बुधबार, वैशाख १७, २०८२

जर्मनीमा मर्केलको पार्टी पराजित, को बन्दैछ नयाँ चान्सलर?

जर्मनीको संघीय संसद्को निर्वाचनमा सोसल डेमोक्रेटिक पार्टी (एसपीडी) विजयी भएको छ। निवर्तमान चान्सलर एंगेला मर्केलको पार्टी क्रिस्चियन डेमोक्रेटिक युनियन(सीडीयू) झिनो मतान्तरले पराजित भएको हो।
 |  सोमबार, असोज ११, २०७८

बीबीसी

बीबीसी

सोमबार, असोज ११, २०७८

काठमाडौं- जर्मनीको संघीय संसद्को निर्वाचनमा सोसल डेमोक्रेटिक पार्टी (एसपीडी) विजयी भएको छ। निवर्तमान चान्सलर एंगेला मर्केलको पार्टी क्रिस्चियन डेमोक्रेटिक युनियन(सीडीयू) झिनो मतान्तरले पराजित भएको हो। 

यससँगै एसपीडीका उम्मेदवार ओलाफ स्कोल्ज नयाँ चान्सलर बन्‍ने भएका छन्। उनको पार्टीले जित हात पारेपछि सञ्‍चारकर्मीसँग प्रतिक्रिया दिँदै भने,  'नयाँ जनादेशले हामीलाई जर्मनीका लागि एक राम्रो र व्यवहारिक सरकार गठन गर्न बाटो खोलिदिएको छ।'

नयाँ सरकार गठन नहुँदासम्म मर्केल नै कामचलाउ भूमिकामा रहनेछन्। निर्वाचन अधिकारीहरुका अनुसार सोमबार बिहान सबै २९९ वटै निर्वाचन क्षेत्रमा सोसल एसपीडीले २५.९ प्रतिशत मत प्राप्त गरेको छ। जबकि युनियन ब्लकले २४.१ मत पाएको छ। जर्मनीमा यसअघिका राष्ट्रिय निर्वाचनमा विजेता बनेका पार्टीमध्ये कुनैले पनि ३१ प्रतिशतभन्दा थोरै मत पाएका थिएनन्।

जर्मनीको निर्वाचनको मतपरिणाम ।

युनियन ब्लकका एक प्रभावशाली मानिएका अर्मिन लाशेटले पराजयपछि भनेका छन्, 'पक्कै पनि यो पराजय हो। जुन हाम्रा लागि सुन्दर छैन।' 

Metro Mart
worldlink

यद्यपि लाशेटले नयाँ सरकार गठनका लागि आफूहरुले पहल गर्ने बताएका छन्। उनले समर्थकहरुलाई भनेका छन्, 'हामी युनियनको नेतृत्वमा नयाँ सरकार गठनका लागि सके जति पहल गर्नेछौँ। किनकि हाम्रो देशलाई आधुनिकीकरण गर्नका लागि जर्मनीलाई अहिले गठबन्धन सरकार चाहिएको छ।'

लाशेट र स्कोल्ज दुई ग्रीन पार्टी पार्टी र फ्रि-डेमोक्रेटिक पार्टीका नेताहरु हुन्। जसमध्ये ग्रीन पार्टीले १४.८ प्रतिशत र फ्रि डेमोक्रेटिकले ११.५ प्रतिशत प्राप्त गरेका थिए।

को हुन् ओलाफ स्कोल्ज?

६२ वर्षीय ओलाफ स्कोल्ज जर्मनीका पूर्व वित्तमन्त्री हुन्। चान्सलर मर्केलका डेप्युटीसमेत बसेका उनलाई चुनावी अभियानका क्रममा व्यापक समर्थन जुटेको बताइएको छ। उनको हातमा देश सुरक्षित रहने आँकलन गरिएको छ। सन् १९९८ देखि २०११ सम्म सांसद रहेका उनी पछिल्लो एक्जिट पोलमा सबैभन्दा अघि देखिएका छन्। 

सन् २०११ देखि २०१८ सम्म ह्यामबर्ग सहरका मेयरसमेत रहेका उनले सहरको वित्तिय क्षेत्रमा सुधार गरेका थिए। उत्तर पश्‍चिमी जर्मनीको ओस्नाब्रक इलाकाका स्कोल्जले कानुन अध्ययन गरेका छन्। रुढीवादी नेता मानिएका उनले कोरोना महामारीका समयमा  श्रमिकहरुका लागि ९०४ अर्ब डलरको राहत प्याकेज पनि लागु गरेका थिए। 


प्रकाशित: Sep 27, 2021| 16:09 सोमबार, असोज ११, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।