बुधबार, वैशाख १७, २०८२

जनकपुरधाममा संयमतापूर्वक मनाइँदै हनुमान जयन्ती

जनकपुरधाममा हनुमान जयन्तीको चहलपहल देखिएको छ। कोरोना संक्रमणको त्रासकै बीचमा हनुमानको पूजाआराधना गरिँदै छ।
 |  शुक्रबार, कात्तिक २८, २०७७

जयन्त ठाकुर

जयन्त ठाकुर

शुक्रबार, कात्तिक २८, २०७७

जनकपुरधाम- जनकपुरधाममा हनुमान जयन्तीको चहलपहल देखिएको छ। कोरोना संक्रमणको त्रासकै बीचमा हनुमानको पूजाआराधना गरिँदै छ। 

हनुमान जयन्तीका अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषद्ले जनकपुरधामस्थित युगल जोडी मन्दिर विहार कुञ्जमा हनुमान चालिसा पाठ, भजन कीर्तन लगायतको कार्यक्रमको आयोजना गरेको छ। 

यसअघि परिषदले हनुमान जयन्तीको अवसरमा जानकी मन्दिर  प्रांगणबाट शोभायात्रा निकाली नगर परिक्रमासमेत गरेको थियो। 
परिषदका अध्यक्ष शम्भु साहले हनुमान जयन्ती भव्यतापूर्वक मनाउन लागिएको बताए। 

उनका अनुसार विगत १० वर्षदेखि परिषदले हनुमान जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ। यस वर्ष कोरोना संक्रमणको त्रास कायमै रहेकाले संयमतापूर्वक हनुमान जयन्ती मनाउन लागिएको उनले बताए।  

जनकपुरधामस्थित संकटमोचन मन्दिरका पूजारी आनन्द शरण दासले कोरोनाका कारण मन्दिरमा सामान्य पूजाका कार्यक्रम मात्रै राखिएको बताए।  

Metro Mart
worldlink

भक्तजनको घुइँचो बिना पूजा गरिएको उनले बताए। 

हनुमान जयन्तीको अन्य वर्षहरुमा ठाउँ ठाउँमा हनुमान चालिसा, सुन्दरकाण्ड पाठ लगायत ठूलो उत्सव नै हुने गथ्र्यो। तर यस पटक त्यस्तो कुनै कार्यक्रमको आयोजना गरिएको छैन। 

भगवान हनुमानको पूजाअर्चना एवं मन्त्र स्तोत्र पाठ गर्नाले शुभ फल मिल्ने, शनिग्रहको दोष नलाग्ने देखी भूतप्रेतपिसाचको दुःख नहुने जनविश्वास छ।

हनुमानको पूजा गरेमा वैवाहिक सुख मिल्ने र पतीपत्नी बीचको कलह हट्ने विश्वास रहँदै आएको छ। त्यसैले मंगलबार र शनिबार हनुमान व्रत बस्नेको संख्या पनि धेरै छ। 

हनुमानलाई श्रद्धालु भक्तजन सिन्दुर, लड्डु, पान, केरा, रातो वस्त्र र झन्डा अर्पण गरी पूजा गर्छन्। 

अष्ट चिरञ्जीवीमध्ये एक मानिने हनुमान अझै पनि जीवितै छन् भन्ने आस्था छ। हनुमानलाई ११औं रुद्रावतारका रुपमा लिइन्छ। 

रामायणमा हनुमानको बल बुद्धिको विशेष रुपमा चर्चा गरिएको पाइन्छ। सीताहरण पश्चात समुद्र लंघन गरेर उनले नै सीता समक्ष भगवान रामको सन्देश पुर्याएका थिए। त्यस्तै सुनले बनेको रावणको लंका भगवान हनुमानले नै जलाएको वाल्मीकि रामायणमा उल्लेख छ। 

हनुमानलाई प्रिय सिन्दूर

हनुमानलाई सिन्दूर अति प्रिय रहेको बताइन्छ। त्यसैले हनुमानको मूर्तिमा अनिवार्य रुपमा सिन्दूर लगाइएको हुन्छ। 

वाल्मीकि रामायणका अनुसार सीतालाई  सिन्दूर लगाएको देखेर एक दिन हनुमानले जिज्ञासा राखे, तपाई यो सिन्दु किन लगाउनुहुन्छ?

त्यसपछि सीताले हनुमानले सिन्दूर लगाउँदा भगवान राम प्रसन्न हुन्छन् भन्ने जवाफ फर्काए। त्यसपछि हनुमानले भगवान रामलाई प्रश्न पार्न पूरै शरीरमा सिन्दुर लेपन गरेका थिए। त्यसपछि मात्रै भगवान रामले हनुमानलाई अमरताको वरदान दिएका थिए। 

हनुमान पूजाको महत्त्व

वैष्णव सम्प्रदायमा हनुमानलाई ब्रह्मचारी, सङ्कटमोचक, सिद्धिदाता, शत्रुविजयका लागि पूजा गर्ने गरिन्छ।

उनको पूजा र उपासना गरेमा रोग व्याधिबाट, शत्रु बाधाबाट, भयबाट, प्राकृतिक शक्तिको बाधाबाट, पिसाची शक्तिबाट, राक्षसी शक्तिको प्रकोपबाट मुक्ति पाइन्छ भन्ने धारणा वैष्णव सम्प्रदायमा छ। 

सम्प्रदायको मानिसल हनुमानको पूजा विशेषगरी सङ्कटबाट मुक्ति पाउनका लागि यसे गर्दछन्। विशेष गरी ब्रह्मचर्य शक्ति, कठोर व्रत शक्ति, बुद्धि, माधुर्य शक्ति प्राप्त गर्नका लागि हनुमानको पूजा गरिन्छ। हनुमानलाई विभिन्न यौगिक शक्ति प्राप्तिका लागि पनि पूजा गर्ने चलन छ। 

प्रकाशित: Nov 13, 2020| 09:37 शुक्रबार, कात्तिक २८, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।