बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रीले नेपाल भारत नाकामा आवतजावत गर्नेकाे लर्काे देखेपछि...

मन्त्रीले नेपाल भारत नाकामा आवतजावत गर्नेकाे लर्काे देखेपछि...

त्यसले उनलाई चोरबाटो प्रयोग भइरहेको शंका लाग्यो। र, उनी सीमावर्ती क्षेत्रको टिकुलिया तथा दरैयावस्ती पुगिन्। त्यहाँ नेपाल–भारत प्रवेश गर्नेहरूको लर्को थियो। चोरबाटोबाट नेपाल आउनेहरूको लर्को देखेर उनी दंग परिन्।
 |  शनिबार, वैशाख ११, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शनिबार, वैशाख ११, २०७८

विराटनगर – सीमावर्ती क्षेत्रबाट नेपाल–भारत आवतजावतमा नियन्त्रण हुन नसक्दा कोरोना संक्रमण फैलिएको गुनासो बढेपछि प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राई शुक्रबार अपराह्न सीमावर्ती क्षेत्र पुगेकी थिइन्। उनी मुख्य नाका रानीमा पुग्दा नेपाल प्रवेश गरेका ८ जनाको रेकर्ड थियो।

त्यसपछि उनलाई चोरबाटो प्रयोग भइरहेको शंका लाग्यो। अनि उनी सीमावर्ती क्षेत्रको टिकुलिया तथा दरैयावस्ती पुगिन्।त्यहाँ नेपाल–भारत प्रवेश गर्नेहरूको लर्को नै थियो। चोरबाटोबाट नेपाल आउनेहरूको लर्को देखेर उनी आश्चर्यमा परिन्।

त्यसलगत्तै उनले सशस्त्र प्रहरी मोरंगका एसपी तीर्थ पौडेललाई चोरबाटोको आवागमनमा कडाइ गर्न निर्देशन दिइन्। सीमावर्ती क्षेत्रमा मन्त्री पुग्दा भारतबाट नेपाल आउने र जानेलाई छेक्न प्रहरीलाई नै हम्मे-हम्मे परेको थियो। 

मन्त्री राईले सो दृश्य देखेपछि सीमाक्षेत्र व्यवस्थित नभएको सुरक्षाकर्मीसँग गुनासो गरिन्। सीमा क्षेत्रमा कडाइ नहुँदा भारतबाट दैनिक सयौंको संख्यामा  अवैध बाटोबाट नेपाल प्रवेश गरिरहेका छन्। जसले गर्दा कोरोनाको जोखिम तीव्र बढेको छ।

मन्त्री राईले सीमाक्षेत्रमा कडाइ गरी मुख्यनाकाबाट आवात–जावतको प्रबन्ध गर्न एसपी पौडेललाई निर्देशन दिइसकेकी छन्। एकै स्थानबाट आवातजावत भए स्वास्थ्य परीक्षण हुने र रेकर्ड रहने हुँदा कन्ट्याक ट्रेसिङ गर्न सजिलो हुने मन्त्री राईकाे भनाइ छ।

Metro Mart
worldlink

उनले भारतबाट नेपाल प्रवेश गर्नेहरूलाई होल्डिङ सेन्टरमा राखेर मात्र घर पठाउन निर्देशन दिएकी छन्। उनले भनिन्, ‘चाँडै १ हजार क्षमताको होल्डिङ सेन्टर तयार गर्नेबारे काम भइरहेको छ।’ होल्डिङ सेन्टर आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको कार्यक्षेत्र भएकाले आन्तरिक मामिला मन्त्रीसँग यसबारे छलफल भइरहेको मन्त्री राईले बताइन्। 

सशस्त्र प्रहरीका एसपी पौडेलले सीमा क्षेत्रमा पहिलेको तुलनामा कडाइ गरिएको बताएका थिए। पहिलेको तुलनामा झोलेपोकेहरूलाई नियन्त्रण गरिएको उनले बताए। खुल्ला सिमानाका कारण नियन्त्रणमा चुनौति रहेको पनि एसपी पौडेलले बताए। 

भारतबाट प्रवेश गर्नेहरूलाई नियन्त्रण गर्न नसक्दा विराटनगर कोरोनाको हटस्पट बन्ने देखिएको भन्दै स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन्। सरकारले गत वर्षको तुलनामा अहिले केही पनि नगरेको समुदाय चिकित्सक तथा विराट मेडिकल कलेजका सहप्राध्यापक डा. सूर्य पराजुली बताए। 

'पहिलो पटक संरचना थिएन, कसरी कोरोना नियन्त्रण गर्ने भन्ने थाहा नहुँदा पनि सरकारले धेरै काम गरेको थियो। अहिले केही गर्न सकेको छैन', उनले भने। संक्रमितको सम्पर्कमा आएकाहरूको परीक्षणमा सरकारको ध्यान पुग्न नसक्दा संक्रमण तीव्र बढ्ने देखिएको डा. पराजुलीले बताए।

सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि योजनावद्ध काम गर्न नसकेको भन्दै विराटनगरका मानव अधिकारकर्मीहरूले पनि गुनासो गरेका छन्। सीमावर्ती क्षेत्रमा सरकारले नियन्त्रण गर्न नसक्दा संक्रमण फैलने देखिएको उनीहरूले बताएका छन्। 

शुक्रबार साँझ विराटनगरमा अधिकारकर्मीहरूको बैठकमा मञ्जिता उपाध्यायले संक्रमितलाई अस्पतालले भर्ना गर्न नमान्दा ज्यान जाने अवस्था एको भन्दै चिन्ता व्यक्त गरिन्। उनले सरोकारवाला निकायलाई आइतबार ध्यानाकर्षण गराउने बताइन्। कोरोनाको दोस्राे लहरमा सरकारले अपेक्षित रुपमा काम गर्न नसकेको उनले गुनासो गरिन्।

प्रकाशित: Apr 24, 2021| 04:02 शनिबार, वैशाख ११, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।