बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • मानवअधिकार उल्लंघनका घटना बढ्नुकाे मुख्य कारण- पीडकलाई उन्मुक्ति

मानवअधिकार उल्लंघनका घटना बढ्नुकाे मुख्य कारण- पीडकलाई उन्मुक्ति

पर्सामा मानवअधिकार उल्लंघनका घटनाहरूमा कमी आउन सकेकाे छैन। 
 |  शुक्रबार, मंसिर २६, २०७७

जियालाल साह

जियालाल साह

शुक्रबार, मंसिर २६, २०७७

पर्सा- पर्सामा मानवअधिकार उल्लंघनका घटनाहरूमा कमी आउन सकेकाे छैन। 

पछिल्लो एक वर्षमा २५३ वटा मानवअधिकार उल्लंघनका घटना भएको शान्तिका लागि साझा अभियान (कोक्याप)ले जनाएको छ। 

शुक्रबार वीरगंजमा आयोजित जिल्लामा मानव अधिकारको अवस्था विश्लेषण र सूचनामा पहुँच विषयक कार्यशाला गोष्ठीमा २०१९ डिसम्बर ३१ यताको तथ्यांक सार्वजनिक गरिएको थियो। 

यस वर्ष जिल्लामा खासगरी स्वास्थ्य समस्या तथा क्रुर बोक्सी जस्ता आरोपका घटनाहरू भएको कोक्यापले जनाएको छ।

अहिले पनि समाजमा महिला हिंसा, बलात्कारजस्ता जघन्य अपराधहरू लुकाउने गरेको कारण मानव अधिकार उल्लंघनका घटनामा कमी आउन नसकेको मानवअधिकारकर्मी तथा प्राध्यापक डा. हरेराम ठाकुरले बताए। 

Metro Mart
worldlink

पर्सामा केही महिनाअघि मात्रै एक एकल महिलालाई कपाल मुण्डन गरी पेटिकोटमै गाउँभरि घुमाइएको थियो। 

त्यस्तै एकल महिला भएकै कारण छिमेकीहरूले दुर्व्यवहार गर्ने जस्ता घटनाहरू दोहरिरहेका छन्। ती घटनाहरूका मुख्य दोषीलाई कारबाहीको दायरामा नल्याएकै कारण मानवअधिकार उल्लंंघनका घटनाहरू बढेको अधिकारकर्मी ठाकुरको भनाइ छ। 

वीरगंज महानगपालिकाकी उपमेयर शान्ति कार्कीले समाजमा पहुँच भएका व्यक्तिहरूबाट नै बढीजसो मानवअधिकार उल्लंघनका घटनाहरू हुने गरेको बताइन्। त्यस्ता व्यक्तिलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ। 

‘मानवअधिकार उल्लंघनका घटनाहरू बेलाबखत सञ्चारमाध्यममा आउने गर्छन्,’ उनले भनिन्, ‘तर, त्यो घटनामा पीडितले न्याय पाए कि पाएनन् भन्नेबारे खासै चासो नराख्दा पनि प्रहरी प्रशासनकै संरक्षणमा पीडकहरू उम्किरहेको पाइ्न्छ।’

तराईंमा महिला हिंसा हुनुमा महिला नै दोषी रहेको उनको भनाइ छ। ‘गर्भमा छोरी भए गर्भावस्थामा नै भ्रूण हत्या गरिन्छ,’ उपमेयर कार्की भन्छिन्, ‘महिलाको पनि सहमति हुने त्यस्ता हिंसाका घटनामा महिला पनि उत्तिकै दोषी हुन्।’ 

प्रकाशित: Dec 11, 2020| 14:54 शुक्रबार, मंसिर २६, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।