बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • आयुर्वेदमा बढ्यो आकर्षण, प्रभावकारी बन्दै कोरोनाको उपचार

आयुर्वेदमा बढ्यो आकर्षण, प्रभावकारी बन्दै कोरोनाको उपचार

पछिल्लो समय कोरोना संक्रमणबाट बच्नका लागि आयुर्वेदिक औषधि प्रभावकारी देखिएपछि यस प्रतिको आकर्षण बढेको छ । सुनसान रहेका आयुर्वेदिक स्वास्थ्य केन्द्रहरुमा अहिले सेवाग्राहीको संख्या बढ्दै गएको छ ।
 |  शुक्रबार, कात्तिक २८, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शुक्रबार, कात्तिक २८, २०७७

विराटनगर- ताप्लेजुङको फुङलिङी प्यारी बिश्वकर्मालाई जण्डिस भयो । उपचारका लागि जिल्ला अस्पताल पुगिन । चिकित्सकले जण्डिस नियन्त्रणकालागि औषधि र परामर्श दिए । एक सातासम्म औषधि प्रयोग गरिन तर कम भएन । 

अस्पतालको औषधिले ठिक नभएपछि घरबाट १५ मिनेट दुरीको साप्तेल का“सघारीमा घर भएका देवी अधिकारीकोमा पुगिन । अधिकारीले दिएको जडिवुटिले जण्डिस कम भएको प्यारीको दावी छ ।

‘अस्पतालको औषधि एक साता खाएपछि गएर जचाए, प्यारीले भनिन, घटेको थिएन, पछि अधिकारीले दिएको जडिवुटि खाएपछि गएर जचाए, सर्लक्कै घट्यो, अहिले त उनैको भरोसा लाग्छ ।’ 

सुनसरी इनरुवाका रघुनन्दन मेहता लामो समयसम्म स्वास्थ्य समस्याबाट पीडित भए । धेरैपटक अस्पताल पनि धाए । तर, ठिक भएन । अस्पतालको औषधिले ठिक नभएपछि आयुर्वेदिक स्वास्थ्य केन्द्र धाउन थाले । 

आयुर्वेदिक स्वास्थ्य केन्द्र जान थालेपछि धेरै ठिक भएको उनले भनाइ छ । उनी नियमित जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र धाउने भित्र पर्छन । आयुर्वेदिक औषधिको नियमित सेवन र व्यायामका कारण स्वास्थ्यमा धेरै सुधार भएको महेताले बताए । 

Metro Mart
worldlink

विराटनगरकी लिना थापालाई कोरोना संक्रमण भएपछि नियमित रुपमा गुर्जोको सेवन गरिन । नियमित रुपमा गुर्जे लगायतका आयुर्वेदिक औषधिको सेवनले कोरोनालाई छिट्टै परास्त गर्न सफल भएको उनको अनुभव छ ।

पछिल्लो समय कोरोना संक्रमणबाट बच्नका लागि आयुर्वेदिक औषधि प्रभावकारी देखिएपछि यस प्रतिको आकर्षण बढेको छ । सुनसान रहेका आयुर्वेदिक स्वास्थ्य केन्द्रहरुमा अहिले सेवाग्राहीको संख्या बढ्दै गएको छ । कोरोना संक्रमणपछि आयुर्वेद चिकित्सा पद्धतीमा सेवाग्राहीको चासो बढेको आयुर्वेदिक चिकित्सक बताउँछन् ।

सुनसरी इनरुवाको आयुर्वेदिक स्वास्थ्य केन्द्र कोरोना संक्रमण अघि सुनसान हुन्थ्यो । सेवाग्राही फाट्ट फुट्ट मात्रै आउने गर्दथे । अहिले दैनिक ४० भन्दा बढी सेवा ग्राही आउने गरेको स्वास्थ्य केन्द्रका प्रमुख डा. सुर्यनारायण मेहताले बताए । 

कोरोना संक्रमणपछि आयुर्वेदमा आकर्षण बढेको उनको भनाइ छ । उनका अनुसार अस्पतालमा भर्ना भएका विरामीहरुपनि आयुर्वेदिक स्वास्थ्य केन्द्रमा आउने गरेका छन् । 

आयुर्वेदिक स्वास्थ्य केन्द्रमा आउने अधिकांश पञ्चकर्मका लागि आउने गरेको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका बरिष्ठ कविराज बैद्यनाथ साहले बताए । उनले भने- ‘पञ्चकर्मको पूर्वकर्ममा धेरैको आकर्षण बढेको छ ।’ 

साहका अनुसार पूर्वकर्म भनेको शरिरमा रहेको विषादी चिजलाई सफा गर्ने काम हो । पूर्वकर्मले मानिस स्वस्थ रहने उनले बताए । साहले पूर्वकर्ममा आर्थिक वर्ष २०७५/७६ मा प्रदेशभरी २८ हजार २३ जनाले सेवा लिएको बताए । 

उनले भने, ‘गत वर्ष यो बढ्ने क्रममा थियो । तर कोरोनाका त्रासका कारण रोकियो ।’ उनका अनुसार गत  आर्थिक वर्ष २०७६/७७ को फागुनसम्म २४ हजार २७ ले सेवा लिइसकेका थिए । कोरोनाका कारण पूर्वकर्म केही प्रभावित भयो । यद्यपी पछिल्लो समय प्रदेशका स्वास्थ्य केन्द्रमा आयुर्वेदिक औषधिको अत्यधिक माग बढेको साहले बताए ।  

आयुर्वेद चिकित्सा पद्धति नेपालको परम्परागत एवम् मौलिक चिकित्सा पद्धति भएको मोरङ उर्लाबारीका वैद्य देवीप्रसाद मिश्रले बताए । उनले भने, ‘एलोपेथिक उपचार प्रणाली गाउँघरमा भित्रिएको थिएन, एलोपेथिक औषधीहरु जहाँतही पाइन्थ्यो उबेला औषधीका लागि जडिबुटी नै सहारा थिए ।’  

आयुर्वेदिक चिकिस्ता पद्धति मौलिक भएकाले पनि सर्वसाधारणको आकर्षण भएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । आयुर्वेदको विकास र विस्तार सरकारको प्राथमिकतामा अहिलेसम्म पर्ने नसक्नु दुखत भएको उनको भनाई छ । 

आयुर्वेद चिकित्सा पद्धतिलाई तीनै तहको सरकारले प्राथमिकतामा राखेर जानुपर्ने घिमिरेले बताए । भारतमा उत्पादनहुने ४० प्रतिशत आयुर्वेदिक औषधि नेपालमै रहेको उनले जानकारी दिए । 

प्रकाशित: Nov 13, 2020| 04:20 शुक्रबार, कात्तिक २८, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।