बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • हुलाकी राजमार्गको काम २ वर्षभित्र सम्पन्न गर्न प्रदेश १ का मन्त्रीको निर्देशन

हुलाकी राजमार्गको काम २ वर्षभित्र सम्पन्न गर्न प्रदेश १ का मन्त्रीको निर्देशन

मन्त्री घिमिरेले आगामी २ वर्षभित्रमा राजमार्ग सञ्चालन गर्नेगरी काम गर्न आयोजना प्रमुखलाई निर्देशन दिए।
 |  सोमबार, मंसिर २२, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, मंसिर २२, २०७७

विराटनगर- सप्तरीदेखि झापाको भद्रपुरसम्मको हुलाकी राजमार्ग निर्माण शुरु भएको झण्डै डेढ दशक  वितिसक्यो। तराईका जिल्लाहरु जोड्ने ‘लाइफ लाइन’का रुपमा हेरिएको हुलाकी मार्ग निर्माण कार्य सुस्त हुँदा अझै सञ्चालनमा आउन सकेको छैन।

२०६२–०६३ सालबाट हुलाकी राजमार्ग निर्माणको कामले गति पाएको थियो। पूर्व–पश्चिम राजमार्गको समानान्तर हुँदै करिब २० देखि ३० किमि दक्षिणतर्फ भएर फैलिएको हुलाकी राजमार्ग कहिले सञ्चालन होला भन्ने चासो सबैलाई छ। आयाेजनाले भने आगामी २ वर्षभित्रमा राजमार्ग सञ्चालनमा आउने दाबी गरेको छ।

३४३ किलोमिटर हुलाकी राजमार्गको करिब ४८ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ। आयोजना प्रमुख दीपेन्द्र पाण्डेले करिब ४८ प्रतिशत काम सम्पन्न भएको बताए। युद्धस्तरमा काम भइरहेको उनको भनाइ छ। 

चालु आर्थिक वर्षमा पुलहरुको काम सम्पन्न गर्ने र २ वर्षभित्रमा सडकको काम सम्पन्न गरिने पाण्डेको भनाइ छ। झापाका ८ वटा पुल तथा मोरङको रतुवामाईमा रहेको पुलका लागि टेण्डरको काम भइसकेको उनले बताए।

पाण्डेका अनुसार रतुवामाईको पुल थप गर्नुपर्ने र कमल गाउँपालिकाको पुल डिजाइन अनुसार नभएकाले भत्काउनुपर्ने छ। पुलको काम सकिएपछि राजमार्गको करिब काम सकिने उनले बताए।

Metro Mart
worldlink

३४३ किलोमिटर सडक खण्डमध्ये रंगेली र विराटनगरमा सडकमा केही समस्या रहेको आयोजनाले बताएको छ। रंगेलीको केही स्थानमा निर्माणको डिजाइनअनुसार नभएको र विराटनगरमा राजमार्गलाई कताबाट जोड्ने भन्ने अन्यौल छ।  

विराटनगरमा ६ किलोमिटर सडकमा समस्या भएकाले टेण्डरको काम हुन नसकेको आयोजना प्रमुख पाण्डेले बताए। उनले विराटनगर हाटखोला हुँदै वरगाछीबाट राजमार्गलाई जोड्न सकिने विकल्प रहेको बताएका छन्। उनले भने, ‘विराटनगर–वरगाछीबाट जोड्न सक्दा अहिलेको सडकको चौडाई बढाउँदा हुन्छ।’

हुलाकी राजमार्ग निर्माणबारे सामाजिक विकास मन्त्री जीवन घिमिरेले आयोजना प्रमुखसँग जानकारी लिएका छन्। मन्त्री घिमिरेले आगामी २ वर्षभित्रमा राजमार्ग सञ्चालन गर्नेगरी काम गर्न आयोजना प्रमुखलाई निर्देशन दिए।

उनले भने, ‘सडक निर्माणमा भएका समस्याबारे प्रदेश सरकारले पनि पहल गर्ने छ।’ हुलाकी सडकको चर्चा धेरैभए पनि काम नदेखिएको मन्त्री घिमिरेले बताए। विराटनगर क्षेत्रको समस्याबारे छलफल गर्न सकिने उनको भनाइ छ। 

लामो समयसम्म राजमार्गको काम सम्पन्न नहुँदा २ वर्षभित्रमा सञ्चालनमा आउनेमा स्थानीयबासी भने विश्वस्त छैनन्। मोरङ रतुवामाईका दीपेन्द्र थापाले सडक निर्माणको गति हेर्दा विश्वास गरिहाल्ने अवस्था नभएको बताए।

उनले भने, ‘हुलाकी राजमार्गको काम पहिलेदेखि नै सुस्त छ।’ समयमा निर्माण सम्पन्न भए मुख्यराजमार्ग भन्दा हुलाकीबाट भापाको भद्रपुर पुग्न छिटो हुने थापाको भनाइ छ। 

प्रकाशित: Dec 07, 2020| 11:55 सोमबार, मंसिर २२, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।