बुधबार, वैशाख १७, २०८२

प्रदेश २ नेकपामा दाहाल–नेपाल पक्ष बलियो

कुल ३२ सिट रहेको नेकपा प्रदेशसभामा दाहाल–नेपाल पक्षमा १९ जना र ओली पक्षमा १३ जना प्रदेशसभा सदस्य छन्।
 |  मंगलबार, पुस ७, २०७७

जयन्त ठाकुर

जयन्त ठाकुर

मंगलबार, पुस ७, २०७७

जनकपुरधाम– प्रतिनिधिसभा विघटनपछि नेकपा प्रदेश २ को प्रदेशसभा सदस्य दुई खेमामा देखिएका छन्। 

यसरी विभाजित हुँदा अध्यक्ष पुष्पकमल दाहाल–वरिष्ठ नेता नेपाल पक्ष बलियो देखिएको छ। 

तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित ११ प्रदेशसभा सदस्य अध्यक्ष दाहालकै पक्षमा छन्। उति बेला एमालेबाट विजयी आठ जना प्रदेशसभामा सदस्य पनि दाहाल–नेपाल पक्षमा उभिएका छन्।

यसरी कुल ३२ सिट रहेको नेकपा प्रदेशसभामा दाहाल–नेपाल पक्षमा  १९ जना छन्।    

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा  भने १३ जना प्रदेशसभा सदस्य छन्।

Metro Mart
worldlink

प्रदेशसभामा प्रतिनिधित्व गर्ने ओली पक्षधर प्रदेशसभा सदस्यहरू प्रतिनिधिसभा विघटनका पक्षमा उभिएका छन्। 

नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दहाल र वरिष्ठ नेता माधव नेपाल पक्षधर प्रदेशसभा सदस्यहरु प्रधानमन्त्री ओलीको कदमलाई कडा प्रतिवाद गरिरहेका छन्। 

नेकपा प्रदेश २ को संसदीय दलका नेता सत्यनारायण मण्डल ओलीका विश्वास पात्रमध्ये एक हुन्। 

उनले प्रतिनिधिसभा भंग गर्ने ओली र राष्ट्रपतिको कदम एकदम सही र संविधानको दायराभित्रै रहेर गरिएको दावी गरे। 
यद्यपि उनले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमले नेकपालाई के घाटा हुने विषयमा प्रतिक्रिया दिन चाहेनन्।

नेकपा प्रदेश २ का प्रदेशसभा सदस्य दिलीप साहले प्रतिनिधिसभा विघटन गरेर जनतालाई धोखा दिएको भन्दै आक्रोश व्यक्त गरे। 

नेकपाका अर्का प्रदेशसभा सदस्य प्रमोदकुमार यादवले प्रधानमन्त्री ओलीको यो कदम निरंकुशताको पराकाष्ठा भएकोे बताए। उनले ओलीले लोकतन्त्र, संघीयता, गणतन्त्र र जनताको बलिदानीको अपमान गरेको आरोप लगाए। 

प्रदेशमा निर्वाचन हुँदा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र गठबन्धन गरेर चुनाव लडेको थियो।  चुनावमा तत्कालीन एमालेले प्रत्यक्ष र समानुपातिक गरी प्रदेशसभामा २१ सिट जितेको थियो भने तत्कलीन माओवादी केन्द्र ११ सिटमा विजयी भएको थियो। 

दाहाल–नेपाल पक्षका प्रदेशसभा सदस्य 

अशोककुमार यादव
गोविन्दबहादुर न्यौपाने
मञ्जुकुमारी यादव
शत्रुधन महतो
शारदादेवी थापा
सीता गुरुङ
हसिमा खातुन
प्रमोदकुमार यादव
कुन्दनप्रसाद कुशवाहा
दिल्लीप्रसाद उप्रेती
दिलीपकुमार साह
प्रमिलाकुमारी यादव
फुलियादेवी सदाय
भरतप्रसाद साह
महम्मद समिर
रामकुमार यादव
रामचन्द्र मण्डल
रुबीकुमारी कर्ण
ज्वालाकुमारी साह

ओली पक्षका प्रदेशसभा सदस्य

सत्यनारायण मण्डल
सुन्दरबहादुर विश्वकर्मा
अनिताकुमारी यादव
किशोरीसाह कमल
जगतारैन देवी सुडिन
नागेन्द्र राय यादव
मनोजकुमार सिंह
रवीन्द्र बैठा धोवी
लगनलाल चौधरी
मेची लुंगेली
त्रिलोकी प्रसाद
दिल्लीप्रसाद उप्रेती
मदनसेन प्रताप श्रीवास्तव
 

प्रकाशित: Dec 22, 2020| 06:24 मंगलबार, पुस ७, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।