरामीले भरिएका छन्। अब निजी अस्पताल र नर्सिङ होममा बेड खोज्दै छौं। आज बैठक पनि छ, हामी त्यसको व्यवस्थापन गर्छौं।
 |  सोमबार, वैशाख १३, २०७८

बीपी अनमोल

बीपी अनमोल

सोमबार, वैशाख १३, २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विशेषज्ञ डा‍. महेन्द्रप्रसाद श्रेष्ठसहितको टोली यति बेला बाँकेको नेपालगन्जमा छ। कोरोना महामारीको हटस्पट बनेको नेपालको पछिल्लो अवस्थाका विषयमा नेपाल समयले गरेको कुराकानी :

बाँकेको अवस्था कस्तो पाउनुभयो? 

कोरोना भाइरस संक्रमण दर बढिरहेको छ। भारतबाट आउने मुख्य प्रवेशद्वारा भएकाले पनि यहाँ समस्या भएको हो। सरकारी अस्पताल संक्रमित बिरामीले भरिएका छन्। अब निजी अस्पताल र नर्सिङ होममा बेड खोज्दै छौं। आज बैठक पनि छ, हामी त्यसको व्यवस्थापन गर्छौं।

बाँकेमा संक्रमण कसरी फैलिइरहेको रहेछ?

सीमा नाका भएकाले पनि यहाँका गाउँगाउँमा संक्रमण फैलिरहेको छ। पहिलेको तुलनामा तीव्र गतिमा संक्रमणदर बढिरहेको छ।  खासगरी स्वस्थ युवा पनि बढी संक्रमित छन्। पहिले संक्रमण भए पनि अस्पताल जाने दर कम थियो तर अहिले धेरैलाई अक्सिजन दिनुपर्ने र तुरुन्तै अस्पताल लैजानुपर्ने अवस्था छ। 

Metro Mart
worldlink

त्यसको व्यवस्थापन कसरी भइरहेको रहेछ?

यहाँ अक्सिजनको खासै समस्या छैन। यहाँबाट अन्यत्र सप्लाई पनि हुने भएकाले अक्सिजनको समस्या हुने देखिन्न।  यहाँ एउटा कम्पनी रहेछ, जसले दैनिक ७०० देखि ८०० सिलिन्डर उत्पादन गर्दो रहेछ। बेडको भने समस्या छ। निजीमा बेड खाली छन्। मेडिकल कलेजले पनि २५० बेड उपलब्ध गराउने कुरा छ।  साथै जनशक्तिको अभाव छ, त्यसको पूर्ति गर्ने काम भइरहेको छ। 

बाँकेमा चेनब्रेक गर्न के गर्नुपर्छ?

संसारभरि अपनाउने उपाय उही हो। अनावश्यक हिँडडुल नगर्ने, भीडभाड नगर्ने, भौतिक दूरी कायम गर्ने र स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्ने। अन्य कुनै उपाय छैन।  

समयमै सजगता अपनाइएन भने अन्य जिल्लामा पनि बाँकेकै जस्तै अवस्था सिर्जना हुने देखिन्छ, तपाईंलाई के लाग्छ?

पक्कै पनि त्यस्तो अवस्था सिर्जना हुने देखिन्छ। काठमाडौंमा अस्पताल भरिएका छन्।  अब संक्रमण शून्यमा लैजान सक्ने अवस्था छैन। तर, अस्पतालको व्यवस्थापन गर्न सक्यौं भने धेरैको ज्यान बाँच्न सक्छ। सामान्य अक्सिजन नपाएर ज्यान गयो भने ठूलो विडम्बनापूर्ण हुन्छ, अमानवीय हुन्छ।  दाङ, बुटवललगायतमा क्षेत्रमा पनि सरकारी अस्पताल भरिएका छन्। 

अझ यो त प्रारम्भिक हो, हामी सुरुकै अवस्थामा छौं। यो उच्च दरको होइन, अब झन् दिनप्रतिदिन संक्रमण बढ्दै छ। यसका लागि समयमै सबैले सजगता अपनाउनुको विकल्प छैन।

प्रकाशित: Apr 26, 2021| 04:49 सोमबार, वैशाख १३, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।