मंगलबार, वैशाख १६, २०८२

झण्डै १२ हजार स्थानमा दूरसञ्चार प्राधिकरणको इन्टरनेट

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार कोषको प्रयोग गरी करिब १२ हजार स्थानमा इन्टरनेट जडान सम्पन्न गरेको छ।
 |  आइतबार, चैत १५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १५, २०७७

काडमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार कोषको प्रयोग गरी करिब १२ हजार स्थानमा इन्टरनेट जडान सम्पन्न गरेको छ।

प्राधिकरणले गत फागुन मसान्तसम्म विभिन्न स्थानीय तह, माध्यमिक विद्यालय, वडा कार्यालय, स्वास्थ संस्था गरी ११ हजार ९६९ स्थानमा इन्टरनेट जडान सम्पन्न गरेको हो।

प्राधिकरणका अनुसार फागुनमसान्तसम्म ५५० स्थानीय तहका कार्यालयमा, ४ हजार ४७४ वडा कार्यालयमा, ३ हजार ७९२ माध्यमिक विद्यालय र ३ हजार १५३ स्थास्थ्य संस्थाहरुमा इन्टरनेट जडान सम्पन्न भएको छ।

प्राधिकरणले १८ प्याकेजमा काम गरी मुलुकभरि इन्टरनेट जडान गर्न ७०२ स्थानीय तहसँग सम्झौता गरेको थियो।

त्यस्तै ५ हजार ९३३ वडा कार्यालय, ५ हजार २२५ माध्यमिक विद्यालय र ४ हजार १२२ स्वास्थ संस्थासँग गरी कुल १५ हजार ९८२ स्थानमा इनटरनेट जडान गर्न सम्झौता गरेको थियो। सो अनुसार अझै ४ हजार १३ स्थानमा इन्टरनेट जडान भने बाँकी रहेको छ।

Metro Mart
worldlink

सरकारले यसअघि २०७२/०७३ देखि नै मुलुकभर ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्‍याउने घोषणा गरेको थियो। सो अनुसार १८ प्याकेजमध्ये १३ वटा प्याकजेमार्फत् ५० जिल्लामा सय प्रतिशत काम सम्पन्न भएको प्राधिकरणले जानकारी दिएको छ।

त्यस्तै २ वटा प्याकेज अन्तर्गत १० जिल्लामा ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ।

त्यस्तै ३ वटा प्याकेजहरु मार्फत् १४ जिल्लाहरुमा नेटवर्क तथा कनेक्टिभिटी जडानको लागि सेवा प्रदायकहरु छनोट कार्य भइरहेको प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले जानकारी दिए।

प्रकाशित: Mar 28, 2021| 09:08 आइतबार, चैत १५, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...