बुधबार, वैशाख १७, २०८२

प्रदेश २ को नाममा एमाले अझै अनिर्णीत

प्रदेश २ को नामकरणका नेकपा एमाले अझै अनिर्णीत छ।  एमाले ओली समूहका नेता सत्यनारायण मण्डलले प्रदेशको नामबारे अझै टुंगो लागिनसकेको बताए।  
 |  मंगलबार, वैशाख ७, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

मंगलबार, वैशाख ७, २०७८

जनकपुरधाम– प्रदेश २ को नाम के राख्ने भन्ने विषयमा  नेकपा एमाले अझै अनिर्णीत छ।  एमाले ओली समूहका नेता सत्यनारायण मण्डलले प्रदेशको नामबारे अझै टुंगो लागिनसकेको बताए।  

स्थायी राजधानी भने जनकपुरधाम कायम गर्नुपर्ने पक्षमा एमाले छ।  मण्डलले भने, ‘पार्टीभित्र बढेको अराजकताका कारण यस विषयमा निर्णय लिन कठिन भइरहेको छ।’

एमालेले बुधबार बैठक बसेर निर्णय लिने उनले बताए।  एमाले माधव नेपाल समूहका नेता शत्रुधन महतोले प्रदेशको तीनवटा नाममा छलफल चलिरहेको बताए।

उनका अनुसार जानकी, जनक र मिथिला–भोजपुरा–मधेसमध्ये कुनै एक नाम दर्ता गराउने तयारी छ। स्थायी राजधानी भने जनकपुरधाम नै दर्ता गराइनेछ। महतोले भने, ‘यसअघि हामीले ‘जानकी’ नाम दर्ता नै गराएका थियौं तर यस पटक जनक वा मिथिला–भोजपुरा–मधेसमाथिसमेत छलफल चलिरहेको छ।’कांग्रेसले भने मिथिला भोजपुरा प्रस्ताव गर्ने भएको छ। 

दलको बैठक बुधबार बसेर प्रस्ताव दर्ता गराउने तयारी रहेको कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले जानकारी दिए। उनले  बैठकबाट पारित हुनेबित्तिकै प्रस्ताव दर्ता गराउने बताए।  

Metro Mart
worldlink

उनले भने, ‘हाम्रो अडान कायमै छ, प्रदेशको नाम ‘मिथिला भोजपुरा’ र प्रदेशको स्थायी राजधानी जनकपुरधाम नै प्रतावमा दर्ता गराउने तयारी छ।’

एमाले र कांग्रेसले अलग अलग प्रस्ताव दर्ता गराउने तयारी गरेका छन्। प्रदेशसभा सचिवालयले दिएको समयसीमाभित्रै प्रस्ताव दर्ता गराउन दुवै दल आन्तरिक छलफलमा जुटेका छन्। 

यसअघि गत ५ गते प्रदेशको नाम र स्थायी राजधानीका लागि सत्तारुढ जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले प्रस्ताव दर्ता गराएका थिए। दुवै दलले प्रदेशको नाम ‘मधेस’ प्रदेश प्रस्ताव दर्ता गराएका थिए। 

स्थायी राजधानीमा सत्तारुढ जसपाले जनकपुरधामसहित उत्तरतर्फ पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल–भारत सीमा र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा मार्गभित्रको क्षेत्रलाई प्रस्ताव दर्ता गराएको थियो। 
माओवादी केन्द्रले जनकपुरधामको अन्तगृह परिक्रमा क्षेत्रलाई राजधानीका रुपमा प्रस्ताव गरेको थियो। 

प्रदेशसभामा १ सय ७ जना सांसद रहेकोमा चार जना कारबाहीमा परेका छन्। सत्तारुढ दल जसपासँग ५६ जना प्रदेशसभा सदस्य छन्। त्यस्तै एमालेसँग २१, कांग्रेससँग १९ र माओवादी केन्द्रसँग सात जना प्रदेशसभा सदस्य छन्।

प्रदेशको स्थायी राजधानी र नामका लागि दुई तिहाइ बहुमत आवश्यक रहेकोमा कुनै पार्टीसँग बहुमत छैन।

प्रकाशित: Apr 20, 2021| 12:18 मंगलबार, वैशाख ७, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।