काठमाडौं– चिनी मिलहरुले उखुको भुक्तानी नदिएपछि सरकार गुहार्न काठमाडौं आएका किसानहरुले आज शुक्रबार पनि प्रदर्शन गरेका छन्।
उनीहरूले गत वर्ष पनि यसै समयमा माइतीघर मण्डलामा भेला भएर उखुको पैसा मागेका थिए। सरकारले तोकेको समयसीमा एक वर्ष नाघिसक्दा पनि उखु किसानले अहिलेसम्म पैसा पाएका छैनन्। गत वर्ष भएको सम्झौता कार्यान्वयन गर्न किसानहरुले सरकारसँग माग गरेका छन्।
उखुको भुक्तानी समयमै दिनुपर्ने र मिल सञ्चालन हुनुपर्ने आन्दोलनको मुख्य माग छ। श्रीराम, अन्नपूर्ण र इन्दिरा मिलले सबभन्दा धेरै पैसा दिन बाँकी छ।
सबै तस्बिर दिनेश श्रेष्ठ