बुधबार, वैशाख १७, २०८२

छठ पर्वका लागि सिंगारिँदै पोखरी : आज दोस्रो दिन खरना

मिथिलाञ्चलमा धुमधामका साथ मनाइने  लोक आस्थाको पर्व छठको दोस्रो दिन आज खरना विधि गरिँदै छ। 
 |  बिहीबार, मंसिर ४, २०७७

जयन्त ठाकुर

जयन्त ठाकुर

बिहीबार, मंसिर ४, २०७७

जनकपुरधाम- मिथिलाञ्चलमा धुमधामका साथ मनाइने  लोक आस्थाको पर्व छठको दोस्रो दिन आज खरना विधि गरिँदै छ। 

छठ पर्व गरेका व्रतालुहरूले आज बेलुका इष्टदेवलाई पूजा अराधना गरि खरना विधि सम्पन्न गर्ने छन्। खरना विधिमा माटोको नयाँ चुलो र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र चामलको खीर पकाइन्छ। 

खरनामा नैवेद्य चढाउने बेलामा जतिवटा अघ्र्यदान गरिने हो, त्यति स्थानमा केराको पातमाथि नैवेद्य चढाउने परम्परा प्रचलन छ। 

यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा, मूला, अदुवा, पान र सुपारी आदि राखिन्छन्। नैवेद्यलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ। नैवेद्यलाई उत्सर्ग गरिसकेपछि व्रतालु र परिवारजनले प्रसाद ग्रहण गर्ने प्रचलनलाई खरना भन्ने गरिन्छ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चारदिन मनाइने यो पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासना गर्ने गरिन्छ। 

Metro Mart
worldlink

छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि विधिवत् रुपमा पर्व समापन हुनेछ।

विभिन्न स्थानमा भव्य तयारी
मिथिलाञ्चलमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि जनकपुरधामलगायत तराई मधेशको विभिन्न स्थान तथा गाउँघरमा भव्य तयारी भइरहेको छ। 

यसका लागि पोखरीका डीलहरूलाई सरसफाई गरिएको छ। जनकपुरधाम उपमहानगरका प्रमुख पोखरी र घाटहरूलाई सिंगारेर पूजाको तयारी गरिँदै छ। 

नगरभित्रका पोखरी सरसफाइदेखि पूजास्थल निर्माण अन्तिम चरणमा रहेको छ। 

पोखरी नै पोखरीको शहरको रूपमा चिनिएको जनकपुरधामका प्रमुख पोखरीमा छठ पूजाकै लागि टेन्ट र पण्डाल लगाइँदै छ। 

शुक्रबार हुने छठ पर्वका लागि जनकरपुरधाममा कोरोना संक्रमणको भय कायमै रहेकोले सावधानी अपनाएरै पूजापाठ गर्ने व्यवस्था मिलाइँदैैछ। 

कोरोना संक्रमणको त्रास रहे पनि सावधानी अपनाएर यसपटक गंगासागरमा पूजा आयोजन हुने जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दीपेन्द्र साहले बताए। 

स्थानीय प्रशासनको आग्रह र ब्रतालुको आस्था दुवैलाई ध्यानमा राखेर छठ पर्व व्यवस्थापन गर्न स्थानीय पूजा समितिलाई आग्रह गरिएको उनले बताए। 

जनकपुरधामको गंगासागर पोखरीमा छठ पर्वको प्रमुख आकर्षण हुन्छ। यहाँ छठ पर्व गर्न आउनेहरूको भीड पनि बढी हुन्छ। 

यस पोखरीमा गंगासागर छठ पूजा समिति, जनक युवा क्लब र बजरंग युवा कमिटीले छठ पूजाका लागि व्यस्थापन गर्दै आईरहेको छ। 

गंगासागर पोखरीमा छठ पर्व मनाउन आउनेहरूको परिवारका एक सदस्य र साथमा छठका लागि अन्य दुई जनालाई मात्र प्रवेशको व्यवस्था मिलाइएको गंगासागर छठ पूजा समितिका संयोजक सोनु निधिले जानकारी दिए।

जनकपुरधामको गंगासागर पोखरीका अतिरिक्त धनुषसागर, अंगराज सर, दशरथ तलाउ, जानकी सरोवरलाई स्थानीय युवा क्लबहरूले सजाइरहेका छन्। 

धनुषसागरमा गणेश युवा कमिटी र राम युवा कमिटी, अंगराज सरमा मिथिला सेवा समाज र जानकी युवा कमिटीले छठ पूजा व्यवस्थापन गरिरहेका छन्।

स्थानीय प्रशासनले छठ पूजा गर्दा सावधानी अपनाएर, सामाजिक दूरी कायम गरेर पोखरी र पानीमा प्रवेश नगरी पर्व मनाउन विज्ञप्ति नै जारी गरिसकेको छ। 

यद्यपि यसको पालना भएको देखिँदैन। स्थानीय प्रशासनले पोखरीमा प्रवेश नगर्न आग्रह गरेपनि पोखरीका डीलहरूलाई छठ पर्वका लागि तयार गरिएको छ। श्रद्धालुहरू छठ पर्वको अन्तिम तयारीमा जुटेका छन्। 

प्रकाशित: Nov 19, 2020| 05:06 बिहीबार, मंसिर ४, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।