बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • विराटनगरमा छठ : खोला–नहर खाली, टुट्यो मेयरको १७ वर्षे दण्डप्रणाम

विराटनगरमा छठ : खोला–नहर खाली, टुट्यो मेयरको १७ वर्षे दण्डप्रणाम

वर्षमा एक पटक विराटनगरका खोला, नहरहरु सफा हुने गर्थे। छठका लागि नहर, खोला बेहुलीझैं सजिने गरेका थिए।
 |  बिहीबार, मंसिर ४, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बिहीबार, मंसिर ४, २०७७

विराटनगर– विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठको पूजा गर्न थालेको १७ वर्ष भयो। हरेक वर्ष घरबाट घाटसम्म दण्डप्रणाम गर्ने उनले यस वर्ष घरबाटै छठको पूजा गर्ने तयारी गरेका छन्।

१७ वर्षदेखि निरन्तर दण्डप्रणाम गर्दै घाटमा पुग्ने गरेका उनले यस वर्ष घरबाट छठ पूजा गर्ने भएपछि घाट जाने कार्यक्रम स्थगित गरिएको बताए। कोरोना संक्रमणका कारण घरबाट पूजा गर्ने प्रमुख पराजुलीले बताए। उनले नगरबवासीलाई पनि घरबाटै पूजा गर्न आग्रह पनि गरे। 

 विराटनगरका मेयर भीम पराजुली गत वर्ष दण्डप्रणाम गर्दै घरबाट घाट जाँदै

विराटनगर–५ की राधा मण्डलले छठको पूजा गर्न थालेको वर्षौं भयो। हरेक वर्ष उल्लासका साथ छठ मनाउने गरेकी मण्डलले यस वर्ष घरको छतमा पूजाको तयारी गरिरहेकी छिन्। मण्डलले ७ वर्षदेखि निरन्तर ब्रत बस्दै आएको बताइन्।

नहरमा गएर पूजा गर्ने अवस्था नभएपछि छतमा पानी जमाएर अर्घ्य दिने उनले सुनाइन्। प्रशासनले नहरमा पूजाका लागि प्रतिबन्ध लगाए पनि बजारमा भीड भने घट्न नसकेको मण्डलको गुनासो छ।

सुनसान खोला

विराटनगर–४ का पप्पु राउतले छठ पूजा गर्न थालेको १२ वर्ष भयो। मजदुरी गर्दै आएका उनी मनोकांक्षा पूरा हुँदै गएपछि छठको व्रतलाई निरन्तरता दिएको बताउँछन्। हरेक वर्ष श्रीमति पुनमसँगै नहरमा पूजा गर्दै आएका उनले यसपालि भने आँगनमा छठको तयारी गरेका छन्।

Metro Mart
worldlink

राउत भन्छन्, ‘कोरोना संक्रमणका कारण प्रशासनले नहरमा पानी छाड्न निषेध गरेपछि घरमै पूजाको तयारी सुरु गरेँ।’ नहरमा पूजा गर्न नपाउँदा उल्लास भने नहुने उनले बताए। पूजाको निरन्तरताका लागि मात्र व्रत बसिएको राउतले बताए। 

खोला–नहर सजिएनन्

वर्षमा एक पटक विराटनगरका खोला, नहरहरु सफा हुने गर्थे। छठका लागि नहर, खोला बेहुलीझैं सजिने गरेका थिए। भिडभाड नगरी पूजा मनाउनका लागि प्रशासनले निर्देशन दिएपछि घरबाटै पूजा थालिएको छ। छठका दिन सजिने गरेका स्थानहरु अहिले सुनसान बनेका छन्।

विराटनगरका संघिया खोला, केशलिया खोला र मोरङ–सुनसरी सिँचाइ आयोजना अन्तर्गतको नहर क्षेत्र पनि सुनसान देखिएको छ। तिहार लगत्तैदेखि जलाशयहरुमा घाट बनाउने गरेका स्थानीयले यसवर्ष घरमै छठ मनाउने निधो गरेपछि जलाशयको रौनकता गुमेको छ।

घरमै छठपर्व मनाउन नसक्नेहरुका लागि सुरक्षा मापदण्ड अपनाएर सम्बन्धित जलाशयमा गएर अर्घ्य दिन पाउने व्यवस्था गरिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए। 

बजारमा पनि छैन चहलपहल

छठका लागि आवश्यक सामग्री खरिदका लागि विगतका वर्षहरुमा उल्लेख्य भीड हुने गरेको थियो। छठ सुरु भइसक्दा पनि पूजाका लागि आवश्स्यक सामग्रीहरु खासै बिक्री हुन नसकेको व्यापारीहरु बताउँछन्। सामान किन्ने ग्राहक नआउँदा व्यापारी फुर्सदिला बनेका छन्।

छठमा गत वर्ष करिब २ लाखको नरिवल बिक्री गरेका विराटनगरका व्यापारी पप्पु भगतले विहिबार साँझसम्म ५० हजारको पनि नरिवल बिक्री नभएको बताए। छठका लागि भनेर १ लाख ५० हजारको नरिवल खरिद गरेको उनले सुनाए। भगतले भने, ‘तिहारमा पनि फूल बिक्री नहुँदा नष्ट भयो।’

छठको पूजा सामबग्री बिक्री गर्दै व्यापारी

प्रकाशित: Nov 19, 2020| 12:05 बिहीबार, मंसिर ४, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।