मंगलबार, जेठ ७, २०८२

'परदेशमै मरिएला कि भन्ने डर खोप लगाएपछि हट्यो'

कोरोना सुरु भएपछि मलाई लाग्थ्यो– कतै परदेशमै मरिने पो को कि ! तर, अहिले मलाई त्यो डर छैन। युएई सरकारले मेरो त्यो डरलाई दूर गरिदिएको छ।
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

रोजगारीको सिलसिलामा १४ वर्षअघि म युएई आएको हुँ। अहिले अबुधाबीस्थित अलमिर ट्रेडिङ नामक कम्पनीमा कार्यरत छु।

परदेशमा बिताएका १४ वर्षमा विभिन्न तितामिठा अनुभव संगालेको छु। तर, सन् २०१९ को अन्त्यमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणको अनुभव अविस्मरणीय रहनेछ। 

यसले नित्म्याएको मानसिक र भौतिक समस्याको वर्णन गरिसाध्य छैन। कोरोना अनुभव मेरो मात्र होइन, विश्वभरका मानिसहरुले गरेका छन्। फरक यत्ति हो, सबैका अनुभव आ–आफ्नै किसिमका होलान्।  

म अहिले कोरोना भाइरसले पारेको प्रभावको विषयमा चर्चा गर्न गइरहेको छैन। कोरोना सुरु भए यताका पीडाभन्दा एक वर्षपछि खोप लगाएपछिको खुसी साट्न खोजेको छु।  

कोरोना सुरु भएपछि मलाई लाग्थ्यो– कतै परदेशमै मरिने पो को कि ! तर, अहिले मलाई त्यो डर छैन। युएई सरकारले मेरो त्यो डरलाई दूर गरिदिएको छ। मैले खोप लगाएको छु। जनवरी ७ मा मैले बेइजिङ इन्स्टिट्युट अफ बायोलोजिकल प्रोडक्टले उत्पादन गरेको सिनोफार्म खोपको पहिलो डोज लगाएको छु।  

तिलक बस्‍नेत

३१ हजार मानिसमा ट्रायल गरिएको र ८६ प्रतिशत प्रभावकारी भनिएको सिनोफार्म कोभिड खोप युएई सरकारले निःशुल्क वितरण गरिरहेको छ। यो खोप लगाएपछि मभित्रको डर कम भएको छ। पहिलो डोज लगाएको २१ दिनपछि (जनवरी २८) मा म दोस्रो डोज लगाउनेछु। यहाँ रहेका धेरै नेपालीले यो खोप लगाइसकेका छन्।

पहिलो डोज लगाएको दिन खोप लगाएको ठाँउमा हल्का दुख्यो। तर, दुखाइ विस्तारै कम हुँदै गयो। अन्य कुनै साइड इफेक्ट देखिएको छैन। खोप लगाउँदा नै भनिएको थियो– साइड इफेक्ट देखियो भने सम्पर्क गर्नु, निःशुल्क उपचार गरिनेछ। यसले पनि खोप लगाएपछि हुने आशंका निवारण गर्न सहयोग गर्‍यो। 

युएई सरकारले कोरोना खोप दिन अस्पतालहरु तय गरेको छ। कुनै ठाउँमा क्याम्प खडा गरिएको छ। खोप निःशुल्क र सबैका लागि अनिवार्य गरिएको छ। सुपरमार्केटमा काम गर्नेहरुले खोप नलगाई काम गर्ने अनुमति पाउँदैनन्। 

खोप लिन इमेरेट्स कार्ड (युएईको परिचयपत्र) हुनपर्छ। भिजिट भिसाबाहक बाहेकका सबैसँग यो परिचयपत्र हुन्छ। पासपोर्टका आधारमा समेत खोप लगाउन पाइने व्यवस्था गरिएको छ। सबै देशका नागरिकलाई समान व्यवहार गरेर खोप वितरण गरिएको छ। हामीले खोप लगाउँदा केही घण्टा लाइनमा बस्नुपरेको थियो। तर, अहिले भने भीड बढी हुन थालेपछि अपोइन्टमेन्ट लिनुपर्ने व्यवस्था लागू गरिएको छ। 

खोपको पहिलो डोज लगाएपछि मास्क लगाउने, स्यानिटाइज गर्ने काम जारी नै राखेका छौं। दोस्रो डोज नलगाउन्जेल सावधानी अपनाउनै पर्‍यो। दोस्रो डोज लगाएपछि पनि मास्क लगाउन छोड्न हुँदैन भन्ने लाग्छ। म कार्यरत कम्पनीले प्रत्येक महिना निःशुल्क पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएको थियो। अब पीसीआर गरिरहनुपर्ने झन्झटसमेत अन्त्य भएको छ।  

युएईको क्यापिटल सिटी अबुधबीबाट अर्को सिटीमा जान आउन प्रतिबन्ध लगाइएको थियो। जानैपरे पीसीआर अनिवार्य गरिएको थियो। तर, अब भने यो झन्झट पनि हट्ने अनुमान गरिएको छ। युएईका सबै सिटीमा अहिले भ्याक्सिनेसन जारी छ। दुबई सिटीमा भने फाइजरको खोप वितरण भइरहेको छ।

नोभेम्बरबाट नै युएईमा खोप परीक्षण भइरहेका थिए। परीक्षण सफल भएपछि डिसेम्बरको अन्त्यबाट खोप प्रयोगमा आएको छ। दोस्रो डोज लगाइसकेपछि एकपटक पीसीआर गर्नुपर्ने हल्ला सुनेको छु। तर, आधिकारिक रुपमा केही बताइएको छैन।

अहिले हामीले लगाएको खाेपले एक वर्ष काम गर्ने भनेर अपुष्ट हल्ला चलाइएको छ। तर, आधिकारिक रुपमा सरकारले केही भनेको छैन।

युएईमा अहिले कोरोनाको नयाँ प्रकार आएको अनुमान गरिएको छ। संक्रमण दर बढेको छ। तर, खोप कार्यक्रमसमेत जारी रहेकाले डराउनुपर्ने अवस्था देखिएको छैन। युएई सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने खाेप यहाँ बस्ने सबै नेपालीले लगाइरहेका छन् र लगाउलान्। यसले डरका बीच बाँच्नुपर्ने बाध्यता अन्त्य गर्छ।  

परदेशमा डरका बीच बितिरहेको जीवन खोप लगाएपछि सहज भएको अनुभव भएको छ। अब नेपालमा पनि खोप चाँडै वितरण होस्। यो महामारीबाट सबै सुरक्षित रहुन्। आफ्नै नागरिकझैं व्यवहार गरेर निःशुल्क खोप वितरण गरिरहेको युएई सरकारलाई मनैदेखि धन्यवाद! 

(स्थायी घर भोजपुर भएका बस्नेत वैदेशिक रोजगारीका लागि युएईमा बस्दै आएका छन्)

प्रकाशित: Jan 17, 2021| 10:21 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...